जिल्ला अदालत नियमावली, २०७५ को पहिलो संसोधन (नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।१२।३ मा प्रकाशित र मिति २०७७।४।१ देखि लागु) अनुसार अदालतमा मुद्दा दर्ता गर्दा वा प्रतिउत्तरपत्र वा लिखित जवाफ पेस गर्दा वा अभियुक्तको बयान गर्दा सम्बन्धित पक्षले आफ्नो विवरण भर्नु पर्ने कानुनी व्यवस्था हो ।
मुद्दामा जतिजना पक्षहरू छन् त्यति ओटा स्वघोषणा फाराम भर्नु पर्दछ । वारेसले मुद्दाका पक्षहरूको स्वघोषणा फाराम भर्नु पर्दछ । यदी स्वघोषणा फाराममा भरेको विवरण परिवर्तिन भएमा १५ दिनभित्र अदालतलाई जानकारी गराउनु पर्दछ ।
स्वघोषणा फाराममा उल्लिखित मोवाइल नम्बर र इमेलमा मुद्दाको पेसी चढाउँदा र मुद्दाको स्थिति जनाउँदा सन्देश (Message) स्वतः जाने हुँदा मुद्दाका पक्षहरूको मोवाइल नम्बर अनिवार्य पेस गर्नु पर्दछ ।