सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठको व्यक्तिगत विवरण
२०७२/०३/२३ देखि २०७२/१२/३० सम्म
व्यक्तिगत विवरण
जन्म मिति र स्थान: २००८।०१।०१ (१४ अप्रिल, १९५१) बागलुङ, नेपाल
लिङ्ग: पुरुष
वैवाहिक स्थिति: विवाहित (एक छोरा र एक छोरी)
माता: श्रीमती श्रीलक्ष्मी देवी श्रेष्ठ
पिता: श्री कुल बहादुर श्रेष्ठ
श्रीमती: उर्मिला श्रेष्ठ
राष्ट्रियता: नेपाली
स्थायी ठेगाना: बागलुङ-३, धौलागिरी अञ्चल, नेपाल
हालको ठेगाना: कुपण्डोल-१, ललितपुर, नेपाल
शैक्षिक योग्यता
उपाधि |
विश्वविद्यालय |
उपाधि हासिल गरेको वर्ष (ई.सं.) |
पोष्ट ग्राजूएट डिप्लोमा (अन्तर्राष्ट्रिय कानून तथा विकास) |
ईन्ष्टिच्यूट अफ सोसल स्टडिज (Institute of Social Studies) हेग, नेदरल्याण्डस् |
१९८४ |
मानविकी संकायमा स्नातकोत्तर
(नेपाली) |
त्रिभुवन विश्वविद्यालय, नेपाल |
१९७५ |
मानविकी संकायमा स्नातकोत्तर
(राजनीति शास्त्र) |
त्रिभुवन विश्वविद्यालय, नेपाल |
१९८३ |
कानूनमा स्नातक |
त्रिभुवन विश्वविद्यालय, नेपाल |
१९७६ |
तालिम
- राष्ट्रिय न्यायिक प्रतिष्ठान भारतद्वारा आयोजित उच्च अदालतका न्यायाधीशहरुका लागि बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार, भोपाल, भारत (सन् २००४)
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित योजना तथा कार्यान्वयन, काठमाडौं, नेपाल (सन् १९८५)
- अन्तर्राष्ट्रिय कानून संस्थानद्वारा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता, वासिङ्गटन डि.सी., अमेरिका (सन् १९८४)
भाषागत ज्ञान
- नेवारी (मातृभाषा)
- नेपाली (बोल्न र लेख्न)
- अँग्रेजी (बोल्न र लेख्न)
पदक तथा विभूषण
- प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी (राष्ट्रपतिद्वारा विभूषित–२०७१/२/१५)
- सुविख्यात त्रिशक्ति पट्ट (राष्ट्र प्रमुखद्वारा विभूषित)
- सुप्रबल गोरखा दक्षिण बाहु (राष्ट्र प्रमुखद्वारा विभूषित)
- लोकराज ज्ञवाली स्वर्ण पदक (त्रिभुवन विश्वविद्यालय कानून संकायको परीक्षामा पहिलो स्थान हासिल गरेबापत)
- महेन्द्र विद्या भूषण (त्रिभुवन विश्वविद्यालयद्वारा संचालित परीक्षामा पहिलो स्थान हासिल गरेबापत)
कार्यअनुभव
क्र.सं. |
पद |
संस्था |
नियुक्ति मिति (बि.सं) |
१. |
प्रधान न्यायाधीश |
सर्वोच्च अदालत |
२०७२।०३।२३ |
२. |
न्यायाधीश |
सर्वोच्च अदालत |
२०६२।०५।२९ |
३. |
मुख्य न्यायाधीश |
पुनरावेदन अदालत, जुम्ला |
२०६१।०६।०४ |
४. |
न्यायाधीश |
- पुनरावेदन अदालत विराटनगर
- पुनरावेदन अदालत पाटन
- पुनरावेदन अदालत राजविराज
- पुनरावेदन अदालत बुटवल
- पुनरावेदन अदालत हेटौंडा
|
२०४८।०४।१८ देखि २०६१।०६।०३ सम्म |
५. |
न्यायाधीश |
अञ्चल अदालत जनकपुर |
२०४४।०४।०६ |
६. |
न्यायाधीश |
काठमाडौ जिल्ला अदालत |
२०४३।०६।०६ |
७. |
उप–सचिव |
कानून तथा न्याय मन्त्रालय |
२०४०।०१।३० |
८. |
जिल्ला न्यायाधीश |
विभिन्न जिल्ला अदालतहरु |
२०३६।११।२१ |
९. |
शाखा अधिकृत |
सर्वोच्च अदालत |
२०३४।०३।२० |
१०. |
शाखा अधिकृत |
नेपाल सरकार स्थानीय विकास विभाग |
२०३३।०५।१७ |
११. |
शाखा अधिकृत |
पञ्चायत मन्त्रालय |
२०३२।०४।०१ |
