हाम्रो वारेमा
प्राकृतिक सुन्दरताले भरीपूर्ण रहेको यस भोजपुर जिल्लामा २ नगरपालिका
भोजपुर र षडानन्द तथा ७ गाउँपालिकाहरुमा टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद
गाउँपालिका,
आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउपालिका र सालपासिलिछो गाउँपालिका गरी जम्मा 9 स्थानीय तह रहेको छ।
यस भोजपुर जिल्ला समुन्द्री सतह देखि लगभग १५५ मिटर देखि 4153 मिटर उचाई भित्रमा अवस्थित रहेको छ।
भोजपुर जिल्लाको क्षेत्रफल 1507 वर्ग कि.मी. रहेको छ। भोजपुर जिल्ला नेपालको १ नंबर प्रदेश र नेपालको मध्यपूर्वमा पर्दछ।
उत्तरमा सङखुवासभा जिल्ला,पूर्वमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला र पश्चिममा खोटाङ जिल्ला रहेको छ।
विविध जनजातिले बसोबास गरेको यो जिल्लामा राई जातिहरूको उल्लेख्य बसोबास छ।
अन्य मुख्य जातिहरूमा क्षेत्री, ब्राह्मण, मगर, नेवार,तामाङ, शेर्पा आदी पर्दछन।भोजपुरका व्यापारिक महत्त्वका स्थानहरूमा भोजपुर बजार, दिङ्ला बजार,
घोरेटार, दाँवा बजार, कुलुङ बजार, च्याङ्ग्रे बजार,तिवारीभञ्ज्याङ्ग, चौकीडाँडा बजार, बालुवानी बेसी,फेदी, मानेडाँडा, चम्पे बजार, पाल्पाले बजार (जरायोटार),
प्याउलीबजार, चरम्बीबजार, बिहीबारे बजार (बोया), झ्याउँपोखरी बजार यसका साथै वर्ष दिनको पर्वमा लाग्ने शिवरात्री बजार हेलौछा, पखुवा बजार
( बोया भीरथाप्ला), फागू पूर्णिमा बजार स्वरेङ्ग र याङ्ग्वा खोलाको दोभान, बालाचतुर्दशी बजार दिङ्गला रहेका छन्।भोजपुरको खुकुरी, रुद्राक्ष,
अलैची, सुन्तला, खुर्सानी र अम्लिसोको मुख्य ब्यापार हुने बस्तुहरु पर्दछन्।
यस भोजपुर जिल्ला अदालत भोजपुर नगरपालिका वडा नं. ७मा जिल्ला प्रहारी कार्यालय भोजपुर संगै रहेको छ।