उच्च अदालत बार एशोसियसन, पाटनद्वारा शिष्टाचार भेट
उच्च अदालत बार एशोसियसन, पाटन, ललितपुरका पदाधिकारीहरुले आज सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूसँग शिष्टाचार भेट गरी बधाई तथा शुभकामना प्रकट गर्यो। सो अवसरमा एशोसियसनका तर्फबाट न्यायलाई छिटो, छरितो, सुलभ र प्रभावकारी बनाउन सुझावहरु समेत प्रस्तुत गरिएको थियो। सम्माननीय प्रधान न्यायाधीशज्यूले सुझावहरु प्रति सकारात्मक रहँदै आफूले संसदीय सुनुवाई समितिसमक्ष पेस गरेको कार्ययोजनाको कार्यान्वयनमा प्रतिवद्ध रहेको र उक्त कार्ययोजना कार्यान्वयन हुँदा बारबाट प्रस्तुत सुझावहरुसमेत स्वतः सम्बोधन हुनेसमेत धारणा राख्दै यस कार्यमा बारका तर्फबाट पनि सकारात्मक सहयोगको अपेक्षा राखेको समेत जानकारी गराउनुभएको थियो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!