विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. १७४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/१५  डिभिजन वेन्च इजलास  २७५
 पुनरावेदक/ प्रतिवादी : जि.बारा प्रगन्ना टोकनी गा.पं.पेसौनी वडा नं.१ बस्ने संपत्त सहनी बिरुद्ध विपक्षी/वादी : श्री सञ्चालक समिति वीरगञ्ज चिनी कारखाना लिमिटेड वीरगञ्ज नेपालसमेत

निवेदकलाई दिइएको नोकरीबाट हटाइएको पत्रमा चित्त नबुझे ३५ दिन भित्र संस्थान प्रमुख मार्फत सञ्चालक समितिमा पुनरावेदन दिन सक्नु हुने भन्ने लेखिएको पाइन्छ । यसबाट महाप्रवन्धकको निर्णय अनुसार रिट निवेदकलाई हटाएको भन्ने देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०८/२२  डिभिजन वेन्च इजलास  २७४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला ललितपुर ल.पु.न.पं.वडा नं.४ वागडोल बस्ने प्रा.म.से. हेमबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार रक्षा मन्त्रालय

(१) सेवाबाट हटाउन वा बरखास्त गर्नसक्ने गरी श्री ५ को सरकारलाई ऐनले नै सक्षम बनाएको अवस्थामा नियमको निर्माण नगरी सेवाबाट अवकास दिन मिल्दैन भन्न नमिल्ने । (प्रकरण नं. ८) (२) कुनै आरोप नलगाई निवृतिभरणमा (“निवृतिभरण दिने गरी”–सम्बन्धित प्रकरणको भावना अनुसार बुझ्न सजिलोका लागि “दिने गरी” भन्ने पदावली राखिएको–संयोजक) सेवाबाट अवकास दिएको अवस्थामा सफाईको मौका नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४४ - फैसला लिखत बदर

 फैसला मिति:२०४०/०९/२०  डिभिजन वेन्च इजलास  २७९
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी न.पं.राजविराज वडा नं.४ बस्ने गोवर्धन मुन्धडा समेत बिरुद्ध विपक्षी/वादी : जि.काठमाडौं न.पं.काठमाडौं वडा नं.२६ बस्ने मे.ज. मिनारजङ थापासमेत

(१) कानुनको म्याद भित्र कुनै उजूर बाजुर गरेको देखिँदैन, साथै धेरै अघि देखि भोगचलन भइरहेको देखिन आएको बुँदा प्रमाणहरूको आधारमा समेत फैसला बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४३ - जालसाजी

 फैसला मिति:२०४०/०९/२०  डिभिजन वेन्च इजलास  २८१
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी न.पं.राजविराज, वार्ड नं.४ बस्ने गोवर्धन मुन्धडा समेत बिरुद्ध विपक्षी/वादी : जि.काठमाडौं न.पं.काठमाडौं, वडा नं.२६ बस्ने बृ.ज. मेनारजङ थापासमेत

(१) हकभोग नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी आफ्नो हकभोग दर्ताको भनी बिक्री गरेको कृयाकलापबाट हक मेटिन जाने हुनाले कीर्ते कागजको ३ नं.अन्तर्गतको अपराध भए गरेको देखिएको भन्ने आधारमा जालसाजी गरेको ठहराएको इन्साफ मनासिवै देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४२ - लिखत पारित

 फैसला मिति:२०४०/०९/१२  डिभिजन वेन्च इजलास  ३४८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही छताना गा.पं.वा.नं. २ बस्ने असर्फी सिंह राजपूत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ गंगापुर सीतापुर गा.पं.वार्ड नं.१ बस्ने विश्वनाथ उपाध्याय

(१) सक्कल लिखत हेर्दा पुराना कागज देखिनाको साथै ठाउँ–ठाउँमा प्वाल समेत परेको र लिखत व्यहोरा लेखिएको मसी कतै अक्षर गाढा र कतै फिक्का अक्षर भई एकैप्रकारको मसीले लेखेको नदेखिएकोले प्रतिवादी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपस्थित देखिन आएकोले सोही मितिमा प्रतिवादी सर्लाहीमा उपस्थित भई कागज गरेको भन्ने प्रतीतलायक नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४१ - ज्यान

