गुरु पूर्णिमाका अवसरमा गुरुहरु सम्मानित
हिन्दू धर्मावलम्बीहरूले आषाढ शुक्ल पूर्णिमाको दिनमा मनाउने गुरु पूर्णिमाका अवसरमा सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूले गुरुहरुप्रति सम्मान गर्दै गुरु पूर्णिमा मनाउनुभएको छ। नेपालमा कानूनी शिक्षाको प्रभावकारिता र सुदृढिकरणसम्बन्धमा अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा प्राध्यापक श्री पवनकुमार ओझाज्यूको अध्यक्षतामा नेपाल बार काउन्सिलबाट गठित उच्चस्तरीय समितिले आज सर्वोच्च अदालतका माननीय न्यायाधीशहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सन्दर्भमा उक्त पर्व पनि मनाइएको हो। छलफलका क्रममा माननीय न्यायाधीशज्यूहरुले नेपालमा कानूनी शिक्षा अध्यापन गराउने विश्वविद्यालय तथा सो अन्तर्गतका शैक्षिक संस्थाहरु बढ्दै गएको तर अपेक्षाकृत रुपमा गुणस्तरीय र व्यवहारिक जनशक्तिको उत्पादन हुन नसकेको सन्दर्भ ईङ्गित गर्दै यसको नियमन र सुदृढिकरणका लागि नेपाल बार काउन्सिलले प्रभावकारी र सशक्त नियामकीय निकायका रुपमा आफूलाई स्थापित गर्नुपर्ने र सोको लागि कानूनी, संरचनागत तथा संस्थागत सुधार अपरिहार्य रहेको औल्याउनुभएको थियो।
सो छलफल कार्यक्रममा समितिका सदस्यहरु सर्वोच्चका अदालतका पूर्व न्यायाधीश तथा प्राध्यापक डाक्टर श्री भरतबहादुर कार्की, प्राध्यापक डाक्टर श्री अमरप्रसाद पन्त, प्राध्यापक श्री पूर्णमान शाक्यको समेत उपस्थिति रहेको थियो। यसैगरी नेपाल बार काउन्सिलका उपाध्यक्ष प्राध्यापक डाक्टर श्री विजय प्रसाद मिश्र, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री बिमल पौडेल, सर्वोच्च अदालतका रजिट्रार श्री भद्रकाली पोखरेल तथा सह-रजिष्ट्रारहरु, नेपाल बार काउन्सिलका सचिव श्री श्रीराम खनाल लगायत अन्य अधिकृत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।
Recent Posts
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!