सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा २१ बुँदे निर्देशन जारी!
सम्माननीय प्रधान न्यायाधीशज्यूबाट न्यायपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, छरितो र विश्वसनीय बनाउने उद्देश्यले मातहत उच्च अदालत, इजलास तथा जिल्ला अदालतहरूलाई लक्षित गरी २१ बुँदे निर्देशन दिनुभएको छ। सो निर्देशनमा मुद्दा व्यवस्थापन सुधार, समयमै न्याय सम्पादन, सेवाग्राहीमैत्री वातावरण निर्माण, सुशासन तथा पारदर्शिता प्रवर्द्धन र सूचना प्रविधिमा आधारित अदालत (e-Court) प्रणालीको विस्तारमा विशेष जोड दिइएको छ। साथै, अनलाइन सेवा, डिजिटल अभिलेखीकरण तथा गुनासो सुनुवाइ संयन्त्रलाई सुदृढ गर्दै न्यायप्रति जनआस्था अभिवृद्धि गर्ने लक्ष्य समेत राखिएको छ।
Recent Posts
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!