कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
मिति 2083/2/28 गते बिहीबार नेपाल बार एशोसिएसनद्वारा आयोजित कानून बाङ्गमय
शताब्दी पुरुष, विद्वान वरिष्ठतम् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद
भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा नेपाल बार एशोसिएसनको
निमन्त्रणामा सम्माननीय प्रधान न्यायाधीशज्यू प्रमुख अतिथिको रुपमा सरिक
हुनुभई श्री भण्डारीज्यूले कानून, न्याय, विधिको शासन, मानवअधिकार तथा
स्वतन्त्र, सक्षम, उत्तरदायी र पारदर्शी न्यायपालिकाको सुदृढीकरणमा
पुर्याउनुभएको योगदान अत्यन्त प्रशंसनीय, प्रेरणादायी र स्मरणीय रहेको
विचार व्यक्त गर्नुभयो। सो क्रममा उहाँले कानून बाङ्गमय शताब्दी पुरुषको
रूपमा सम्मानित हुनुभएका श्री कृष्णप्रसाद भण्डारीज्यूको सात दशकभन्दा लामो
कानूनी साधना, कानून व्यवसायको संस्थागत विकास, कानूनी शिक्षा तथा
अनुसन्धानको प्रवर्द्धन, कानून व्यवसायीहरूको क्षमता अभिवृद्धि, न्यायिक
मूल्यमान्यता र पेशागत नैतिकताको संरक्षण तथा नेपालको कानूनी बाङ्गमयलाई
समृद्ध बनाउन पुर्याउनुभएको योगदानको उच्च कदर गर्नुभएको थियो। साथै,
उहाँले श्री भण्डारीज्यूको ज्ञान, अनुभव, निष्ठा, आत्मअनुशासन तथा स्वस्थ
जीवनशैली भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोत रहने विश्वास व्यक्त
गर्नुभयो। उक्त कार्यक्रममा पूर्व प्रधान न्यायाधीश तथा पूर्व
प्रधानमन्त्री शुशिला कार्कीज्यू, पूर्व प्रधान न्यायाधीशज्यूहरू, सर्वोच्च
अदालतका न्यायाधीशज्यूहरू, न्याय परिषद्का सदस्यज्यूहरू,
महान्यायाधिवक्ताज्यू, पूर्व महान्यायाधीवक्ताज्यूहरु, न्यायाधीशज्यूहरू,
पूर्व न्यायाधीशज्यूहरु, नेपाल बार एशोसिएसनका पदाधिकारीहरू, वरिष्ठ
अधिवक्ताहरू, अधिवक्ताहरू तथा कानुन एवं न्याय क्षेत्रका विशिष्ट
व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!