काठमाडौँ जिल्ला अदालत बार एशोसियसनद्वारा शिष्टाचार भेट
आज सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूसँग काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका पदाधिकारीहरूले शिष्टाचार भेट गरी नवनियुक्त प्रधान न्यायाधीशज्यूलाई बधाई तथा सफल एवं उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा बार एशोसिएसनका पदाधिकारीहरूले काठमाडौं जिल्ला अदालतको भवन साँघुरो भएकाले अदालतबाट सम्पादित सेवाप्रवाहलाई थप प्रभावकारी, सहज तथा व्यवस्थित बनाउन उपयुक्त वैकल्पिक स्थानको व्यवस्था गर्न आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराउनुभयो। सो अवसरमा सम्माननीय प्रधान न्यायाधीशज्यूले शिष्टाचार भेटका लागि बार एशोसियसनप्रति आभार प्रकट गर्दै काठमाडौं जिल्ला अदालतबाट हुने सेवाप्रवाहलाई थप सेवाग्राहीमैत्री बनाउन तथा न्याय सम्पादनको गतिलाई अझ प्रभावकारी र तीव्र बनाउन आवश्यक विषयमा सबै सरोकारवालासँग परामर्श एवं छलफल गरिने बताउनुभयो। साथै, उपलब्ध स्रोत, साधन तथा कानूनी व्यवस्थाको परिधिभित्र रही सम्भव भएसम्मका सबै विकल्पहरू खुला राखेर आवश्यक निर्णय प्रक्रियालाई अगाडि बढाइने धारणा व्यक्त गर्नुभयो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!