उच्च अदालतमा समेत आदेश सोही दिन प्रणालीमा प्रविष्टी
न्यायपालिकालाई सूचना प्रविधिमा आधारित न्यायपालिका (e-Judiciary/e-Court) का रूपमा विकास गर्ने उद्देश्यअनुरूप अदालतका कार्यसम्पादनलाई क्रमशः विद्युतीय प्रणालीमा आबद्ध गर्ने अभियानअन्तर्गत मिति २०८३।०४।१९ देखी देशभरका सबै उच्च अदालत, इजलास तथा अस्थायी इजलासबाट भएका फैसला वा अन्तिम आदेशबाहेकका अन्य आदेशहरू सोही दिन यथासमयमा CMS प्रणालीमा प्रविष्ट गर्ने कार्य औपचारिक रूपमा प्रारम्भ भएको छ।
न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१-२०८६) तथा सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाइका क्रममा प्रस्तुत गर्नुभएको कार्ययोजनाअनुरूप न्यायिक सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री र उत्तरदायी बनाउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
यसअघि सर्वोच्च अदालतले मिति २०८३ साउन ११ गते देखि इजलासबाट भएका आदेशहरू सोही दिन यथासमय CMS प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था सफलतापूर्वक कार्यान्वयनमा ल्याइसकिएको छ। सर्वोच्च अदालतमा उक्त व्यवस्थाबाट प्राप्त सकारात्मक अनुभवका आधारमा आजदेखि सबै उच्च अदालत तथा अस्थायी इजलासहरूमा समेत सोही प्रणाली कार्यान्वयन गरिएको हो।
यस व्यवस्थाको कार्यान्वयनसँगै इजलासबाट भएका आदेशहरू तत्काल प्रणालीमा उपलब्ध हुने, मुद्दाको अद्यावधिक अवस्था वास्तविक समयमा अभिलेखीकरण हुने, न्यायिक सूचना व्यवस्थापन थप व्यवस्थित बन्ने तथा सेवाग्राहीले मुद्दाको अवस्थाबारे समयमै जानकारी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। यसबाट न्यायिक कार्यसम्पादनमा पारदर्शिता, उत्तरदायित्व, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहको प्रभावकारितामा समेत उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।
सूचना प्रविधिको अधिकतम उपयोगमार्फत न्यायिक प्रशासनलाई आधुनिक, प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउने न्यायपालिकाको अभियानलाई यस व्यवस्थाले थप सुदृढ बनाउने विश्वास लिइएको छ।
Recent Posts
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!