उपरोक्त अवधिमा बहन गरिएका अतिरिक्त जिम्मेवारीहरु
- अध्यक्ष- न्यायाधीश समाज नेपाल
- अध्यक्ष- दक्षिण एशियाका न्यायाधीश, कानून व्यवसायी तथा प्राध्यापकहरुको कानून सम्वन्धी क्षेत्रीय संगठन (सार्क ल - SAARCLAW) (वर्तमान)
- सदस्य- सन् २०१३ मा सिंगापुरमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रका प्रधान न्यायाधीशहरुको पन्ध्रौं सम्मेलनद्वारा गठन गरिएको न्यायपालिकाको प्रशासकीय स्वायत्तता (Administratively Independent Judiciary) सम्बन्धी दक्षिण अफ्रिका, फिलिपिन्स, हङकङ्ग तथा गुवामका प्रधान न्यायाधीश सम्मिलित ५ सदस्यीय कार्यदल (Working Group) मा मनोनित भई अध्ययन कार्यमा संलग्न (वर्तमान)
- सदस्य- राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालको कार्यकारी परिषद्
- संयोजक- सर्वोच्च अदालत नियमावलीद्वरा गठित स्थायी समिति
- अध्यक्ष- सर्वोच्च अदालत अदालत व्यवस्थापन समिति
- संयोजक– नेपालको न्यायपालिकाको रणनीतिक योजना सुधार तर्जुमा एवं कार्यान्वयन समिति
- अध्यक्ष– सर्वोच्च अदालत, योजना, अनुसन्धान तथा वाह्य सहायता व्यवस्थापन समिति
- अध्यक्ष– राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालको वार्षिक प्रकाशन सल्लाहकार समिति
- संयोजक– नेपाल सरकारद्धारा गठन गरिएको फौजदारी कानून सुधार उच्चस्तरीय कार्यदल
- संयोजक– फौजदारी संहिता, फौजदारी कार्यविधि संहिता र दण्ड निर्धारण नीतिको मस्यौदा पुनरावलोकन कार्यदल (मस्यौदा सहितको प्रतिवेदन बुझाई हाल उक्त मस्यौदा विधयकको रुपमा व्यवस्थापिकामा विचाराधीन रहेको)
- सदस्य– सल्लाहकार समिति, बायान प्रकाशन, कराँची, पाकिस्तान
- संयोजक– सर्वोच्च अदालत स्वर्ण महोत्सव स्मारिका प्रकाशन समिति, २०६३
- कार्यकारी र्निदेशक– राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपाल, २००४
- संयोजक–Asia-Pacific Advisory Forum on Judicial Education on Equality Issues, New Delhi, 1999 and 2004 मा दुई अवधि कार्य गरेको
- सह–लेखक– नेपालको संवैधानिक कानून (२०५३), नेपालको संविधान र यसको विश्लेषण (२०५२)
- मस्यौदाकार– नेपाल अधिराज्यको संविधान, २०४७ को मस्यौदा लेखनमा संलग्न
अन्तर्राष्ट्रिय सहभागीता
- सान्द्रा डे ओ कनर स्कुल अफ ल, एरिजोना स्टेट युनिभरसिटी, अमेरिकामा “Judicial Activism: The Struggle for Transitional Justice in Nepal” विषयमा प्रवचन व्यक्त गरिएको ।(अमेरिका, सन् २०१४)
- दक्षिण कोरियाली संवैधानिक अदालतद्वारा आयोजित "Constitutional Justice and Social Integration" विषयमा संवैधानिक न्याय सम्बन्धी तेस्रो राष्ट्रिय विश्व सम्मेलनमा संलग्न भएको।(दक्षिण कोरिया, सन् २०१४)
- दक्षिण एसियाका न्यायाधीश, कानून व्यवसायी एवं प्राध्यापक सम्मिलित क्षेत्रीय सहयोग संगठन (सार्क ल) द्वारा आयोजित "Cultivating Restorative Justice Approach and Practices Across South Asia" विषयमा मूल वक्ताको रुपमा प्रवचन दिएको ।(काठमाडौं, सन् २०१४)
- महिलाको लागि संयुक्तराष्ट्रसंघ विकास कार्यक्रम (UNIFEM) द्वारा आयोजित "Possible Legal and Institutional Measures to Combat Violence Against Women" विषयमा मूल वक्ताको रुपमा प्रवचन दिएको ।(काठमाडौं, सन् २०१४)
- गणतान्त्रिक राज्य टर्कीको संवैधानिक अदालतद्वारा आयोजित "Protection of Social Rights by Constitutional Courts" विषयमा एशियाली संवैधानिक अदालत तथा समकक्षी अदालतहरुको संगठनको दोश्रो राष्ट्रिय सम्मेलनमा प्रवचन दिएको ।(टर्की, सन् २०१४)
- म्यानमारको सर्वोच्च अदालत तथा अन्तर्राष्ट्रिय कानूनवेत्ता आयोग (International Commission of Jurist) / संयुक्त राष्ट संघिय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित "Judicial Independence and Judicial Accountability" विषयमा स्रोत व्यक्तिको रुपमा सहभागी भै कार्यपत्र प्रस्तुत गरेको ।(म्यानमार, सन् २०१४)
- राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालद्वारा आयोजित दक्षिण एसियाली क्षेत्रका न्यायाधीश तथा न्यायिक प्रशिक्षकहरुको लागि आयोजित "Judicial Education and Enhancing Access to Justice" विषयको कार्यक्रममा मूल वक्ताको रुपमा प्रवचन दिएको । (काठमाडौं, सन् २०१३)
- सिंगापुरको सर्वोच्च अदालतद्वारा आयोजित एसिया तथा प्रशान्त क्षेत्रका प्रधान न्यायाधीशहरुको १५ औं सम्मेलनमा "Administratively Independent Judiciary" विषयमा टिप्पणी प्रस्तुत गरेको । (सिंगापुर, सन् २०१३)
- संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम न्यूयोर्कद्वारा आयोजित ""Global Dialogue on Rule of Law and the Post 2015 Development Agenda" कार्यक्रममा वक्तव्य प्रस्तुत गरेको ।(न्युयोर्क, अमेरिका, सन् २०१३)
- संयुक्त राष्ट्रसंघिय सहयोग कार्यक्रम (UNAIDS) द्वारा आयोजित "HIV, Human Rights and the Law in Asia and the Pacific" कार्यक्रममा वक्तव्य प्रस्तुत गरेको । (बैंकक, सन् २०१३)
- बेलायत–नेपाल अध्ययन परिषद् (Britain-Nepal Academic Council) को आयोजनामा Centre of South Asian Studies SOAS मा आयोजित "A Roundtable Discussion" कार्यक्रममा नेपालको संवैधानिक विकास सम्वन्धी वक्तव्य प्रस्तुत गरेको।(लन्डन, बेलायत, सन् २०१२)
- संयुक्त राष्ट्रसंघिय सहयोग कार्यक्रम (UNAIDS) द्वारा आयोजित "High Level Global Policy Consultation on the Science and Law of Criminalization of HIV Non-disclosure, Exposure and Transmission" कार्यक्रममा सहभागी भई मन्तव्य व्यक्त गरेको । (ओस्लो, नर्बे सन् २०१२)
- अन्तर्राष्ट्रिय सहयोग संस्था (Centre on International Cooperation) द्वारा आयोजित "High Level Panel Discussion" मा सहभागीता (न्युयोर्क विश्वविद्यालय, अमेरिका सन् २०१२)
- संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमद्वारा आयोजित High Level Panel Discussion on Strengthening the Rule of Law in Crisis Affected, Fragile and Countries in Transition" कार्यक्रममा मूल वक्ताको रुपमा प्रवचन व्यक्त गरिएको । (न्युयोर्क, अमेरिका, सन् २०१२)
- संयुक्त राष्ट्रसंघिय वातावरण कार्यक्रम (United Nations Environment Program) द्वारा आयोजित "First Preparatory Meeting of World Congress on Justice, Governance and Law for Environmental Sustainability" कार्यक्रममा सहभागी भै सत्रको अध्यक्षता गरेको। (क्वालालम्पुर, मलेसिया सन् २०११)
