माननीय न्यायाधीश विनोद शर्माको विदाई
सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री विनोद शर्मा उमेर हदका कारण मिति २०८३ कात्तिक १७ गतेदेखि अनिवार्य अवकाशमा जानुहुने भएकाले उहाँको अवकाशका घडीमा हिजो मिति 2083 कार्तिक 16 गते सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा लगायतले सम्मानपूर्वक बिदाइ गर्नुभएको छ।
न्याय सेवामा लामो अनुभव हासिल गर्नुभएका माननीय शर्मा मिति २०८० भदौ ३१ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो। 2045 असार 8 मा शाखा अधिकृतको रुपमा न्याय सेवामा प्रवेश गरी विभिन्न तह र भूमिकामा रही जिम्मेवारी निर्वाह गर्नुभएका उहाँले आफ्नो कार्यकालमा न्याय सम्पादनप्रतिको प्रतिबद्धता, व्यावसायिक निष्ठा, कर्तव्यपरायणता र न्यायिक मर्यादाप्रतिको समर्पण प्रस्तुत गर्नुभएको छ।
उक्त समारोहमा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु तथा मुख्य रजिष्ट्रार लगायतका प्रशासनिक अधिकारीहरुको उपस्थिति रहेको थियो। सह-रजिष्ट्रार श्री श्रीलाल पौडेलले सञ्चालन गर्नुभएको उक्त विदाई कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय श्री शारङ्गा सुवेदी र श्री श्रीकान्त पौडेलले उहाँले नेपालको न्यायपालिकामा पुर्याउनुभएको योगदानको संस्मरणयुक्त मन्तव्य राख्नुभएको थियो। माननीय न्यायाधीश श्री विनोद शर्माले आफ्नो करिब ४ दशक लामो न्यायिक सेवाको संक्षिप्त स्मरण गर्दै यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहकर्मी न्यायाधीशहरु तथा कर्मचारीहरुप्रति आभार प्रकट गर्नुभएको थियो। यस्तै, सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माले आगामी दिनहरूमा पनि उहाँको ज्ञान, अनुभव र बौद्धिक मार्गदर्शन न्यायपालिका तथा राष्ट्रले प्राप्त गरिरहने शुभेच्छा व्यक्त गर्नुभएको थियो।
न्यायिक पदबाट अवकाश प्राप्त गरे पनि उहाँले न्यायपालिकामा पुर्याउनुभएको योगदान, प्रदर्शन गर्नुभएको उच्च व्यावसायिक आचरण न्यायपालिकाको लागि सदैव स्मरणीय एवं प्रेरणादायी रहनेछ। सर्वोच्च अदालत परिवार माननीय न्यायाधीश श्री विनोद शर्माको दीर्घकालीन न्यायिक सेवा तथा योगदानप्रति उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँको अवकाशपछिको जीवन सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु तथा पारिवारिक समृद्धिले परिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!