सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
मिति २०८३ साल भदौ २२ गते तदानुसार ६ सेप्टेम्बर २०२६ मा नेपालका सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यू तथा मित्रराष्ट्र संयुक्त अधिराज्यबाट नेपाल भ्रमणमा आउनुभएका संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधीश Lord Hamblen, Senior President of Tribunals Lord Justice Dingemans सम्मिलित प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट तथा द्विपक्षीय छलफल मिति सम्पन्न भएको छ। भेटघाटका क्रममा नेपाल र संयुक्त अधिराज्यबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेषतः दुवै देशका न्यायपालिकाबीचको मित्रवत् सम्बन्ध तथा नेपालका पूर्व प्रधान न्यायाधीशज्यूको सन् २०२५ मा भएको संयुक्त अधिराज्य भ्रमण तथा उक्त भ्रमणका क्रममा आदानप्रदान भएको Letter of Goodwill अनुरुप अझ दुई न्यायपालिका बीचको सम्बन्ध अझ सुदृढ गर्दै थप आपसी अनुभव, ज्ञान तथा न्यायिक अभ्यासको आदानप्रदानमार्फत सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो।
मिति २०८३/०५/२१ मा सर्वोच्च अदालत मार्फत “न्यायिक संवाद कार्यक्रम (Judicial Dialogue) प्रतिनिधिमण्डलको तर्फबाट संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधीश Lord Hamblen ले “Rule of Law for Prosperity and Economic development” सम्बन्धि विषय तथा Lord Justice Dingemans ले “Case Management: UK Experience” सम्बन्धी तथा मिति २०८३/०५/२२ मा Lord Justice Dingemans ले “Backlog Management: Administrative and Judicial Solutions ” विषयमा नेपालको न्याय प्रशासन सुधारको लागि उच्च महत्व राख्ने विषयमा मन्तव्य प्रदान गर्नुभएको ।यस भ्रमणले नेपाल र संयुक्त अधिराज्यका न्यायपालिकाबीचको सम्बन्धलाई थप नजिक ल्याउन महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा पनि यस्ता उच्चस्तरीय न्यायिक सम्पर्क तथा संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!