विस्तृत खोजी

 
 
 
 
 
      

३४ खोजी नतिजाहरु

निर्णय नं. २११६ - ज्यान

 फैसला मिति:२०४१/०८/१५  डिभिजन वेन्च इजलास  २७४
 पुनरावेदक/ प्रतिवादी : जि. बाँके नेपालगन्ज नगरा पञ्चायत वा.नं. १ धुम्बोजी घर भै हाल केन्द्रीय कारागार शाखा बाँके नेपालगञ्जमा थुनामा रहेको रामदीन कोरी बिरुद्ध विपक्षी/वादी : तोताराम कुर्मीको जाहेरीले श्री ५ को सरकार

 मृतक र प्रतिवादीको बीचमा लेनदेन विषयमा विवाद भई मुद्दा चलेको भन्ने कुरा प्रतिवादीले आफ्नो बयानमा समेत स्वीकार गरेको समेत मिसिल संलग्न प्रमाणहरूबाट कर्तव्यबाट मृतकको मृत्यु भएको भन्ने कुरा पुष्टि हुन आयो । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११५ - अंश

 फैसला मिति:२०४१/०३/२२  डिभिजन वेन्च इजलास  २६९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला नगरपञ्चायत वडा नं. १७ ठहीटी बस्ने रामबहादुर राजभण्डारी ऐ ऐ बस्ने चेत बहादुर राजभण्डारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने केसरबहादुर राजभण्डारी

 हक लाग्ने भनी वादीका आमा जिम्मा रहेको श्रीसम्पत्तिमा ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी वादीले दावी गरी आएकोलाई अघि अंशबण्डा भइसकेको कुरामा फेरि दावी गरी आएको भन्न मिल्दैन । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०८/१९  डिभिजन वेन्च इजलास  ३३२
 पुनरावेदक/ प्रतिवादी : आशादेवी मगरनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.धनकुटा झीझ गा.पं. वार्ड नं. ३ बस्ने गोपालबहादुर विष्ट जि.ध. हसनपुर घर भै सर्लाही कारागारमा थुनामा बसेको रेशमी धमार्नी ऐ नक्टा झीझ गा.पं. वार्ड नं. ३ बस्ने गफुर मिया

 एउटा कार्य गर्दा अर्को परिणाम हुन गई मृतकको मृत्यु हुन गएको अवस्थालाई भवितव्य कायम गरी गरेको मध्यमाञ्लच क्षेत्रीय अदालतको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुने। (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०३/१३  डिभिजन वेन्च इजलास  २५३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी धमौरा गा.पं. वार्ड नं. १ बस्ने औंली मोहमद शेष बिरुद्ध विपक्षी/वादी : ऐ ऐ गा.प. वार्ड नं. २ घर भै हाल जि.ध. जनकपुर न.पं. वार्ड नं. २ बस्ने सरधावती तेलीनी भू.सु.का. महोत्तरी का. भू.सु.अ.

 पञ्च भलाद्‌मीको रोहवरमा आफैंले म्याद बुझी म्याद भित्र प्रतिवाद नगरी चुप लागी बसेपछि अहिले रिट क्षेत्रमा आई प्रतिवाद गर्ने मौका पाइँन भनी लिएको जिकिरमा कुनै सार नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११२ - उत्प्रेषण

 फैसला मिति:२०४१/०९/११  डिभिजन वेन्च इजलास  ३४१
 पुनरावेदक/ प्रतिवादी : कुमुद एण्ड कम्पनी विराटनगरको प्रो. जि. मोरङ विराटनगर न.पं. वा.नं. ८ बस्ने किशनलाल दुगड बिरुद्ध विपक्षी/वादी : भन्सार कार्यालय, विराटनगर श्री राजस्व न्यायाधिकरण, धरान

 भन्सार ऐन, २०१९ को संशोधन सहितको दफा ३४ को उपदफा ३ मा भएको व्यवस्था अनुसार फरक रकममा दोब्बर भन्सार महसूल तथा रु.५००। सम्म जरीवाना गर्ने गरेको राजस्व न्यायाधीकरण धरानको निर्णयमा कुनै कानुनी त्रुटि भएको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१११ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/१७  डिभिजन वेन्च इजलास  ३६७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वार्ड नं. २१ यंगाल टोल बस्ने रघुनाथ अग्रवाल बिरुद्ध विपक्षी/वादी : : श्री सञ्चालक समिति नेपाल बैंक लि.प्रधान का.काठमाडौं श्री महाप्रबन्धक ज्यू ने. बैं. लि. प्रधान कार्यालय काठमाडौं श्री मालपोत कार्यालय डिल्ली बजार काठमाडौं श्री वागमती अञ्चलाधीशके कार्यालय काठमाडौं श्री प्रमुख जिल्ला अधिकारीज्यू जि.का. काठमाडौं श्री जि. ल.पु. पिक्छेटोल बस्ने पंचलाल महर्जन का.जि. जुद्धसडक स्थित ने.बैं.लि. काठमाडौं अफिस

 बैंकले सामा ब्याज असूल गर्न पुग्ने जति लिलाम बिक्री गर्न मालवस्तुको पञ्चकीर्ते मेल कायम वा मुचुल्का खडा गर्नु पर्ने र सो पञ्चकीर्ते मोलबाट बैंकले लिनुपर्ने सामा ब्याज रकम पुग्ने जति मात्र असूल उपर गरी लिनु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २११० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/११  डिभिजन वेन्च इजलास  ३३१
 पुनरावेदक/ प्रतिवादी : दार्चुला शंकरपुर गा.पं. वडा नं. १ बस्ने भोजराज जोशी बिरुद्ध विपक्षी/वादी : जिल्ला पञ्चायत दार्चुला जिल्ला सभा दार्चुला जि. पं. दार्चुला सभापति इन्द्र बहादुर बम जि. पं. सचिवालय दार्चुला का.ना.सु. नारायण दत्त जोशी

