विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. १८१४ - डाँका खुन

 फैसला मिति:२०४०/०९/१५  डिभिजन वेन्च इजलास  ४५९
 पुनरावेदक/ प्रतिवादी : गोवर्धन कुर्मीको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.रूपन्देही गा.पं.ठर्की वडा नं.१ बस्ने बृक्ष अहिरसमेत

(१) अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा दोषी कायम गर्न नमिल्ने। (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१३ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  ३८७
 पुनरावेदक/ प्रतिवादी : झा.जि.घाइजन गा.पं.वडा नं.२ बस्ने तिहारू धिमाल बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.५ बस्ने लुटी धिमालसमेत

(१) निवेदकको हकहितमा आघात नपुगेको रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१२ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/१५  डिभिजन वेन्च इजलास  ३६६
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जिल्ला स्थित राम जानकी गूठीका महन्त सुरेत भगत बैरागीसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरीका भू.सु.अधिकारी कृष्णप्रसाद कोइरालासमेत

(१) निवेदकले जिकिर गरे बमोजिम बुझ्नै पर्छ भनी अ.बं.१३९ नं.मा बाध्यात्मक रूपमा व्यवस्था गरेको नपाइने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८११ - धर्म परिवर्तन

 फैसला मिति:२०४०/११/१२  डिभिजन वेन्च इजलास  ४९६
 पुनरावेदक/ प्रतिवादी : प्रहरी भुपाल ढकालको प्रतिवेदनले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.सुनसरी गा.पं.हासपासा वार्ड नं.२ बस्ने दलमाया राईसमेत

(१) नेपाल बाहिर अर्थात विदेशमा धर्म परिवर्तन गरेको कुरा अदलको १ नं.भित्र पर्ने देखिन नआउने । (प्रकरण नं. २९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८१० - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/११/१२  डिभिजन वेन्च इजलास  ४४४
 पुनरावेदक/ प्रतिवादी : प्रहरी पदमकुमारको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : बाँके भगवानपुर गा.पं.वडा नं.४ बस्ने मुन्ना अहिर समेत

(१) कर्तव्य गरी मार्नमा सहयोग गरेको भन्ने कुरा किटानी साथ लेखाउन नसकेबाट कुनै कुराबाट कर्तव्य गरी मार्नमा सहयोग पुर्यारएको भन्ने कुरा देखिन आउँदैन । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०९ - जवरजस्ती करणी

 फैसला मिति:२०४०/११/०५  डिभिजन वेन्च इजलास  ४२८
 पुनरावेदक/ प्रतिवादी : जि.रूपन्देही बलरामपुर गा.पं.वा.नं.६ भमदेह बस्ने बृजा लोध बिरुद्ध विपक्षी/वादी : सन्तिरा लोधिन समेतको जाहेरीले श्री ५ को सरकार

करणी जस्ता यौन सम्बन्धी अपराध भए गरेको देख्ने चस्मदिद सँधै मौजुद हुन नसक्ने पनि हुन्छ यस्तो स्थितिमा चस्मदिद व्यक्ति नभएको कारणले सफाई दिनुपर्छ भन्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०८ - अर्को लिखत गराई पाउँ

 फैसला मिति:२०४०/११/१९  डिभिजन वेन्च इजलास  ४२६
 पुनरावेदक/ प्रतिवादी : पर्वत जिल्ला पाङ बडहरे गा.पं.वार्ड नं.टार बस्ने खगराज रिजाल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने सरस्वती जैस्यनी

(१) लिखित दैवी परेको देखिन आएकोले अर्को लिखत गरी दिनपर्ने ठहर्यारएको इन्साफ मनासिव छ । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०७ - गूठी धर्म कायम गरिपाउँ

 फैसला मिति:२०४०/११/२६  फूल बेन्च इजलास  ४२३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.८ डेरा गरी बस्ने जगतकुमारी राजभण्डारी बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.५ यंगाल टोल बस्ने रत्नकुमारी राजभण्डारीसमेत

(१) गूठी राख्नेको सन्तानलाई गूठी धर्मलोप भएको खण्डमा धार्मिक कृति विधिवत रूपले चलाई राख्नुपर्ने हक दायित्व रहन्छ । (प्रकरण नं. ११) (२) आफ्नो पुर्खाले राखेको गूठी कसैले धर्मलोप गरेमा गूठीको ३ र ४ नं.तथा अ.बं.८२ नं.ले उजूर गर्ने हकदैया निजमा रहने स्पष्ट छ । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/२९  फूल बेन्च इजलास  ४७७
 पुनरावेदक/ प्रतिवादी : त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार नेत्रबहादुर बस्नेत समेत बिरुद्ध विपक्षी/वादी : त्रिभुवन वि.वि.को आन्तरिक लेखा परीक्षक रामप्रसाद पौड्याल

(१) थुनाबाट छुटेपछि पनि अभियोगको टुड्डो नलागेसम्म रिट निवेदकलाई स्वतः निलम्वनमा राख्ने निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/१६  फूल बेन्च इजलास  ३६८
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला अनारमनी गा.पं.वडा नं.७ अनारमनी बस्ने मनरथ पाठक बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी श्री माधवप्रसाद शर्मा भूमिसुधार कार्यालय झापासमेत

(१) अरूको हक कायम भइसकेको तथ्य निवेदनमा नखुलाएको र अन्य कुनै किसिमको हक देखाई सो स्थापित गराई पाउँ भन्ने निवेदन जिकिर समेत नरहेको अवस्थाको प्रस्तुत निवेदनमा हक प्रचलन गराई दिने प्रश्नै नउठ्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/२२  फूल बेन्च इजलास  ३३२
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय सडक विभाग समेत बिरुद्ध विपक्षी/वादी : थकाली सुब्बा कन्ष्ट्रक्सन कम्पनी, काठमाडौंका प्रोपाइटर शमशेर चाँद शेरचन

(१) दुई पक्षको बीचको ठेक्का शर्तमा दिनु लिनुपर्ने केही बाँकी रहेको स्थितिमा कानुनबमोजिम साधारण अधिकारक्षेत्रबाट उपचार प्राप्त हुनसक्ने नै देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु