विस्तृत खोजी

 
 
 
 
 
      

२५ खोजी नतिजाहरु

निर्णय नं. १६८६ - उत्प्रेषणको र परमादेश मिश्रित आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/१३  डिभिजन वेन्च इजलास  ३८१
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वडा नं.६ बस्ने पुष्पबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जग्गा नाप जाँच ऐनको ०१९, ६(५) बमोजिम गठित समितिको अध्यक्ष प्र.जि.अ.मुकाम ललितपुर समेत

(१) हक स्वामित्वमा नै विवाद परेको देखिए पछि जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) बमोजिम चित्त नबुझे अदालतमा जानु भनी विपक्षीलाई सुनाउनु पर्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/१४  डिभिजन वेन्च इजलास  ३८२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही खोरिया गा.पं.वा.नं.१ बस्ने नेवालाल दुसाध बिरुद्ध विपक्षी/वादी : श्री का.मु.भूमिसुधार अधिारीज्यू भूमिसुधार कार्यालय सर्लाही समेत

(१) २०३८ साल भन्दा अघि पनि कूत विषयमा विवाद उत्पन्न भएको कुरा निवेदकले आफ्नो रिट निवेदनमा स्वीकार गरेको समेत देखिएबाट कूत नबुझी जग्गाधनीले कचकच गरेको समेत नभई मोहीले नै दुःख दिने गरेको भन्ने समेत उल्लेख भएको देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/११  फूल बेन्च इजलास  ३८४
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज चिनी कारखानाको आवासटोलमा बस्ने रघुनाथप्रसाद श्रीवास्तव बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय बारा, कलैयासमेत

(१) मोहीको प्रमाणपत्रमा मिति नै उल्लेख नभएबाट उक्त प्रमाणपत्र गैरकानुनी तथा बिनाआधार कुनै निर्णय बेगरको देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८३ - ज्यान

 फैसला मिति:२०४०/०७/१३  फूल बेन्च इजलास  ३९७
 पुनरावेदक/ प्रतिवादी : जि बाग्लुङ सिगाना गा.पं.वर्ड नं.१ ठूलोढुंगा घर भई हाल ज.का.कारागार शखा काठमाडौंमा थुनामा रहेको रुद्रबहादुर खड्का क्षेत्री बिरुद्ध विपक्षी/वादी : मीनबहादुर समेतको जाहेरीले श्री ५ को सरकार

(१) कर्तव्य ज्यान जाने किसिमको थिएन भन्ने कुराको मृतकले सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत कारवाई चलाउन दिएको दरखास्तबाट स्पष्ट हुने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८२ - करार बमोजिम लिखत पास गरिपाउँ

 फैसला मिति:२०४०/०७/१८  फूल बेन्च इजलास  ९२८
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वा.नं.३ महाराजगञ्ज बस्ने तीर्थराजकुमारी राणा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बाँसवारी बस्ने रामशड्ढर श्रेष्ठ

(१) विवादित लिखतको अवलोकन गरी सो लिखतमा करारका मूलभूत तत्वहरू समाविष्ट देखिएमा (मुल कितावमा नदेखिएमा भन्ने लेखिए पनि सम्बन्धित प्रकरणमा देखिएमा नै लेखिएको छ – संपादक) त्यसलाई करारको लिखत मान्नु पर्ने र नभएमा नमान्नु पर्ने । (प्रकरण नं. १४) (२) बैना भनेको घर जग्गा लिने दिने शर्तको पूर्वरूप अर्थात किनबेचको शर्त पक्का गर्न दिइने रकमलाई भनिने हुनाले बैना बोली पर्दैमा शर्तनामा होइन भन्नु तर्कसंगत हुँदैन । (प्रकरण नं. १४) (३) लिखतमा करारनामा भन्ने बोली नपरी बैनापत्र बोली परेको भए पनि करार सम्बन्धी ऐन, २०२३ को व्यवस्था अनुसार करारका मूलभूत तत्वहरू विद्यमान भएको हुँदा करारनामाको कागज ठहर्ने । (प्रकरण नं. १४) (४) कुनै लिखतलाई सद्दे, कीर्ते वा जालसाजी भनी पक्षले बयान नगरेपछि त्यसको सत्यासत्यको निरोपण गरी रहनु पर्ने अवस्था नपर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु