विस्तृत खोजी

 
 
 
 
 
      

३७ खोजी नतिजाहरु

निर्णय नं. १७८३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०९  डिभिजन वेन्च इजलास  २६७
 पुनरावेदक/ प्रतिवादी : जि.नवलपरासी मुजहवा गा.पं.वार्ड नं.३ बस्ने रोजिद अलि बिरुद्ध विपक्षी/वादी : का.मु.जि.शिक्षा अधिकारी जिल्ला कार्यालय शिक्षा शाखा नवलपरासी समेत

(१) कानुनी त्रुटि भएको कुरा समेत उल्लेख गरी सो निर्णय उपर गरेको पुनरावेदनमा सो निर्णयलाई नै कायम राखी प्रत्यर्थी क्षेत्रीय शिक्षा निर्देशनालय पोखराबाट गरेको पुनरावेदन निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०२  डिभिजन वेन्च इजलास  २८२
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही सलेमपुर गा.पं.वडा नं.४ बस्ने रामस्वरूप महतो सुडी बिरुद्ध विपक्षी/वादी : जि.सर्लाही मलंगवा गा.पं.वडा नं.७ बस्ने जगरनाथ शाह रौनियारसमेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) अनुसार आफ्नो स्वामित्व भएको जग्गामा आफैं मोही हुन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८१ - लेनदेन

 फैसला मिति:२०४०/१०/१७  डिभिजन वेन्च इजलास  २९१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.को हाल वडा नं.११ थापाथली बस्ने नारायणशमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं.११ थापाथली बस्ने शकुन्तलादेवी अग्रवाल

वादीलाई प्रतिवादीले चेकबाट छुट्टै रु.१,५०,०००। बुझाएको भनी भौचर पेश गरेको सो भौचर अनुसारको रकम बुझेको छुट्टै तमसुकमा दरपीठ भएको पनि देखिँदैन, त्यसकारण सो वादीले पेश गरेको भौचर तमसुकमा दरपीठ भए अनुसारको रूपैयाँ बुझेको भौचर रहेछ भन्नुपर्ने हुन्छ । प्रतिवादीका भनाई अनुसार छुट्टै रकम बुझाएको भन्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८० - जवरजस्ती करणी

 फैसला मिति:२०४०/१०/२३  डिभिजन वेन्च इजलास  ३३३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.३१ वागबजार बस्ने मोतीराम तेली बिरुद्ध विपक्षी/वादी : नानीमाया बस्नेतको जाहेरीले श्री ५ को सरकार

(१) डाक्टरबाट जाँच गराउँदा योनीको वरिपरि साना–साना सुखापनका श्राव देखिन्छ भन्ने उल्लेख भएको तथा जाहेरवाली र छोरी समेतका बकपत्रबाट प्रतिवादीको प्रहरी समक्षको साविती बयानलाई पुष्टी मिल्न आएको तथा क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएका बुँदा प्रमाणहरू समेतको आधारमा जवरजस्ती करणी गर्न उद्योग गरेको ठहराई जिल्ला अदालतले गरेको इन्साफलाई सदर ठहर्यारएको क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७९ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  २८७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.३ महाराजगञ्ज बस्ने मे.ज.ब्रम्हाशमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : श्री बागमती अञ्चल अदालतसमेत

जुन फैसलाहरूमा लेखिएका वाक्यांशहरू बढी भएकोले बदर गरिपाउँ भन्ने जिकिर छ ती फैसलाहरू नै यस अदालतको फैसलाबाट उल्टी भएको देखिएको र अस्तित्वमा नरहेको फैसलाहरूमा लेखिएका वाक्यांशहरूलाई निवेदकको माग बमोजिमको आदेश जारी गर्दा निरर्थक हुने । निष्कृय आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७८ - जग्गा खिचोला

 फैसला मिति:२०४०/१०/१०  डिभिजन वेन्च इजलास  २७६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला गुल्मी मुर्तिघाट गा.पं.वार्ड नं.६ को हाल परिवर्तित वार्ड नं.१५ मुर्तिघाट बजार बस्ने शक्तिकुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जिल्ला रूपन्देही बुटवल न.पं.वडा नं.६ बस्ने मदनलाल श्रेष्ठको मु.स.गर्ने ऐ.ऐ बस्ने राजकुमार श्रेष्ठ

(१) छोराले दावी गरेकोमा खारेज भएको मुद्दाको खिचोलाको हदम्याद कायम गरी खारेज गर्ने गरेको निर्णय गल्ती ठहराई इन्साफ तहकिकात गर्नु भनी क्षेत्रीय अदालतले गरेको निर्णय सदर ठहर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७७ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/२७  डिभिजन वेन्च इजलास  २८८
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा खरियानी गा.पं.वा.नं.४ बस्ने रामविलास साहुतेली बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय धनुषा, जनकपुरधामसमेत

(१) विवादको जग्गा राजीनामा लिएको देखिँदा अधिकार प्राप्त अधिकारीले कानुनबमोजिम गरेको निर्णयमा निवेदकले जिकिर लिए बमोजिमको कुनै कानुनी त्रुटि भए गरेको नदेखिएकोले निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७६ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/०८  डिभिजन वेन्च इजलास  २८२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा कचुरी ठेरा वडा नं.५ बस्ने सैनी यादव बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार कार्यालय धनुषा समेत

(१) अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम गरेको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७५ - ज्यान

 फैसला मिति:२०४०/१०/२२  डिभिजन वेन्च इजलास  २९२
 पुनरावेदक/ प्रतिवादी : सिराहा जि.निर्दाना गा.पं.वडा नं.७ बस्ने केशरमान श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) गोली हानी मारेको भन्ने चस्मदिद गवाह भएको कुरा जाहेरवाला र सरजमीनका बयानले पुष्टी गरेकोबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(१) र ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको इन्साफ सदर हुने । (प्रकरण नं. २८) (२) निवेदनपत्र बाहेक अरूमा षडयन्त्र गरेको तथ्य प्रमाण मिसिलमा नदेखिएकोले सजाय गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई शुरू जिल्ला अदालतको इन्साफ सदर ठहर्ने। (प्रकरण नं. २९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७४ - उत्प्रेषण लगायत प्रतिषेधको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  ३४४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपञ्चायत वडा नं.१ बस्ने वंशिधर अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री प्रशासकीय अधिकृत, जिल्ला कार्यालय धनुषा समेत

(१) निर्विवाद हक स्थापित भइसकेको नभई जग्गा सम्बन्धी विवाद अदालतको विचाराधीन रहेको देखिन आएकोले रिट निवेदकको माग बमोजिम हक प्रचलन गर्ने आदेश दिन नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७३ - लेनदेन

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  ३७१
 पुनरावेदक/ प्रतिवादी : का.जि.डिल्लीबजार बल्क नं.२१।१४० को घरमा बस्ने टोप कुमारी थापा बिरुद्ध विपक्षी/वादी : जि.मोरङ विराटनगर न.पं.वा.नं.३ बस्ने मुक्तीप्रसाद चापागाई

(१) फैसला नहुँदै वादी वा प्रतिवादीलाई के कति सजाय हुने भन्ने यकीन हुन नसक्ने हुँदा क्षेत्रीय अदालतबाटै पाँचहजार भन्दा बढी सजाय हुने मुद्दा डिभिजनबेञ्चबाट हेर्नु पर्छ भनी अर्थ गर्ने उक्त क्षेत्रीय अदालत नियमावली, २०३६ को दफा १८(ग) को बनौटबाट पनि मिल्ने नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  ३२१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा गौरादह गा.पं.वडा नं.७ बस्ने भुवनेश्वर प्रसाद अधिकारीसमेत बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार कार्यालय, भू.सु.अ.झापा समेत

(१) भूमिसुधार कार्यालयले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्नेगरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुनजाने देखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७१ - ज्यान

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  ३३९
 पुनरावेदक/ प्रतिवादी : जि.वर्दीया जमुनी गा.पं.वाड नं. ४ बस्ने सुन्दर कुर्मी बिरुद्ध विपक्षी/वादी : गुरूप्रसाद नाउँको जाहेरीले श्री ५ को सरकार

(१) प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी साधारण मुंग्राले हिर्काउँदा मृत्यु भएको देखिएको हुँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.अनुसार १० वर्ष कैद हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/१३  फूल बेन्च इजलास  ३९२
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी सोनापुर गा.पं.वा.नं. ९ बस्ने पूर्णप्रसाद चौधरी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सुनसरीसमेत

(१) निवेदकले कूत नबुझाएको भए भूमिसम्बन्धी ऐन तथा नियमबमोजिम मोहीबाट हटाउन पाउने जग्गाधनीको हक सुरक्षित नै देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/१०  फूल बेन्च इजलास  ३३३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२ भाटभटेनी बस्ने गोविन्दप्रसाद उपाध्याय पोखरेलसमेत बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासक वर्तमान भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय काठमाडौंसमेत

(१) निर्णय बदर गरिपाउँ भनी कसैको माग दावी नभएकोले निर्णय सम्बन्धमा अदालतबाट विचार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६८ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/२०  फूल बेन्च इजलास  ३४२
 पुनरावेदक/ प्रतिवादी : जलेश्वर गा.पं.वा.नं.१ बस्ने रामजी मैतरी सुडी समेत बिरुद्ध विपक्षी/वादी : जि.महोत्तरी घर्दोली गा.पं.वा.नं.९ बस्ने शिवानन्दन राय दसौनीसमेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ र भूमिसम्बन्धी नियमावली, २०२१ ले तोकेको प्रकृया पूरा गरी मोहियानीको स्थायी प्रमाणपत्र दिएको देखिन नआएकोले मोहियानीको स्थायी प्रमाणपत्र दिने गरी गरेको निर्णय उत्प्रेषणको आदेश जारी भई बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०३  फूल बेन्च इजलास  ३०४
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ विराटनगर नगरपञ्चायत वार्ड नं.३ बस्ने मधुसूधन न्यौपाने बिरुद्ध विपक्षी/वादी : भू.सु.अ.भूमिसुधार कार्यालय मोरङसमेत

(१) लाचारी वा गल्ती, न्यायिक निर्णयको आधार बन्न सक्तैन । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु