न्यायिक सु-स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०२६
न्यायिक क्षेत्रसँग सम्बन्धित जनशक्तिको मानसिक स्वास्थ्य, सन्तुलन र समग्र
कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले न्यायिक सुस्वास्थ्यका लागि
अन्तर्राष्ट्रिय दिवस, २०२६ को अवसरमा सर्वोच्च अदालतद्वारा आयोजित
कार्यक्रम सु-सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता सर्वोच्च
अदालतका माननीय न्यायाधीश श्री कुमार रेग्मीले गर्नु भएको थियो भने प्रमुख
अतिथिका रूपमा सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश
श्री सपना प्रधान मल्लज्यूको उपस्थिति रहेको थियो। कार्यक्रममा सर्वोच्च
अदालतका माननीय न्यायाधीशज्यूहरू, न्यायाधीश पत्नीज्यू, मुख्य रजिष्ट्रार,
रजिष्ट्रार लगायत न्यायिक तथा प्रशासनिक कर्मचारीहरूको उल्लेखनीय सहभागिता
रहेको थियो।
कार्यक्रममा सह-रजिष्ट्रार श्री बाबुराम दाहालले स्वागत
मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो
भने मुख्य रजिष्ट्रार श्री बिमल पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो।
प्रमुख वक्ताका रूपमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री बालकृष्ण
ढकालले न्यायिक कार्यसम्पादनमा मानसिक सुदृढताको महत्वबारे विशेष धारणा
राख्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्माननीय कायम
मुकायम प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूले न्याय सम्पादन
प्रक्रियामा संलग्न न्यायाधीश तथा कर्मचारीहरू मानसिक रूपमा सबल, सन्तुलित र
स्वच्छ हुनु अत्यन्त आवश्यक रहेकोमा जोड दिनु भएको थियो। भौतिक, कानूनी
तथा अन्य पूर्वाधारहरू पर्याप्त भए तापनि यदि न्यायिक जनशक्ति मानसिक रूपमा
अशान्त वा असन्तुलित अवस्थामा रहेमा प्रभावकारी र निष्पक्ष न्याय सम्पादन
सम्भव नहुने विषयमा उहाँहरूले विशेष रूपमा औंल्याउनु भएको थियो।
ओशो
तपोवनका ध्यान प्रशिक्षक तथा लेखक स्वामी आनन्द अरहत ले “Inner Balance,
Outer Justice: Nurturing Wellness in the Judiciary” विषयमा प्रवचन दिनु
भएको थियो। उहाँले आन्तरिक सन्तुलन र मानसिक स्वास्थ्यले न्यायिक कार्यको
गुणस्तरमा पार्ने सकारात्मक प्रभावबारे सहभागीहरूलाई मार्गदर्शन गर्नु भएको
थियो।
उक्त कार्यक्रमले न्यायिक क्षेत्रमा कार्यरत जनशक्तिको मानसिक
सुदृढता अभिवृद्धि गरी समग्र न्याय प्रणालीलाई अझ प्रभावकारी, उत्तरदायी र
निष्पक्ष बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिँदै कार्यक्रमको
अध्यक्ष माननीय न्यायाधीश श्री कुमार रेग्मीज्यूले समापन मन्तव्य
राख्नुभएको थियो। कार्यक्रममको सञ्चालन शाखा अधिकृत मनिता कार्कीज्यूले
गर्नुभएको थियो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!