 जिल्ला सभाको बैठकले सफाईको मौका नदिई जि.पञ्चायतको सदस्यताबाट हटाउने गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत गरेको देखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०९ - परमादेश

 फैसला मिति:२०४१/०९/०६  डिभिजन वेन्च इजलास  ३२०
 पुनरावेदक/ प्रतिवादी : भेरी अञ्चल बर्दिया जिल्ला वगनाहा गा.पं. वा.नं. ६ बस्ने तिर्थराज पुरी बिरुद्ध विपक्षी/वादी : भेरी अञ्चल बर्दिया जिल्ला वगनाहा गा.पं. वा.नं. १ ढुगरहवा बस्ने श्रीमती तेजकुमारी श्रेष्ठ श्री मूमि सुधार अधिकारीज्यू जि.का. भू.सु. शाखा बर्दिया मालपोत अधिकृतज्यू मालपोत कार्यालय बर्दिया

 आयोगको निर्णय विरुद्ध रिट निवेदन दिई आयोगको निर्णयलाई बदर गराई ल्याएमा आयोगले दिने भनी गरेको निर्णय अस्तित्व शुन्य हुन जाने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०८ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/१८  डिभिजन वेन्च इजलास  ३६८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा दवागडी गा.प. वडा नं. १ घर भै हाल कारागार शाखा भैरहवामा थुनामा रहेको राधाकृष्ण मैनालीको हकमा का.जि.बागबजार बस्ने इन्द्रप्रसाद खरेल बिरुद्ध विपक्षी/वादी : झापा जिल्ला अदालत, झापा श्री ५ को सरकार कानून तथा न्याय मन्त्रालयद्वारा गठित विशेषा अदालत मुकाम मेचीको हाल श्री छ को सरकार कानून तथा न्याय मन्त्रालय श्री जिल्ला कार्यालय कारागार शाखा रुपन्देही

 जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो ननाघ्ने गरी ठेक्नु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०७ - ज्यान

 फैसला मिति:२०४१/०५/३१  डिभिजन वेन्च इजलास  ३२१
 पुनरावेदक/ प्रतिवादी : रामशंकर कुर्मीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.बाँके फत्तेपुर गा.पं. वा.नं. ६ बस्ने जोद्धि भन्ने अयोध्याप्रसाद कुर्मी समेत

 प्रतिवादीले गराएको घाउ जाँच फारममा घाउ चोटको उल्लेख भई धार नभएको चीज सम्भवतः लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति नरहने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०६ - लिखत बदर

 फैसला मिति:२०४१/०८/२९  फूल बेन्च इजलास  २७३
 पुनरावेदक/ प्रतिवादी : जि.काठमाडौं फोहरा दरवार बस्ने पुरुषोत्तम शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : जि.धनुषा रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने फुलनाना राणा ऐ ऐ बस्ने चलाक बहादुर राणा मरी मु.स. गर्ने मधुसदन राणा सितावदन मरी हक खाने तथा आफ्ना हकमा समेत जि. धनुषा जनकपुर धाम नगर पञ्चायत वा.नं. १ घर भै हाल का.जि. भिमसेनस्थान डेरा गरी बस्ने कुञ्ज बहादुर राणा

 अंश मुद्दा दायर भइसकेपछि निर्णय नभएसम्म विवादित सम्पत्तिको कुनै चिज कसको भागमा पर्ने हो सो कुरा अनिश्चित हुँदा अन्तिम निर्णय हुनुभन्दा अगावै आपस्तमा भागबण्डा गरेकोलाई कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/२५  फूल बेन्च इजलास  २९४
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय सडक विभाग नेपालगन्ज कोहलपुर–सुर्खेत राजमार्ग योजना कार्यालय, चिसापानी बर्दियाका तर्फबाट चिफ इन्जिनियर शिवबहादुर प्रधानाङ बिरुद्ध विपक्षी/वादी : वैश्य कन्स्ट्रक्सन वर्कविस्करियन टोल नेपालगंजका तर्फबाट सो फर्मका प्रो. जि. बाँके नेपालगंज न.पं. वा.नं. ४ विस्कोरियन टोल वस्ने रामगोपाल वैश्य

 दुई पक्ष बीचको ठेक्का सम्बन्धी विषयको कुरा भएकोले रिट क्षेत्रबाट त्यसतर्फ विचार गर्ने अवस्था समेत नहुँदा उत्प्रेषणको आदेश जारी गरेको डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०४ - लिखत बदर

 फैसला मिति:२०४१/०९/०७  फूल बेन्च इजलास  २९३
 पुनरावेदक/ प्रतिवादी : : का.जि.न.पं. वडा नं. २६ को हाल वडा नं. १ सेतो दरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने स्वर्गे भइसकेको लिला शमशेर ज.ब.रा. ऐ ऐ वडा नं. ७ को हाल वडा नं. २३ ओमबहाल बस्ने लामु अमात्य

अदालतले गरेको निर्णयलाई वादीले चित्त बुझाई बसेको देखिँदा त्यसतर्फ विचार गरी रहन नपर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१०३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०९/२५  फूल बेन्च इजलास  ३५९
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वा.नं. १९ याटखा दमार्इ टोल बस्ने न्हुछेमाया खड्गी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. २९ सामाखुसी बस्ने सोवीर लामा

 न्यायिक वा अर्धन्यायिक अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्यांकन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने र निर्णयमा पुग्दा तत्सम्बन्धी कारणहरू स्पष्ट रुपमा खुलाएको हुनुपर्छ र ती कारणहरू सबूत प्रमाणमा आधारित हुनुपर्छ । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु