संवैधानिक कानून व्यवसायी मञ्चद्वारा शिष्टाचार भेट
मिति २०८३ असार १८ गते बिहिबार सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूसँग संवैधानिक कानून व्यवसायी मञ्चका पदाधिकारीहरुले शिष्टाचार भेट गरी नवनियुक्त प्रधान न्यायाधीशज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री कुमार रेग्मी समेतको उपस्थिति रहेको थियो । भेटघाटका क्रममा मञ्चमा आवद्ध कानून व्यवसायीहरुले संवैधानिक कानून तथा न्याय प्रशासनको क्षेत्रमा सम्माननीय प्रधान न्यायाधीशज्यूको सबल नेतृत्वमा नेपालको न्यायपालिकाको गरिमा, आस्था र ओज थप अभिवृद्धि हुने अपेक्षा राख्नुभयो ।
सम्मानीय प्रधान न्यायाधीशज्यूले बधाई तथा शुभकामनाप्रति कृतज्ञता प्रकट गर्दै आफू न्यायिक स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आफ्नो नियुक्ति नै संविधानको मर्मअनुरूप न्यायिक स्वतन्त्रता र जवाफदेहितालाई सम्बर्द्धन गर्न तथा संविधान र संविधानवादको संरक्षणका निम्ति भएको कुरालाई आफूले मुख्य मार्गदर्शनको रूपमा लिएको उल्लेख गर्नु हुँदै न्यायपालिकाको अक्षुण्णता तथा जनआस्था अभिबृद्धिको लागि न्यायपालिका भित्र र बाह्य सरोकारवालाहरुसँगको सकारात्मक सम्बन्ध निर्माणमा आफ्नो जोड रहने बताउनुभयो। सो क्रममा सुनवाईको प्रत्यक्ष प्रसारणको सवालमा उठेको जिज्ञाषामा न्यायपालिकामा न्यायिक सुशासन र पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यका साथ अदालतका गतिविधिलाई प्रत्यक्ष प्रसारण (Live Streaming) गर्ने पहल भएको र यसलाई व्यवस्थित नियमन गर्नको निम्ति आवश्यक अध्ययन भइरहेको समेत सम्माननीय प्रधान न्यायाधीशज्यूले जानकारी गराउनुभयो ।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!