हाम्रो बारेमा
१. परिचयः-
नेपालको न्याय सम्वन्धि प्रयोग अदालत तथा न्यायिक निकायहरुबाट गरिन्छ। नेपालमा हाल तीन तहका अदालतहरु रहेका छन्। शुरु तहको अदालतको रुपमा प्रत्येक जिल्लामा एक-एक जिल्ला अदालत रहने व्यवस्था छ। त्यसमध्येको एक लमजुङ जिल्ला अदालत हो। २०२१ सालमा स्थापित यो अदालत १-१३-०-१ क्षेत्रफलमा फैलिएको छ।
२. अदालत भवन भित्रको संरचनागत अवस्था
२.१ अदालतको परिसर भित्र प्रवेश गर्ने वित्तिकै प्रवेशद्वारको दायाँपट्टि २ कोठे भवनमा एक सेवाग्राही विश्रामकक्ष र अर्कोमा सुचना तथा सहायताकक्ष रहेको छ। जहाँ एकैसाथ १५ जना सम्म सेवाग्राहीहरु बस्न मिल्छ।अदालतको दुई तला भएको मुख्य भवनसगै टाँसिएर रहेको छुट्टै भवनको तल्लो तलामा श्रेस्तेदारकक्ष र पालोपहरा कोठा रहेको छ।
२.२ श्रेस्तेदारको नेतृत्वमा रहेको श्रेस्तेदारको कार्यकक्षको दायाँ तर्फ अदालतको मुख्य भवनबाट भित्र प्रवेश गरेपछि भुई तलामा म्याद तामेली फाँट, दर्ता चलानी फाँट, फिराद फाँट, कम्प्युटर अपरेटर फाँट र मुद्दा फाँट रहेको छ भने सोबाट दायाँ तर्फ तहसिल शाखा, सुचना प्रविधी शाखा, पुस्तकालय शाखा, जिन्सी फाँट र केही अगाडी बढेपछि ईजलास रहेको छ।
२.३ दुई तला भएको भवनको माथिल्लो तलामा माननीय जिल्ला न्यायाधीशज्यूको चेम्वर, लेखा शाखा, फोटोकपी कक्ष र केही अगाडी अलग्गै रहेको चार कोठाहरु मध्ये एक कोठालाई जिन्सी स्टोर कोठा, एक कोठालाई माननीय जिल्ला न्यायाधीश ज्यूको अंगरक्षक र दुई कोठा अथिती कोठाको रुपमा प्रयोग गरिएको छ।
२.४ अदालत भवनको दक्षिण तर्फ रहेको छुट्टै एक तले भवन मध्ये १ कोठामा मेलमिलाप कक्ष र अर्को कोठालाई अभिलेख शाखाको रुपमा प्रयोग गरिएको छ।
अदालत भवनको दक्षिण तर्फ छुट्टै संरचना तयार गरी दुई वटा शौचालयको व्यवस्था गरिएको छ।
३. अदालतमा रहेका शाखा तथा फाँटहरु
यस अदालतमा विभिन्न शाखा तथा फाँट मार्फत देहाय बमोजिम सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको छ।
३.१ प्रशासन शाखा
श्रेस्तेदारको नेतृत्वमा रहने प्रशासन शाखा अन्तर्गत कर्मचारी प्रशासन फाँट, दायरी फाँट र दर्ता चलानी फाँट रहेका छन्।
३.२ तहसील शाखा (फैसला कार्यान्वयन)
तहसीलदारको नेतृत्वमा रहने यस शाखाबाट फैसला बमोजिम विगो भरी भराउ गर्ने, चलन चलाउने, बण्डा छुट्याउने कार्यका साथै दण्ड जरिवाना हुने गरी भएका फैसला बमोजिमको लगत कसी असूल फर्छ्यौट गर्ने कार्य समेत गरिन्छ।
३.३ मुद्दा शाखा
अदालतमा रहेको एउटा मुद्दा शाखाबाट मुद्दा पेशी चढाउने तथा आदेश कार्यान्वयन गर्ने गराउने र फैसला लेखनमा सहयोग पुर्याउने काम गरिन्छ।
३.४ अभिलेख शाखा
अदालतमा रहेको अभिलेख शाखाबाट सम्पूर्ण अभिलेख मिसिल सफ्टवेयरमा चढाई अभिलेख व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाइएको छ।
३.५ सूचना प्रविधी शाखा
श्रेस्तेदारको प्रत्यक्ष नियन्त्रणमा रहने सूचना प्रविधी शाखाबाट अदालतमा सूचना प्रविधीको प्रयोगलाई नियमित र व्यवस्थित गर्ने काम गरिन्छ।
४।
३.६ लेखा शाखा
अदालतका लागि विनियोजन भएको बजेटको पुर्ण सदुपयोग हुने गरी विनियोजित बजेट, राजश्व श्रेस्ता, नगद धरौटी अभिलेख समेतको सम्पूर्ण आर्थिक कारोवार तथा सोको लेखापरीक्षण र बेरुजु फर्छ्यौट समेतका कामहरु लेखा शाखाबाट सम्पादन गरिन्छ।
४. अदालतको दरवन्दी संरचना
यस अदालतमा १ जना न्यायाधीशको दरवन्दी रहेको छ। त्यसैगरी श्रेस्तेदार, तहसिलदार, नायव सुव्वा- ४, डिठ्ठा- ४, लेखापाल- १, सूचना प्रविधी सहायक- १, अमीन- १, टाइपिष्ट- १, तामेल्दार- ५ र कार्यालय सहयोगी- ६ गरी जम्मा २६ जना कर्मचारीको दरवन्दी रहेको छ।
५. सेवा प्रवाहका लागि गरिएका विशेष व्यवस्थाहरु