विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. १८४२ - हक कायम दर्ता बदर

 फैसला मिति:२०४०/१०/१५  डिभिजन वेन्च इजलास  ४०७
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने मुरारीशमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.२१ बस्ने हरहाईनेस कृष्णचन्द्रकुमारी देवी ज.ब.रा.समेत

(१) एकपटक अधिकार प्राप्त अधिकारीका समक्ष वादीको वारेसले विवादको जग्गामा निजको स्वामित्व तथा भोग नभएको कुरा उल्लेख गरी बयान गरी सकेपछि निज वादीको दावी प्रतिवादी विरूद्ध पुग्न नसक्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४१ - उत्प्रेषण

 फैसला मिति:२०४०/१२/२६  डिभिजन वेन्च इजलास  ४१०
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ विराटनगर न.पं.वडा नं.८ बस्ने तोलाराम दुगडसमेत बिरुद्ध विपक्षी/वादी : राजश्व न्यायाधीकरण धरान विराटनगर कर कार्यालय विराटनगर

(१) आधार नखुलाई गरेको आदेश हचुवा हुनगएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४० - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/२६  डिभिजन वेन्च इजलास  ३९१
 पुनरावेदक/ प्रतिवादी : जि.बारा गा.पं.पिपरपाती जब्दी वडा नं.९ घर भई नारायणी सिंचाई विकास योजना वीरगंजको कार्यालय सहायक लालबाबु यादव बिरुद्ध विपक्षी/वादी : श्री सञ्चालक समिति, नारायणी अञ्चलसमेत

नियुक्ति, बढुवा र विभागीय कारवाई सम्बन्धी लोक सेवा आयोगको सामान्य सिद्धान्तको परिच्छेद ९ को ३ मा ९० दिनमा ननघाई संशोधित नामावली पुनः प्रकाशित गर्नुपर्ने छ भन्ने उल्लेख भएको पाइन्छ । निवेदकको उजूरी ३५ दिनभित्र परे तापनि ९० दिन नघाई निर्णय भएकोले त्यस्तो निर्णयलाई मान्यता दिन मिलेन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३९ - उत्प्रेषण लगायत जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/०८  डिभिजन वेन्च इजलास  ४८५
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला अमरपट्टी गा.पं.वडा नं.१ बस्ने महन्त ठाकूर हजाम बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं.२ बस्ने रामलोचन चौवे, भूमिसुधार कार्यालय पर्साका श्री भूमिसुधार अधिकारी

(१) १ नं.फाराम २ नं.लगत प्रकाशित हुने कुनै कानुनी प्रकृया अपनाएको नदेखिएको र जग्गाधनी लाई बाली बुझाएको स्वतन्त्र प्रमाण पेश गर्न नसकेको हुँदा मोही हुन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३८ - प्रतिषेध सहितको उत्प्रेषण मिश्रित आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०६  डिभिजन वेन्च इजलास  ३८२
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही सिद्धार्थनगर नगरपञ्चायत वडा नं.७ बस्ने ठेकेदार शिवनाथ रौनियार बिरुद्ध विपक्षी/वादी : रूपन्देही जिल्ला सिद्धार्थ नगर, नगरपञ्चायतसमेत

(१) नगरपञ्चायतका प्रधान अधिकृतले आफ्नो केही कर्मचारीहरू खटाएको कुराको बोधार्थ पत्रले पट्टापत्रको विपरीत असर पर्न गई आर्थिक नोक्सानी समेत हुने कुरामा रिट क्षेत्रबाट समस्याको समाधान हुनसक्दैन । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/१०  फूल बेन्च इजलास  ४०१
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी धरान न.पं.वा.नं.११ घोपा बस्ने भद्रमानसिंह राई बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वडा नं.५ बस्ने धरणिधर भट्टराईसमेत

(१) स्थापित मोहीलाई मोहियानी हकको प्रमाणपत्र सम्म दिने भूमिसुधार कार्यालयबाट निर्णय भएको देखिँदा न्यायिक मनको प्रयोग भएन भन्न मिलेन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३६ - उत्प्रेषण

 फैसला मिति:२०४०/१२/१४  डिभिजन वेन्च इजलास  ४२१
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ शिरावनी जहदा गा.पं.वा.नं.८ बस्ने सम्झा मलाहिन बिरुद्ध विपक्षी/वादी : ऐ.विराटनगर न.पं.वा.नं.२९ बस्ने रेणुका उपाध्यायसमेत

(१) अ.बं.७८ नं.को प्रकृया अपनाई विपक्षीलाई सुनाएपछि मात्र सबूतप्रमाणको मूल्याड्ढन गरी निवेदकको जिकिर पुग्ने नपुग्ने के हो भन्ने सम्बन्धमा कानुन बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११) (२) विवादको एउटै कित्तामा एकथरीको हकमा ७८ नं.को प्रकृया अपनाउने गरी पठाउने र अर्कोथरीको हकमा भू.सु.कार्यालयले गरेको निर्णयलाई सदर गर्दा अन्तिम भइबसेको निर्णयलाई भू.सु.को तहमा असर हुने गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३५ - उत्प्रेषण

 फैसला मिति:२०४०/१२/२४  फूल बेन्च इजलास  ४६३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी निरौला गा.पं.वा.नं.७ बस्ने इसमाइल मियाँ बिरुद्ध विपक्षी/वादी : जिल्ला महोत्तरी एकडारा बेला गा.पं.वा.नं.७ बस्ने महेश्वरप्रसाद सिंह

(१) बदर नभई कायम रहेको फैसला निजको विरूद्धमा प्रमाण नलाग्ने भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) निवेदक भू.सं.ऐन लागू हुनुभन्दा अघिदेखि नै मोही कायम भइरहेको कुरा स्पष्ट देखिन आउँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को अवस्थामा मोही जग्गाधनी बीच कबुलीयत हुनै पर्दछ भन्न मिल्दैन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८३४-१ - ज्यान

 फैसला मिति:२०४०/०८/२३  फूल बेन्च इजलास  ३६२
 पुनरावेदक/ प्रतिवादी : सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेकी शुशिला अर्यालसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) कर्तव्य गरी मारेको होइन भन्ने कुनै किसिमको सबूत प्रमाण पेश हुनआएको नदेखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको मनासिव ठहर्ने । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु