विशेष अदालतका नव नियुक्त अध्यक्षद्वारा सपथ ग्रहण
विशेष अदालतको अध्यक्ष पदमा नियुक्त हुनु भएका माननीय न्यायाधीश श्री बासुदेव आचार्यज्यूले आज सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। न्याय परिषद्को मिति २०८३/०३/१२ को सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०४/०६ को निर्णयअनुसार विशेष अदालत ऐन, २०५९ को दफा ३ बमोजिम उहाँलाई विशेष अदालतको अध्यक्ष पदमा नियुक्त गरिएको हो। विशेष अदालत ऐन, २०५९ को दफा १३ बमोजिम माननीय न्यायाधीशज्यूले नेपालका प्रधान न्यायाधीश सम्माननीय डा. श्री मनोजकुमार शर्माज्यू समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भयो। उक्त कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशज्यू, माननीय न्यायाधीशज्यूहरू, न्याय परिषद्का सदस्यज्यूहरू, न्यायिक तथा प्रशासनिक क्षेत्रका उच्च पदस्थ अधिकारीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। शपथ ग्रहण कार्यक्रमका अवसरमा नव नियुक्त माननीय अध्यक्षज्यूलाई सम्माननीय प्रधान न्यायाधीशज्यू लगायत उपस्थित महानुभावहरुले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!