संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूले आज सम्माननीय प्रधान न्यायाधीशज्यूसँग शिष्टाचार भेट गरी बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सो अवसरमा उहाँहरुले अदालतको सेवाप्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने सम्बन्धमा सम्माननीयज्यूले लिएको लक्ष्य तथा कार्ययोजनाप्रति चासो व्यक्त गर्नुभएको थियो। उक्त भेटमा सम्माननीय प्रधान न्यायाधीशज्यूले समग्र न्यायपालिकाको सुदृढीकरण, सेवा प्रवाहमा सुधार, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा जनआस्था अभिवृद्धि आफ्नो कार्ययोजनामा स्पष्ट रूपमा समेटिएको बताउँदै उक्त कार्ययोजना कार्यान्वयनमा आफू पूर्णरूपमा क्रियाशील रहेको बताउनुभयो।
Recent Posts
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!