सर्वोच्च अदालत नेपाल

                                                                                                                           न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति, २०८३ :: सर्वोच्च अदालतलगायत जुनसुकै अदालत तथा न्यायिक निकायमा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राही एवम् न्यायका उपभोक्ताहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन टोल फ्रि नम्बर १६६०-०१-३३३-५५ र इमेल ठेगाना gunasotocj@supremecourt.gov.np मा सम्पर्क गर्नुहोस् ।                                                                                                                                                                                                                                  

मातहत अदालतहरुसँग Online छलफल कार्यक्रम

📅 २०८३/०३/१०

सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूले मिति २०८३ असार १० गते बुधबार उच्च अदालत जनकपुर र मातहत अदालत, उच्च अदालत जनकपुर, राजविराज इजलास र मातहत अदालत तथा उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्ज र मातहत अदालतहरु गरी ११ अदालतहरुका माननीय न्यायाधीशज्यहरु, रजिष्ट्रार, स्रेस्तेदारलगायतसँग फरक मुद्दा व्यवस्थापन (DCM), वक्यौता मुद्दा न्यूनिकरण, मुद्दा व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा अनलाइन माध्यमबाट छलफल गर्नुभयो।
सहभागीहरुले अपेक्षित रुपमा मुद्दाको फर्छ्यौट हुन नसकेकोप्रति आत्मालोचना गर्दै DCM प्रणालीलाई पूर्णरुपमा प्रयोग गर्न नसकिएको, कानून व्यवसायीहरुलाई समेत यस बारेमा पर्याप्त रुपमा बुझाउन नसकिएको, तराईका जिल्लाहरुमा जनशक्तिको उच्च अभाव रहेको, तराईका जिल्लाहरूमा कर्मचारीलाई टिकाउनै कठिन रहेको, केही अदालतहरुको भौतिक अवस्थासमेत दयनीय रहेको, देवानी मुद्दामा नक्सामुचुल्कासमेतको कार्य समयमै हुन नसक्दा मुद्दा फर्छ्यौट हुन नसकेको लगायतका समस्याहरु राख्नुभएको थियो।
सर्वोच्च अदालत प्रशासनको तर्फबाट मुख्य रजिष्ट्रार श्री बिमल पौडेलज्यू र रजिष्ट्रार श्री भद्रकाली पोखरेलज्यूले तराईका जिल्लामा कर्मचारी व्यवस्थापन गर्न आफूँहरु प्रयासरत रहेको, भैरहेकै कामलाई DCM प्रणालीमा प्रविष्ट गर्ने गरेमा पनि यसको प्रभावकारीता बढ्ने, DCM User Manual प्रयोग गरेमा धेरै समस्याहरु समाधान हुने, बक्यौता मुद्दाको फर्छ्यौट दर दर्ता हुने दरभन्दा बढी हुनुपर्नेसमेत बताउनुभयो।
सर्वोच्च अदालतका माननीय न्यायाधीश एवम् अनुसन्धान तथा योजना समितिका सदस्य श्री टेकप्रसाद ढुङ्गानाज्यूको अध्यक्षता, सर्वोच्च अदालतका माननीय न्यायाधीश एवम् सूचना प्रविधि समितिका सदस्य श्री बालकृष्ण ढकालज्यूको विशेष आतिथ्यता र सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता सञ्चालित उक्त कार्यक्रममा  सम्माननीय प्रधान न्यायाधीशज्यूले २१ बुँदे निर्देशनको पालना गरिरहेकोमा विश्वस्त रहँदै अपेक्षाकृत नजिता प्राप्त नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो। DCM कार्यान्वयनमा बारको भूमिकालाई सहयोगिसिद्ध बनाउनको लागि मातहत सबै अदालतहरुले आ-आफ्नो तहबाट समन्वयन र सहकार्य गर्नुपर्ने निर्देश गर्दै बहसलाई Live Streaming  गर्ने कार्य सर्वोच्च अदालतमा परीक्षणकै क्रममा रहेको सन्दर्भमा केही अदालतहरुले सुरुवात नै गरिसकेको प्रति खुसी व्यक्तसमेत गर्नुभयो। संविधान बमोजिम न्याय प्रशासनको अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशमा रहने भएतापनि प्रत्येक जिम्मेवारीमा रहेका न्यायाधीश तथा कर्मचारीहरुले इमान्दारितापूर्वक जिम्मेवारी बहन गरेमा समग्र न्यायपालिकाको साख वृद्धि हुने धारणासमेत व्यक्त गर्नुभयो।
यस्तै, सम्माननीय प्रधान न्यायाधीशज्यूले असार ८ गते उच्च अदालत दिपायल र मातहत अदालत एवम् उच्च अदालत सुर्खेत र मातहत अदालतसँग तथा असार ९ गते उच्च अदालत तुलसीपुर र मातहत अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास र मातहत अदालत, उच्च अदालत पोखरा र मातहत अदालत तथा उच्च अदालत पोखरा बागलुङ इजलास र मातहत अदालतसँग अनलाई छलफल गर्नुभएको थियो।

Recent Posts

सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ

📅 २०८३/०५/२५
Read More →

सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन

📅 २०८३/०५/२५
Read More →

सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न

📅 २०८३/०५/२४
Read More →

जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी

📅 २०८३/०५/०८
Read More →

सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन

📅 २०८३/०५/०८
Read More →

श्रम अदालतका अध्यक्षद्वारा सपथ ग्रहण

📅 २०८३/०४/२६
Read More →

उच्च अदालतमा समेत आदेश सोही दिन प्रणालीमा प्रविष्टी

📅 २०८३/०४/१९
Read More →

माननीय न्यायाधीशज्यूहरुलाई सम्मान तथा विदाई

📅 २०८३/०४/१५
Read More →

नवनियुक्त प्रमुख निर्वाचन आयुक्तद्वारा सपथ ग्रहण

📅 २०८३/०४/१४
Read More →

गुरु पूर्णिमाका अवसरमा गुरुहरु सम्मानित

📅 २०८३/०४/१३
Read More →

इजलासको आदेश सोही दिन प्रणालीमा प्रविष्ट गर्ने व्यवस्थाको शुभारम्भ

📅 २०८३/०४/११
Read More →

सम्माननीय प्रधान न्यायाधीश नेतृत्वको भ्रमण दल स्वदेश फिर्ता

📅 २०८३/०४/११
Read More →

न्यायिक सु-स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

📅 २०८३/०४/१०
Read More →

विशेष अदालतका नव नियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

📅 २०८३/०४/०७
Read More →

संवैधानिक कानून व्यवसायी मञ्चद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/१८
Read More →

न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न

📅 २०८३/०३/१८
Read More →

अदालत र सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

📅 २०८३/०३/१२
Read More →

मातहत अदालतहरुसँग Online छलफल कार्यक्रम

📅 २०८३/०३/१०
Read More →

ललितपुर जिल्ला अदालत बार एशोसियसनद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/१०
Read More →

काठमाडौँ जिल्ला अदालत बार एशोसियसनद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/०२
Read More →

सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन

📅 २०८३/०२/३१
Read More →

कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता

📅 २०८३/०२/३०
Read More →

सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण

📅 २०८३/०२/२६
Read More →

सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने कार्यको परीक्षण

📅 २०८३/०२/२५
Read More →

उच्च अदालत बार एशोसियसन, पाटनद्वारा शिष्टाचार भेट

📅 २०८३/०२/२२
Read More →

सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

📅 २०८३/०२/२०
Read More →

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट

📅 २०८३/०२/१९
Read More →

सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा २१ बुँदे निर्देशन जारी!

📅 २०८३/०२/१८
Read More →

राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!

📅 २०८३/०२/१३
Read More →

भक्तपुर जिल्ला अदालतबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

न्यायपालिका अधिकृत समाजबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

उच्च अदालत पाटनका पदाधिकारीद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूसँग भेट तथा अदालतको प्रगति प्रस्तुति

📅 २०८३/०२/१२
Read More →