विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. १७१५ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/२०  डिभिजन वेन्च इजलास  ३७२
 पुनरावेदक/ प्रतिवादी : जि.बैतडी दही माण्डौं गा.पं.वा.नं. ५ बस्ने प्र.पं.जयदेव भट्ट बिरुद्ध विपक्षी/वादी : बैतडी जिल्ला बैतडी जिल्ला ग्वालेक गा.पं.को प्र.पं.केशव दत्त जोशी समेत

(१) दर्ताको जग्गा हो भन्ने कुराको सबूत प्रमाण पुर्याभई अदालतबाट हक कायम गराउने विषय भएको र रिट क्षेत्रबाट सबूत प्रमाण बुझी निर्णय गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१४ - जग्गा

 फैसला मिति:२०४०/०८/१८  डिभिजन वेन्च इजलास  ३९६
 पुनरावेदक/ प्रतिवादी : स.अ.बझाङ जिल्ला सुनदेरा चैनपुर गा.पं.वडा नं.३ बस्ने अम्बरराज जोशी बिरुद्ध विपक्षी/वादी : स.अ.बझाङ जिल्ला सुनदेरा चैनपुर गा.पं.वडा नं.२ चैनपुर बस्ने हंस गिरी समेत

(१) रैकर हो वा गुठी हो, हक बेहकमा नालिस दिन ३५ दिन भित्र अदालतमा जानु भनी परेको फैसला बमोजिम मयाद भित्र नालेस नपरी हद म्याद नघाई परेको फिराद खारेज गर्ने निर्णय सदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१३ - जालसाजी

 फैसला मिति:२०४०/०८/०५  डिभिजन वेन्च इजलास  ४७०
 पुनरावेदक/ प्रतिवादी : दाङ उरहरी गा.पं.वा.नं. ५ उरहरी बस्ने गीतादेवी बिरुद्ध विपक्षी/वादी : दाङ ज.म.वि.वि.गा.पं.बस्ने ठाकुरप्रसाद उपाध्यायसमेत

(१) आमा मरेकोबाट अपुताली हक हुनआएको भन्ने देखाई गरेको प्रस्तुत जालसाजी मुद्दा अ.बं.८२ नं.अनुसार वादीको फिराद लाग्दैन भन्न नमिल्नेमा फिराद लाग्न नसक्ने भन्ने गरेको इन्साफ त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१२ - जालसाजी

 फैसला मिति:२०४०/०८/१८  डिभिजन वेन्च इजलास  ३९७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कास्की पोखरा न.पं.वार्ड नं.२ मिरुवा बस्ने प्रज्ञासागर पराजुली बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने विष्णुमायाको मु.स. गर्ने थिरकुमारी पराजुलीसमेत

(१) लिखत रजिष्ट्रेशन पारित भएको देखिन नआएकोले जालसाजी नगरेको ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७११ - जग्गा खिचोला

 फैसला मिति:२०४०/०८/१८  डिभिजन वेन्च इजलास  ३७७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कास्की पोखरा न.पं.वार्ड नं.२ मिसवा बस्ने प्रज्ञासागर पराजुली बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने विष्णुमायाको मु.स. गर्ने थिरकुमारी पराजुलीसमेत

(१) हक बेहक गर्ने काम बाँकी छँदै बीचमा राजीनामा लिएको देखिएकोले विवादको जग्गा हुँदा सो जग्गा राजीनामा गरी दिने अधिकार नपुग्ने गरी दिएको राजीनामाबाटै मेरो हक हुनआएको भन्न वादी दावी पुग्ने नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७१० - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/०४  डिभिजन वेन्च इजलास  ३५५
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी इनरूवा गा.पं.वा.नं. २ बस्ने जयराम ठाकुर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने तनुकलाल ठाकुरसमेत

(१) भूमिसम्बन्धी ऐनले तोकेको कानुनी प्रकृया पूरा नगरी मोहियानी हक प्राप्त हुन नसक्ने। (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०९ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/१६  डिभिजन वेन्च इजलास  ३८८
 पुनरावेदक/ प्रतिवादी : लु.पु.जि.न.पं.वडा नं.१६ सलीछे बस्ने बाबुचा डंगोल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने दशवीर डंगोल समेत

(१) निवेदकको हकको पाताल जग्गा हो वा गुठीको जग्गा हो त्यो विषय अदालतबाट निर्णय हुने विषय भएको । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०८ - आय कर

 फैसला मिति:२०४०/०८/२०  फूल बेन्च इजलास  ४१०
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार अर्थ मन्त्रालय, कर विभाग कर कार्यालय विराटनगर बिरुद्ध विपक्षी/वादी : जि.मोरड्ड विराटनगर स्थित अरूणोदय उद्योग प्रा.लि.का तर्फबाट ऐ.का सञ्चालक जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.४ बस्ने मदनलाल अग्रवाल

(१) कर फछ्र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खूद आय कायम गर्ने गरेको कर फछ्र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत नमिल्ने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०७ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/१६  फूल बेन्च इजलास  ३७६
 पुनरावेदक/ प्रतिवादी : श्री बागमती अञ्चल अदालत समेत बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.११ थापाथली प्रसूती गृह बस्ने डा. दिव्यश्री मल्ल

(१) अन्य कानुनी बाटो अवलम्बन गरी सकेकीलाई संविधानको धारा ७१ अन्तर्गत असाधारण अधिकारक्षेत्रको प्रयोग गरी यस अदालतले मद्दत गर्न नमिल्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु