यस अदालतमा रहेको अभिलेख
अनुसार यस अदालतको ऐतिहासिक स्थिति हेर्दा पूर्व २ नम्वर दोलखाको नामले अदालतको
स्थापना भई डिट्ठा जहानसिंह थापा समेतका व्यक्तिहरु कार्यरत रहेको देखिन्छ । न्याय
प्रशासन ऐन,२०१६ अनुसार २०१६ सालमा पूर्व २ नं चरिकोट इलाका
अदालतको स्थापना भएको देखिन्छ । पछि २०१८।५।८ मा न्याय प्रशासन विविध व्यवस्थापन
ऐन प्रादुर्भाव भई २०२१
सालको संसोधन वमोजिम सो इलाका अदालत चरिकोट जिल्ला अदालतमा परिणत भएको देखिन्छ ।
न्याय प्रशासन ऐन, २०३१ आएपछि दोलखा जिल्ला अदालतका नामले स्थापना भएको देखिन्छ।
नेपालको संविधान(२०७२) तथा न्याय प्रशासन ऐन,२०४८ अनुसार प्रत्येक जिल्लामा एक
जिल्ला अदालत स्थापना हुने भन्ने व्यवस्था भए वमोजिम दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा
यस अदालतको स्थापना भै संचालनमा रहेको छ । हालसम्मका अभिलेख अनुसार यस अदालतमा कार्यरत
न्यायाधीशहरुको नामावली यस प्रकार रहेको छ ।