सर्वोच्च अदालत नेपाल

                                                                                                                           न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति, २०८३ :: सर्वोच्च अदालतलगायत जुनसुकै अदालत तथा न्यायिक निकायमा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राही एवम् न्यायका उपभोक्ताहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन टोल फ्रि नम्बर १६६०-०१-३३३-५५ र इमेल ठेगाना gunasotocj@supremecourt.gov.np मा सम्पर्क गर्नुहोस् ।                                                                                                                                                                                                                                  

जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी

📅 २०८३/०५/०८

न्यायपालिकालाई सूचना प्रविधिमा आधारित न्यायपालिका (e-Judiciary/e-Court) का रूपमा विकास गर्ने उद्देश्यअनुरूप अदालतका कार्यसम्पादनलाई क्रमशः विद्युतीय प्रणालीमा आबद्ध गर्ने अभियानअन्तर्गत मिति २०८३।०५।०८ देखी देशभरका सबै जिल्ला अदालतहरुबाट भएका फैसला वा अन्तिम आदेशबाहेकका अन्य आदेशहरू सोही दिन यथासमयमा CMS  प्रणालीमा प्रविष्ट गर्ने कार्य औपचारिक रूपमा प्रारम्भ भयो। न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१-२०८६) तथा सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाइका क्रममा प्रस्तुत गर्नुभएको कार्ययोजनाअनुरूप न्यायिक सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री र उत्तरदायी बनाउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
यसअघि सर्वोच्च अदालतले मिति २०८३ साउन ११ गते देखि र उच्च अदालत तथा इजलासहरुबाट मिति २०८३ साउन १९ देखि इजलासबाट भएका आदेशहरू सोही दिन यथासमय CMS प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था सफलतापूर्वक कार्यान्वयनमा ल्याइसकिएको छ। सर्वोच्च अदालत र उच्च अदालत तथा इजलासहरुमा उक्त व्यवस्थाबाट प्राप्त सकारात्मक अनुभवका आधारमा आजदेखि सबै सबै जिल्ला अदालतहरुमा  समेत सोही प्रणाली कार्यान्वयन गरिएको हो।
यस व्यवस्थाको कार्यान्वयनसँगै इजलासबाट भएका आदेशहरू तत्काल प्रणालीमा उपलब्ध हुने, मुद्दाको अद्यावधिक अवस्था वास्तविक समयमा अभिलेखीकरण हुने, न्यायिक सूचना व्यवस्थापन थप व्यवस्थित बन्ने तथा सेवाग्राहीले मुद्दाको अवस्थाबारे समयमै जानकारी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। यसबाट न्यायिक कार्यसम्पादनमा पारदर्शिता, उत्तरदायित्व, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहको प्रभावकारितामा समेत उल्लेखनीय सुधार आउनुको साथै सूचना प्रविधिको अधिकतम उपयोगमार्फत न्यायिक प्रशासनलाई आधुनिक, प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउने न्यायपालिकाको अभियानलाई यस व्यवस्थाले थप सुदृढ बनाउने विश्वास लिइएको छ।

Recent Posts

सम्माननीय प्रधान न्यायाधीश नेतृत्वको भ्रमण दल स्वदेश फिर्ता

📅 २०८३/०६/०८
Read More →

सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ

📅 २०८३/०५/२५
Read More →

सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन

📅 २०८३/०५/२५
Read More →

सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न

📅 २०८३/०५/२४
Read More →

जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी

📅 २०८३/०५/०८
Read More →

सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन

📅 २०८३/०५/०८
Read More →

श्रम अदालतका अध्यक्षद्वारा सपथ ग्रहण

📅 २०८३/०४/२६
Read More →

उच्च अदालतमा समेत आदेश सोही दिन प्रणालीमा प्रविष्टी

📅 २०८३/०४/१९
Read More →

माननीय न्यायाधीशज्यूहरुलाई सम्मान तथा विदाई

📅 २०८३/०४/१५
Read More →

नवनियुक्त प्रमुख निर्वाचन आयुक्तद्वारा सपथ ग्रहण

📅 २०८३/०४/१४
Read More →

गुरु पूर्णिमाका अवसरमा गुरुहरु सम्मानित

📅 २०८३/०४/१३
Read More →

इजलासको आदेश सोही दिन प्रणालीमा प्रविष्ट गर्ने व्यवस्थाको शुभारम्भ

📅 २०८३/०४/११
Read More →

सम्माननीय प्रधान न्यायाधीश नेतृत्वको भ्रमण दल स्वदेश फिर्ता

📅 २०८३/०४/११
Read More →

न्यायिक सु-स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

📅 २०८३/०४/१०
Read More →

विशेष अदालतका नव नियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

📅 २०८३/०४/०७
Read More →

संवैधानिक कानून व्यवसायी मञ्चद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/१८
Read More →

न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न

📅 २०८३/०३/१८
Read More →

अदालत र सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

📅 २०८३/०३/१२
Read More →

मातहत अदालतहरुसँग Online छलफल कार्यक्रम

📅 २०८३/०३/१०
Read More →

ललितपुर जिल्ला अदालत बार एशोसियसनद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/१०
Read More →

काठमाडौँ जिल्ला अदालत बार एशोसियसनद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/०२
Read More →

सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन

📅 २०८३/०२/३१
Read More →

कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता

📅 २०८३/०२/३०
Read More →

सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण

📅 २०८३/०२/२६
Read More →

सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने कार्यको परीक्षण

📅 २०८३/०२/२५
Read More →

उच्च अदालत बार एशोसियसन, पाटनद्वारा शिष्टाचार भेट

📅 २०८३/०२/२२
Read More →

सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

📅 २०८३/०२/२०
Read More →

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट

📅 २०८३/०२/१९
Read More →

सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा २१ बुँदे निर्देशन जारी!

📅 २०८३/०२/१८
Read More →

राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!

📅 २०८३/०२/१३
Read More →

भक्तपुर जिल्ला अदालतबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

न्यायपालिका अधिकृत समाजबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

उच्च अदालत पाटनका पदाधिकारीद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूसँग भेट तथा अदालतको प्रगति प्रस्तुति

📅 २०८३/०२/१२
Read More →