उत्तर:
पेसीसूची भनेको मुद्दाको सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मुद्दाहरूको तालिका हो । हरेक दिन इजलासमा पेस हुने गरी प्रकाशन हुने मुद्दाको सूचीलाई दैनिक पेसीसूची भनिन्छ । आगामी हप्ताभरी पेस हुने मुद्दाको एकमुष्ट सूचीलाई साप्ताहिक पेसीसूची भनिन्छ । दैनिक पेसीसूची हरेक बिहान १० बजेभित्र र साप्ताहिक पेसीसूची हरेक शुक्रबार प्रकाशन हुने गर्दछ । आफ्नो कानून व्यवसायीको सहयोगमा वा अदालतमा रहेको हेल्प डेस्कबाट पनि यसबारे जानकारी लिन सकिन्छ । यसलाई अदालतको सूचना पार्टी तथा वेवसाइटमा राखिएको हुन्छ ।
उत्तर:
अदालतको कार्य समय आइतबारदेखि विहिबारसम्म बिहान १०:०० देखि अपराह्न ५:०० सम्म र शुक्रबार बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म हुनेछ । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म हरेक बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म हुनेछ । सामान्यतया शनिबार तथा सार्वजनिक बिदाका दिनमा अदालत बन्द हुन्छ ।
उत्तर:
अदालतको पूर्वअनुमति लिई हरेक सर्वसाधारण अदालतमा घुम्न जान तथा बाहिरी परिसरको तस्विर लिन सक्छन् । अदालतभित्र रहेका सेवा र सुविधाहरू मुद्दाका पक्षहरू, न्यायाधीश, कानून व्यवसायी, कर्मचारीसहित सरोकारवालाहरूलाई मात्र लक्षित गरिएको हुनाले घुम्न आउने सर्वसाधारणले सामान्यतया यस्ता सेवा सुविधाहरूको प्रयोग गर्न सक्दैनन् ।
उत्तर:
मुद्दा मामिलाका रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्ने संवैधानिक दायित्व छ । म्याद तामेली, नाप नक्सा, सर्जमिन लगायत अदालतबाट भएका फैसला कार्यान्वयनमा खटिएका कर्मचारीलाई सहयोग गर्नु मुद्दाका पक्ष, कानून व्यवसायी, नागरिक समाज, प्रहरी प्रशासन, सरकारी कार्यालय, स्थानीय तहका प्रतिनिधि एवम् स्थानीय व्यक्तिलगायत सबै सरोकारवालाहरूको कर्तव्य हुनेछ ।
उत्तर:
प्यूठान जिल्ला अदालत मल्लरानी गाउँपालिकाको वडा नं-४ खलंगामा रहेको छ । प्यूठान जिल्ला अदालतलाई गुगलम्यापमा https://maps.app.goo.gl/AKGW1zgNcNCSpW2v6 भेट्न सकिन्छ । यसको ठेगाना https://supremecourt.gov.np/court/pyuthandc वेवसाइटमा पनि राखिएको छ । प्यूठान जिल्ला अदालतको स्थापना वि.स. २०२१ साल भएको हो ।
उत्तर:
आफैँले कानून व्यवसायी नियुक्त गर्न नसक्ने असहाय, अशक्त, नाबालक, आर्थिक रूपमा विपन्न वा थुनामा रहेका व्यक्तिलाई नि:शुल्क कानूनी सेवा उपलब्ध गराउन अदालतमा वैतनिक कानून व्यवसायी कार्यरत रहेका हुन्छन् । सेवाग्राहीले अदालतको कार्यसमयमा वैतनिक कानून व्यवसायीबाट लिखत तयार गर्न, वहस पैरवी गर्न, परामर्श गर्न, मुद्दाको प्रक्रियाका सम्बन्धमा जानकारी दिने जस्ता नि:शुल्क कानूनी सहायता प्राप्त गर्न सक्दछन् । उपर्युक्त प्रकारका सेवाग्राहीले अदालतमा मौखिक वा लिखित निवेदन गरी वा इजलासलाई यस्तो लागेमा त्यस्ता सेवाग्राहीहरूले मात्र वैतनिक कानून व्यवसायीको सेवा प्राप्त गर्न सक्छन । प्यूठान जिल्ला अदालतमा वैतनिक कानून व्यवसायीको रुपमा हाल विदुर मल्ल (मो.९८५७८३२४०३) कार्यरत हुनुहुन्छ ।