विस्तृत खोजी

 
 
 
 
 
      

९ खोजी नतिजाहरु

निर्णय नं. १६०८ - ।

 फैसला मिति:२०३९/११/०१  डिभिजन वेन्च इजलास  ८५०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला सिराहा मझोरा गा.पं..वडा नं.२ बस्ने सुभाकलाल यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ.बस्ने वेचन खत्वे, भू.सु.कार्यालय, सिराहा, भूमिसुधार अधिकारी

(१) मूल दावी नै संशोधन गरी सो संशोधित दावीको आधारमा भू.सु.का.सिराहाले मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०७ - उत्प्रेषण

 फैसला मिति:२०३९/११/१३  डिभिजन वेन्च इजलास  ८०३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला सर्लाही खुटौना गा.पं..बडा नं.३ बस्ने घाडसर स्थित राम जानकी मन्दिरको महन्थ रामेश्वर दास वैरागी बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय, सर्लाही, जिल्ला सर्लाही खुटौनी गाउँ पञ्चायत बा.नं.३ भाडसर बस्ने रामबली खिड्हरी

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) अनुसारको कबुलियतको अभावमा मोहियानी हक कायम हुन नसक्ने । (२) सर्जमिनको भनाई र बाली बुझाएको भरपाई मात्रको आधारमा मोही कायम गरेको भू.सु.का.को निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१) को त्रुटि भएको देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०६ - उत्प्रेषण

 फैसला मिति:२०३९/११/११  डिभिजन वेन्च इजलास  ७४६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला सप्तरी बकधुवा गा.पं. बडा नं.५ बस्ने सुतिहार बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ.बस्ने सुनर शर्मा बडही, भूमिसुधार कार्यालय सप्तरी

(१) नेपाली नागरिक नै नभएको अवस्थामा मोहीको प्रमाणपत्र पाउने ठहर्छ भन्ने भू.सु.का.को निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०५ - उत्प्रेषणको आदेश वा अन्य आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।

 फैसला मिति:२०३९/१०/२०  डिभिजन वेन्च इजलास  ७६७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सप्तरी जिल्ला तिलाठी गा.पं.वडा नं.९ तुनीहवा बस्ने बच्चा यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी : मालपोत कार्यालय, सप्तरी, मालपोत विभाग, बबरमहल काठमाण्डौ

(१) राजीनामा पारीत गरी खरीद गरी लिएको भन्ने कुरा निर्णय हुनु अगावै दाखिल खारेज गरी पाउँ भन्ने परेको निवेदनबाट देखिएपछि रिट निवेदकलाई बुझी निजको भनाइलाई समेत बिचार गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०४ - लिखत बदर

 फैसला मिति:२०३९/०४/२२  डिभिजन वेन्च इजलास  ८००
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : बा.अं.ल.जि.ल.पु.न.पं. बडा नं.१४ स्वठटोल बस्ने उपेन्द्रगोपाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : बा.अं.ल.जि.जावलाखेल वा.नं.४ कोमलनाथको पत्नी हिरण्यकुमारी रिसाल

(१) घर र घरको साँधको मकैबारी घरबारीकै परिभाषा भित्र पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०३ - प्रतिषेध वा उपर्यूक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।

 फैसला मिति:२०३९/१०/०४  डिभिजन वेन्च इजलास  ७९५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : लुम्बिनी अञ्चल रुपन्देही जिल्ला पैरघाट गा.पं.वडा नं.९ तुनीहवा बस्ने त्रियुगीनारायण तिवारी बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क विभाग काठमाण्डौ, श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय, रुपन्देही सिद्धार्थनगर, अन्तःशुल्क अधिकृत, अन्तशुल्क कार्यालय, भैरहवा सिद्धार्थनगर, जिल्ला प्रहरी कार्यालय, रुपन्देही सिद्धार्थनगर

(१) रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा २७ (१) को कुरामा मुलुकी ऐन बाँकी नतिर्नेको ६ नं.को ऐन लाग्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०२ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/१०/१०  डिभिजन वेन्च इजलास  ८२३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला काभे्रपलान्चोक गा.पं.जनगाल उग्रतारा वडा नं.१ को हाल साँगा गा.पं.वडा नं.६ बस्ने वीरबहादुर खड्का बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला कार्यालय भूमिसुधार शाखा काभ्रेपलान्चोक धुलिखेल, जिल्ला काभ्रेपलान्चोक गा.पं.जनगाल उग्रतारा वडा नं.१ को हाल साँगा गा.पं.वडा नं.६ बस्ने पृथ्वीबहादुर खत्री क्षेत्री

(१) तजबिजी अधिकार भए तापनि न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरीकाले गर्नु पर्ने । (प्रकरण नं. १०) (२) न्यायिक निर्णय गर्ने अधिकारीले सबूत प्रमाणको मूल्यांकन गरी आधार देखाई कुनै निश्चित ठहरमा पुग्नु पर्ने । (प्रकरण नं. १०) (३) तर्कसंगत आधार नै नदेखाई कुनै निश्चित निष्कर्षमा पुगिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरीकाले निर्णय गरेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०१ - अंश

 फैसला मिति:२०३९/१०/०७  डिभिजन वेन्च इजलास  ८५९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : जि.सुनसरी मघेली गा.पं.वा.नं.९ बस्ने दरवारी साहुतेलीसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : ऐ.ऐ.बस्ने वनवारी साहुतेली

(१) अलग अलग भई अंश लिई मानो छुट्टि बेगल भई बसेकोले मुलुकी ऐन अंशबण्डाको १८ तथा ३० नं.ले व्यवस्था गरे अनुसार प्रतिवादीबाट वादीलाई अंशमा दावा गर्ने हक पुग्न र प्रतिवादीबाट अंश दिलाई दिनुपर्छ भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६०० - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/११/०५  डिभिजन वेन्च इजलास  ७९८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.महोत्तरी सिसवा कटैया गा.पं.वडा नं.१ मौजा सिसवा कटैया बस्ने लालपरिदेवी भूमिहार्नी, ऐ.ऐ. बस्ने भनसरीयादेवी भूमिहार्नी बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय महोत्तरीका भूमिसुधार अधिकारी जि.महोत्तरी सिसवा कटैया गा.पं.वर्डा नं.१ बस्ने रामबृक्ष राउत भूमिहार

(१) सुरु भूमिसुधार कार्यालयमा लिन नसकेको जिकिरलाई रिट क्षेत्रमा आएर विचार गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु