सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
न्यायपालिकालाई सूचना प्रविधिमा आधारित न्यायपालिका (e-Judiciary/e-Court) का रूपमा विकास गर्ने उद्देश्यअनुरूप न्यायिक सेवा प्रवाहलाई क्रमशः विद्युतीय प्रणालीमा आबद्ध गर्दै लैजाने अभियानअन्तर्गत सर्वोच्च अदालतबाट आजदेखि अदालती दस्तुरहरू QR Code मार्फत विद्युतीय रूपमा भुक्तानी गर्न सकिने सेवाको प्रारम्भ गरिएको छ। न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१–२०८६) तथा सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाइका क्रममा प्रस्तुत गर्नुभएको कार्ययोजनाअनुरूप न्यायिक सेवा प्रवाहलाई थप सरल, सहज, छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
यस व्यवस्थाको कार्यान्वयनसँगै अदालतमा बुझाउनुपर्ने तोकिएका अदालती दस्तुरहरू सेवाग्राहीले QR Code स्क्यान गरी आफ्नो मोबाइल बैंकिङ वा डिजिटल भुक्तानी माध्यमबाट सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। QR मार्फत अदालती दस्तुर भुक्तानीको व्यवस्थाले दस्तुर संकलन तथा अभिलेखीकरणलाई विद्युतीय प्रणालीमा व्यवस्थित गर्ने, भुक्तानी प्रक्रियामा हुने समय तथा प्रशासनिक झन्झट घटाउने, वित्तीय कारोबारमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने तथा सेवाग्राहीलाई छिटो र सहज न्यायिक सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
सूचना प्रविधिको अधिकतम उपयोगमार्फत न्यायिक प्रशासनलाई आधुनिक, प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा नागरिकमैत्री बनाउने न्यायपालिकाको अभियानअन्तर्गत प्रारम्भ गरिएको यस सेवाले न्यायालयबाट प्रवाह हुने सेवाहरूलाई क्रमशः डिजिटल रूपान्तरण गर्दै लैजाने प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!