• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७२४ - जग्गा

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/07 ८३

 

अ.द.नं. ७२४-२०११,

दे./फौ.पु/रीट नं १२७/५९

नेपाल प्रधान न्यायालय सींङ्गल बेंच

ठा.नं ५१


नीवेदक प्रतेवादी पुर्व ४ नं जील्लै माझ कीरात थुम साना मझुवा मौजे कुडाक घाम्पां बस्ने जागीरधन राई

वीपक्ष वादी पुर्व ४ नं जील्लै माझकीरात मौजे वाछा सीमलबोटे बस्ने पद्मबहादुर राइ


मुदा जगा

इजलास

श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या

फैसला

येस्मा सीमलबोटे पाखो र अलैचे सीरान कैजलेस्मेतको जगा र सो बाहेकको जगास्मेत मेरा नाउमा दर्ता गरी पाउ भनी बीन्तीपत्र दीदा माझ किरातमा लमा प्रमां गै मुदा दायेर भै दर्ता गर्ने ठहराई फैसला भयेको पदंधोजले जगा खीचोलामा उजुर गर्दा धंकुटा अपीलबाट मैले जीतेको ९९ सालमा वीजं दर्ता र ५ सालमा ढुंगे बारीमा मुरी ।३।१५ कैजलेमा मुरी ।५।१० तखसीं जींमा मेरा नाउमा दर्ता भै ज्मैवीराइ नसकेकोमा छरेको धान कोदो गोड्न नदी प्रतेवादीले खीचोला गरेकोले खीचोला मेटाई मेरो हक सदर गरीपाउ भन्‍नेस्मेत पदम बहादुरको वादी,

मेरा बाजेबागदलले हातीरां राइसँग १९१४ सालमा रु. ६६ मा सोराना गाभीदीयेकोले बाबु बाजेका सेखपछी मैले भोगेको पछी वींज जाच र पानी हालीकै जलेढुंगे भन्‍ने नाउरही दर्ता तीरो भोग भयेको ९५ सालमा वीन्द्रमानसंग झगडा पर्दा १४ सालको सोरानी भीत्रको हांरो जगा ठहरी छीनीयेको ९९ सालमा मेरो नाउमा वीजं र ९४˟५ सालमा खेत पाथी ।।५ र ।।१० को २ कलं दर्ता भयेका मध्येको जगा हो वादीको दाबी नपुग्ने हुदा ढुंगेजले भन्‍ने जगा मेरै सदर गरी पाउस्मेत जागीर धनको प्रतेवादी,

साछी गुजार्न प्रतेवादीले नसकेको पद्मधोज स्मेत उपर नालेस गरी ९६ सालमा वादीले जीतेको वादीले वीजं र खेत दर्तागरेमा प्रतेवादीले उजुर गर्न नसकेको वादी प्रतेवादीका दर्ता जगा छुट्टाछुट्टै देखीयेको ढुंगेकैजले वादीका हकको षेत हो भनी वादीका २ जना साछीले बकेकोले वादीले जीती भोगेका ढुंगेकैजले जगामा प्रतेवादीले खीचोला गरेको ठहर्छ भनी ७।२।३२ गते ४ नंबर भोजपुर अदालतले फैसला गरेको,

सो इन्साफ मनासीब गरी ८।४।३० गते धनकुटा अपीलले फैसला गरेको,

सो इन्साफ दोहर्‍याइ ईन्साफ जाचगरी पाउ भन्‍ने जागीर धनले चडायेको बीन्तीपत्रमा मीसील झींकी इन्साफ जाच गरी अैं सवाल बमोजीं गर्नु भन्‍ने आदेस बमोजीं तारेखमा रहेको नीवेदक प्रतेवादी जागीरधन राइ र छलफलमा झीकीयेको वादी पदं बहादुरलाई राखी बुझदा हाल भयेका पछीको नकसामा झगडा परेको भन्‍ने जनीयेका जगामधे नकसा नं १२ को जगामा वादीको दर्ता भीडाई हेर्दा ढुंगे खोल्सीदेखी पुर्व रामबोलीका खेतदेखी उतर चीर्खुखोलाको पहरोदेखी दखीं ३ कील्ला वादीको खेत।३।१५ को दर्तामा मील्न आयेको पुर्व कील्ला दर्तामा रांबोलीकै खेत पुछारदेखी पसीं भन्‍ने लेखीयेको नकसाबाट पसीं कील्ला वादीले वीजं ।।४ को माटो ।३।१५ भीत्रको भनेको प्रतेवादीले वीजं ।।६ को भनेको झगडा परेकै पाखो जगा देखीन आयेपनी ३ कील्ला मीलेकै हुदा सोही १२ नं कै जगा वादीको खेत ।३।१५ दर्ताको सीध हुन आयेको र प्रतेवादीका दर्ताको जीत मानका खेत उतर चेपटे ढंगादखीं चुचे ढुंगा पसीं खखुवा खोलापुर्वको खेत ।।५ को जगा नक्सा नं ६ को जगामा भीडाई हेर्दा पुर्व कील्ला खखुवा खोला नमीलेपनी अरु ३ कील्ला मीलेकै हुदा सो नकसा नं ६ को जगा प्रतेवादी दर्ताको देखीन आयेकोबाट सो नक्सा नं १२ को झगडा परेको जगा वादीकै दर्ताको ठहर्न आयेको र अर्को वादीका खेत ।५।१० को दर्ता र नकसामा झगडा परेको नकसा २० को जगामा भीडाई हेर्दा पुर्व पैरो पसीं वादीले कागते भनेको प्रतेवादीले खोखाया भनेको खोलादेखी पुर्व प्रतेवादीले गल्ली भनेका ठाउदेखी दखीं प्रतेवादीकै कैदले खेतदेखी उतर येती ४ कील्ला भीत्रको झगडा परेको नकसा नं २० को जगामा वादीको दर्ता मील्न आयेको र सो पैरोदेखी पुर्व ढुंगे खोल्सीदेखी पसीं कालुगुरुंका खेतदेखी उतर ढुंगे खोल्सी र प्रतेवादीले गल्ती भंनेको ठाउदेखी दखीं येती ४ कील्ला भीत्र प्रतेवादीको खेत ।।१० को दर्ता मील्न आयेकोले नकसा नं ६।१७ को जगा प्रतेवादीका दर्ता कलं २ को जगा र नकसा नं १२।२० को वादीका कलं २ को दर्ता जगा छुट्टाछुट्टै देखीन आयेको वादीले दर्ता गरेका जगा मेरा सोरानी र फैसलाबाट जीतेका कील्ला भीत्रको मेरो जगा हो भन्‍ने प्रतेवादीको भनाईलाई नीजको सोरानी जगा भयेपनी वादीले ५ सालमा दर्ता गरी मोठ नंवरी भै सकेको टासमा म्याद भीत्र सो दर्ता बदर गरीपाउ भनी अैंनका म्याद भीत्र प्रतेवादीले उजुरगरी दर्ता बदर गराउन नसकेकोले वादीको दर्ता कायेमै हुनेहुदा सो नक्सा नं १२/२० को जगा वाडीले भोग चलं गर्न  पाउने ठहर्ने र सो बाहेक नकसामा झगडा जनीयेका नक्सा नं ८।९।२६ का जगा प्रतेवादीका सोरानीभीत्रको भन्‍ने तालुकदार दलजीत राइका लेखाइ र पेस भयेका १४ सालको सोरानी लेखत ९५ सालका फैसलास्मेतबाट देखीयेकोले सो जगा प्रतेवादी जागीर धनकै ठहर्ने हुदा माथी लेखीयेका ४ कील्ला भीत्रको नकसा नं ६ को जगा र तेसदेखी उतर चीर्खुखोलासम्मको जगा र माथी लेखीयेका ४ कील्ला भीत्रको नक्सा नं १७ को जगा र तेसदेखी उतर प्रतेवादीले गल्ली भनेका ठाउदेखी पनी उतर चीर्खु खोलासम्मको जगा भोग चलं गर्नु भनी प्रतेवादीलाइ र माथी लेखीयेका नक्सा नं १२।२० नंको कील्ला लेखीयेका ४ कील्ला लेखीयेका ४ कील्लाभीत्रको जगा भोगचलं गर्नु भनी वादीलाई सुनाई दीनु येसबाट कसैलाई केही गर्नु पर्दैन मीसील मीसील फाटमा बुझाईदीनु ।

 

 

  भैरवराज पंत

न्यायाधीस   

इती सम्वत् २०११ साल मार्ग ७ गते रोज २ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..