- युट्रेक विश्वविद्यालय (Utrecht University) द्वारा आयोजित "Human Rights and the Conflict" विषयमा वक्तव्य व्यक्त गरिएको (Utrecht University Netherlands, सन् २०१०)
- संयुक्त राष्ट्र संघको महासभामा कानूनी राज्य सम्वन्धमा संयुक्त राष्ट्र संघका महासचिवद्धारा प्रस्तुत गरिने प्रतिवेदनको तयारीको सिलसिलामा "High Level UN Consultation Meeting on National Perspectives on the Rule of Law Assistance" कार्यक्रममा सहभागी भएको। (न्यूयोर्क, अमेरिका सन् २०१०)
- जापानको कानून मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग विभागद्वारा आयोजित वार्षिक कार्यक्रममा कानूनी राज्य र अन्तर्राष्ट्रिय सहयोग विषयमा मूल वक्ताको रुपमा प्रवचन दिएको । (जापान सन् २००९)
- एसियाली महिला मानव अधिकार परिषद् [Asian Women's Human Rights Council (AWHRC)] तथा संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमद्वारा आयोजित "Asia-Pacific Women's Court on HIV, Inheritance and Property Rights: From dispossession to livelihood, security and safe spaces" कार्यक्रममा जुरी सदस्यको रुपमा सहभागी भएको (कोलम्बो, श्रीलंका सन् २००७)
- "Regional Judicial Colloquium on Anti-Human Trafficking Laws" कार्यक्रममा मूल मूल वक्ताको रुपमा प्रवचन दिएको ।(काठमाडौं, सन् २००५)
- स्वायम (Swayam) द्वारा आयोजित "Gender and Justice Program for High Court and District Court Judges" कार्यक्रममा मूल वक्ताको रुपमा प्रवचन दिएको । (कोलकाता, भारत सन् २००२)
- "South Asia-North America Conversation on Environmental Justice" कार्यक्रममा मूल वक्ताको रुपमा प्रवचन व्यक्त दिएको । (राजस्थान, भारत सन् २००१)
- "South Asian Regional Program on Anti-Trafficking Issues" कार्यक्रममा मूल वक्ताको रुपमा प्रवचन दिएको । (पुना, भारत)
- अमेरिका, फ्रान्स, बेल्जियम, बेलायत, भारत, पाकिस्तान, जर्मनी, फिलिपिन्स, इन्डोनेशिया, मलेसिया, हङ्गकङ्ग, जापान, दक्षिण कोरिया, स्पेन, इटलीमा रहेका सर्वोच्च अदालत तथा मातहतका अदालत व्यवस्थापन सम्बन्धी उत्तम अभ्यास (Best Practices) अवलोकन प्रयोजनको लागि विभिन्न मितिमा नेपाली भ्रमण दलको टोली नेतृत्व गर्दै त्यहाँका प्रधान न्यायाधीश, न्यायाधीश तथा प्रशासकीय प्रमुखहरुसंग अन्तरक्रिया गरिएको ।
भ्रमण गरिएका राष्ट्रहरुः
अमेरिका, मेक्सिको, अष्ट्रेलिया, दक्षिण अफ्रिका, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, नेदरल्याण्डस्, नर्बे, स्पेन, इटाली, जापान, फिलिपिन्स, सिंगापुर, मलेसिया, थाइल्याण्ड, माल्दिभ्स, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश, भारत, दक्षिण कोरिया, टर्की, म्यानमार आदि ।
पत्राचार गर्ने ठेगानाः
सर्वोच्च अदालत, रामशाहपथ काठमाडौं, नेपाल
पो.ब.नं. २०४३८
फोन नम्बरः +९७७-१-४२६२५४६
फ्याक्सः+९७७-१-४२६२७८७
ईमेल ठेगाना : kalyan.shrestha@supremecourt.gov.np, kalyanjee@gmail.com (Personal)
|