सर्वोच्च अदालत नेपाल


सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

📅 २०८३/०२/२०

सर्वोच्च अदालत बार एशोशियनले आज नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश डा.श्री मनोजकुमार शर्माज्यू समक्ष बधाई तथा शुभकामना व्यक्त गर्नुको साथै सेवानिवृत्त पूर्व प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूको बिदाई तथा शुखद सेवानिवृत्त जीवनको कामना गर्यो।  सो क्रममा सम्माननीय प्रधान न्यायाधीशज्यूले न्याय निरुपणमा बेञ्च र बारको भूमिका पृथक् र कार्यप्रकृति फरक भए पनि दुवै एकअर्काका परिपूरक तथा अन्योन्याश्रित अंग रहेको बताउनुभयो। न्यायको सुनिश्चितता दुवैको साझा लक्ष्य भएकाले सुदृढ बार बिना सक्षम न्यायपालिका र सक्षम न्यायपालिका बिना सम्मानित कानून व्यवसायको परिकल्पना सम्भव नहुनेमा प्रकाश पार्नुभयो। न्यायिक प्रक्रियामा अनियमितता, बिचौलिया प्रभाव, अनुचित पहुँच, ढिलासुस्ती तथा अपारदर्शिताप्रति शून्य सहनशीलता आवश्यक रहेको र इमानदार, मर्यादित तथा पेशागत आचरणयुक्त कानून व्यवसायीको सहकार्यबाट मात्रै न्यायिक सुशासन सुदृढ हुने उहाँले उल्लेख गर्नुभयो।

Recent Posts

सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने कार्यको परीक्षण

📅 २०८३/०२/२५
Read More →

उच्च अदालत बार एशोसियसन, पाटनद्वारा शिष्टाचार भेट

📅 २०८३/०२/२२
Read More →

सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

📅 २०८३/०२/२०
Read More →

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट

📅 २०८३/०२/१९
Read More →

सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा २१ बुँदे निर्देशन जारी!

📅 २०८३/०२/१८
Read More →

राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!

📅 २०८३/०२/१३
Read More →

भक्तपुर जिल्ला अदालतबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

न्यायपालिका अधिकृत समाजबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

उच्च अदालत पाटनका पदाधिकारीद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूसँग भेट तथा अदालतको प्रगति प्रस्तुति

📅 २०८३/०२/१२
Read More →