 फैसला मिति:२०४०/०९/०५  डिभिजन वेन्च इजलास  २८७
 पुनरावेदक/ प्रतिवादी : नारायण गिरीका जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : दाङ देउखुरी लाल मटीया गा.पं.वा.नं. ९ मझनीगढ बस्ने रामबहादुर गिरी

(१) आफ्नो निर्दोषिताको कुनै किसिमको सबूत प्रमाण दाखिल हुनआएको नदेखिएबाट कर्तव्यवाला रहेनछ भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४० - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/०९/०५  डिभिजन वेन्च इजलास  २९७
 पुनरावेदक/ प्रतिवादी : जितबहादुर थारुको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.दाङ घर्ना गा.पं.वा.नं. ७ नैनवार बस्ने ठाकूरप्रसाद डाँगी क्षेत्री

(१) मृतकसँग प्रतिवादीको कुनै किसिमको रिसइवी भएको मिसिल प्रमाणबाट देखिँदैन । शंकाको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४०/०९/१२  फूल बेन्च इजलास  २९९
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा भद्रगोल काठमाडौंमा थुनामा रहेको भागवत उपाध्याय बिरुद्ध विपक्षी/वादी : रूपन्देही जिल्ला अदालत, भैरहवा

(१) डाँका मुद्दामा कैदबाट छुटेपछि नकवजनी चोरीको अपराध गरेको हुँदा नकजवनी चोरी मुद्दामा भएको हद कैदमा डाँका मुद्दाको कैद गाभिने स्थिति नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३८ - ज्यान

 फैसला मिति:२०४०/०९/१५  फूल बेन्च इजलास  २९५
 पुनरावेदक/ प्रतिवादी : धनुषा घर भई केन्द्रीय कारागारमा थुनामा रहेको रामनारायण मण्डल केवट बिरुद्ध विपक्षी/वादी : देवनारायण मण्डलको जाहेरीले श्री ५ को सरकार

(१) आफ्नो स्वेच्छाले जाहेरीमा लेखिदिएको र अदालतमा गरेको बकपत्रको सामान्य अनुसन्धानको सिलसिलामा प्रहरीमा गरी दिएको कागज भनाईलाई आधार बनाउन सकिने नदेखिने । (प्रकरण नं. २०) (२) घरबाट बरामद भएको रगत लागेको भनेको भालाको रगत जाँचको अभावमा त्यस्तो रगत मृतकको हो भन्न नमिल्ने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/०९/२२  फूल बेन्च इजलास  २८४
 पुनरावेदक/ प्रतिवादी : गोरखा जिल्ला वोर्लाङ गा.पं.वार्ड नं.८ क्यामुनाटार घर भई हाल काठमाडौं कारागार थुनामा रहेकाहरू तारानाथ रेग्मीसमेत बिरुद्ध विपक्षी/वादी : विष्णुदत्त शर्माको जाहेरीले श्री ५ को सरकारसमेत

(१) सहअभियुक्तहरूको भनाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टी हुनुपर्दछ तब मात्र त्यसलाई प्रमाणको रूपमा लिनसकिन्छ । (प्रकरण नं. ४३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७३६ - अंश फैसला बदर

 फैसला मिति:२०४०/०९/०८  फूल बेन्च इजलास  २८४
 पुनरावेदक/ प्रतिवादी : नुवाकोट महादेवस्थान गा.पं.वडा नं.२ थानसिंह बस्ने खड्गकुमारी पाठक बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ मिश्री पाठकसमेत

(१) अड्डामा उपस्थित भई सहिछाप गरी अड्डाबाट पास समेत गराएको बण्डापत्रको लिखतलाई ठोस सबूत प्रमाणको अभावमा अवैध लिखत घोषित गरी पास समेत भएको लिखतलाई बदर गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु