सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
सर्वोच्च अदालत बार एशोशियनले आज नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश डा.श्री मनोजकुमार शर्माज्यू समक्ष बधाई तथा शुभकामना व्यक्त गर्नुको साथै सेवानिवृत्त पूर्व प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूको बिदाई तथा शुखद सेवानिवृत्त जीवनको कामना गर्यो। सो क्रममा सम्माननीय प्रधान न्यायाधीशज्यूले न्याय निरुपणमा बेञ्च र बारको भूमिका पृथक् र कार्यप्रकृति फरक भए पनि दुवै एकअर्काका परिपूरक तथा अन्योन्याश्रित अंग रहेको बताउनुभयो। न्यायको सुनिश्चितता दुवैको साझा लक्ष्य भएकाले सुदृढ बार बिना सक्षम न्यायपालिका र सक्षम न्यायपालिका बिना सम्मानित कानून व्यवसायको परिकल्पना सम्भव नहुनेमा प्रकाश पार्नुभयो। न्यायिक प्रक्रियामा अनियमितता, बिचौलिया प्रभाव, अनुचित पहुँच, ढिलासुस्ती तथा अपारदर्शिताप्रति शून्य सहनशीलता आवश्यक रहेको र इमानदार, मर्यादित तथा पेशागत आचरणयुक्त कानून व्यवसायीको सहकार्यबाट मात्रै न्यायिक सुशासन सुदृढ हुने उहाँले उल्लेख गर्नुभयो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!