सम्माननीय प्रधान न्यायाधीश नेतृत्वको भ्रमण दल स्वदेश फिर्ता
मित्रराष्ट्र जनगणतन्त्र चिनका सम्माननीय प्रधान न्यायाधीश His Excellency Mr. Zhang Jun ज्यूको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र चिनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यू नेतृत्वको भ्रमण दल मिति २०८३ असोज ८ गते (तदनुसार 24 September 2026) स्वदेश फिर्ता हुनुभएको छ। मिति २०८३ असोज ४ गते (तदनुसार 20 September 2026) चिनतर्फ प्रस्थान गर्नुभएका सम्माननीय प्रधान न्यायाधीशज्यूले भ्रमणका क्रममा चिनको सर्वोच्च जन अदालतको अवलोकन भ्रमण गर्नुका साथै महामहिम प्रधान न्यायाधीश श्री झाङ जुनसँग तदनुसार 23 September मा द्विपक्षीय शिष्टाचार भेटवार्तासमेत गर्नुभएको थियो। उक्त भेटवार्तामा नेपाल र चीनका सर्वोच्च अदालतबीच विद्यमान सौहार्दपूर्ण सम्बन्ध, न्यायिक सहयोग, अनुभव आदानप्रदान तथा संस्थागत सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। भ्रमणका क्रममा सम्माननीय प्रधान न्यायाधीशज्यूले China Law Society को व्यवस्थापन तथा Guangdong Law Society, Shenzhen Law Society र China Legal Exchange Foundation को संयुक्त आयोजनामा सम्पन्न भएको China Forum On International Legal Cooperation (2026) कार्यक्रममा समेत उपस्थिति जनाउनु भई Deepening International Legal Cooperation and Providing Legal Guarantees for Building a Global Community of Shared Future मूल Theme मा प्रमुख आतिथिको रुपमा आफ्नो मन्तव्य समेत थियो।
साथै, China Law Society को उक्त कार्यक्रमका दौरानमा सम्माननीय प्रधान न्यायाधीश समेतको प्रतिनिधि मण्डलले China Law Society का President H.E Chen Wenqing ज्यूसमेतको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। 22 September मा सम्पन्न उक्त द्विपक्षीय भेटवार्तामा नेपालका न्यायिक जनशक्तिलाई China Law Society लगायतका मञ्चहरुले अझ भढी तालिम लगायतका कार्यक्रममा सहभागिताका लागि बढी अवसर उपलब्ध गराउन सकेमा चिन र नेपाल बीचको नीजि अन्तर्राष्ट्रिय कानूनको परिपालना तथा व्यापार र वाणिज्य क्षेत्रसँग सम्बन्धित विषयहरुमा न्याय निरुपणमा प्रभावकारिता आउने विश्वास लिइएको थियो।
यस्तै, सम्माननीय प्रधान न्यायाधीशसमेतको नेपाली प्रतिनिधिमण्डलले Shenzhen International Court of Arbitration र प्रसिद्ध विद्युतिय गाडी निर्माता कम्पनी BYD (BuildYourDream) को कार्यालयसमेत अवलोकन गर्नुभएको थियो।
2४ September मा राजधानी बेइजिङस्थित प्रसिद्ध China University of Political Science and Law मा द्विपक्षीय भेटवार्ता समेत सम्पन्न भएको यस भ्रमणले नेपाल र मित्रराष्ट्र चिनका न्यायपालिकाबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ, गतिशील र उन्नत बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। विशेषतः न्यायिक अनुभव, उत्कृष्ट अभ्यासको आदानप्रदान, न्याय प्रशासनमा सूचना प्रविधिको उपयोग, संस्थागत क्षमता अभिवृद्धि तथा भावी सहकार्यका सम्भावनालाई थप विस्तार गर्ने दिशामा यो भ्रमण फलदायी रहेको छ। यसबाट दुवै देशका सर्वोच्च अदालतबीचको आपसी सम्बन्ध, व्यावसायिक सहकार्य तथा न्यायिक कूटनीतिलाई थप उचाइमा पुर्याउने आधार सुदृढ भएको अपेक्षा गरिएको छ।
उक्त भ्रमण दलमा सम्माननीय प्रधान न्यायाधीशज्यूकी धर्मपत्नी श्रीमती उमा शर्माज्यू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री बिमल पौडेलज्यू र निजी सचिव (उप-रजिष्ट्रार) श्री राजेन्द्र पौडेलको सहभागिता रहेको थियो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!