विस्तृत खोजी

 
 
 
 
 
      

२५ खोजी नतिजाहरु

निर्णय नं. २२०१ - लिखत दर्ता बदर

 फैसला मिति:२०४१/१२/०२  डिभिजन वेन्च इजलास  ४०२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा डुवागडी गा.पं. चारआली गा.पं. वा.नं. ८ बस्ने पेची राजवंशीनी ऐ ऐ बस्ने किशोर कुमार राजवंशी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने तीर्थराज सुवेदी ऐ ऐ बस्ने कार्तिक चन्द्र राजवंशी ऐ ऐ बस्ने झरी राजवंशी

 लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेका कुराको सम्बन्धमा सोही ऐनमा लेखिएको हदम्याद नै लागू हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०० - उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/१२/०१  डिभिजन वेन्च इजलास  ३६२
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला हरीपूर्वा गा.पं. वडा नं. ३ बस्ने नरेन्द्रराय यादव बिरुद्ध विपक्षी/वादी : निर्वाचन अधिकृत जिल्ला कार्यालय सर्लाहीका प्र.जि.अ.श्री राजकुमार दास कक्षपति सर्लाही निर्वाचन विशेष अदालत सर्लाही जिल्ला अदालतका जि.न्या. श्री नन्द प्रसाद पौड्याल मतदान अधिकृत जिल्ला कार्यालय सर्लाहीका खरिदार श्री विदुर खरेल सर्लाही जिल्ला हरीपूर्वा गा.पं. वार्ड नं. ७ बस्ने जयनारायण प्रसाद शाहतेली

 पुनः मत गिन्ती नगरेको कारणबाट निर्वाचन विशेष अदालतको फैसला त्रुटिपूर्ण छ भन्न मिलेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०९/११  डिभिजन वेन्च इजलास  ३४१
 पुनरावेदक/ प्रतिवादी : नरबहादुरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : झापा तोपगाछी गा.पं. वार्ड नं. ४ बस्ने श्री चामलिङ राई समेत

 मार्ने मनसाय र नियत नभए पनि चुप्पी जस्तो धारिलो जोखिम हतियार झिकी चलाउँदा भिडमा कसैलाई लागी मर्न सक्छ भन्ने जानी जानी होस नपुराई हेलचेक्राई गरी भीड भएको वारदात स्थलमा चुप्पी फन्काई घुमाउँदा लाग्न गई सो चुप्पीको चोटबाट मृत्यु भएको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं. को अपराध गरेको भन्न मिलेन । (प्रकरण नं. ३४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९८ - अंश दपोट

 फैसला मिति:२०४१/१२/०२  फूल बेन्च इजलास  ३५८
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वा.नं. २६ को हाल वा.नं. १ अन्तरगत कमल पोखरी बस्ने पद्‌मबहादुर राजकर्णिकार बिरुद्ध विपक्षी/वादी : गणेशबहादुर राजकर्णिकारको मु.स.गर्ने ऐ.ऐ. बस्ने अमर राजकर्णिकार ऐ ऐ बस्ने महाजन राजकर्णिकार ऐ ऐ बस्ने घनश्याम राजकर्णिकार

 दपोट गरेको ठहरेमा दपोट गरेको भनेको सम्पत्ति जे जस्तो अवस्थामा छ त्यो नै दपोट नगर्ने पक्षले पाउने हो । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९७ - पर्वते रजौटा कायम

 फैसला मिति:२०४१/१२/०९  फूल बेन्च इजलास  ३७१
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वा.नं. ३३ बस्ने जयन्द्रबम मल्ल बिरुद्ध विपक्षी/वादी : जि.पर्वत पाङ गा.पं. वा.नं. ४ नुवार बस्ने दुर्गाबहादुर मल्ल

 पर्वते राजा मलाई कायम गरिपाउँ भन्ने प्रमाणको अभावमा दावी पुग्न सक्ने देखिएन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु