उत्तर:
आफैँले कानून व्यवसायी नियुक्त गर्न नसक्ने असहाय, अशक्त, नाबालक, आर्थिक रूपमा विपन्न वा थुनामा रहेका व्यक्तिलाई नि:शुल्क कानूनी सेवा उपलब्ध गराउन अदालतमा वैतनिक कानून व्यवसायी कार्यरत रहेका हुन्छन् । सेवाग्राहीले अदालतको कार्यसमयमा वैतनिक कानून व्यवसायीबाट लिखत तयार गर्न, वहस पैरवी गर्न, परामर्श गर्न, मुद्दाको प्रक्रियाका सम्बन्धमा जानकारी दिने जस्ता नि:शुल्क कानूनी सहायता प्राप्त गर्न सक्दछन् । उपर्युक्त प्रकारका सेवाग्राहीले अदालतमा मौखिक वा लिखित निवेदन गरी वा इजलासलाई यस्तो लागेमा त्यस्ता सेवाग्राहीहरूले मात्र वैतनिक कानून व्यवसायीको सेवा प्राप्त गर्न सक्छन
उत्तर:
तारिख भन्नाले मुद्दाका पक्षहरू अदालतमा हाजिर हुन आउने निर्धारित मिति हो । साधारण तारिख र पेसी तारिख गरी यी दुई प्रकारका हुन्छन् । मुद्दा सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मितिलाई पेसी तारिख भनिन्छ । यसलाई सामान्य बोलचालको भाषामा पेसी मात्रै भन्ने चलन पनि छ र पेसी तारिखबाहेकका अन्य जुनसुकै प्रयोजनका लागि अड्डा अदालतमा हाजिर हुनु पर्ने भनी तोकिएका सबै तारिखहरूलाई साधारण तारिख भनी बुझ्नुपर्छ । हाल अदालतले तारिखको सूचना तारिख पर्चाका अतिरिक्त उपलब्ध भएसम्म मुद्दाका पक्षहरूको मोबाइल नम्बरमा SMS गरी पठाउने गर्दछ ।
उत्तर:
मुद्दा मामिलाका रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्ने संवैधानिक दायित्व छ । म्याद तामेली, नाप नक्सा, सर्जमिन लगायत अदालतबाट भएका फैसला कार्यान्वयनमा खटिएका कर्मचारीलाई सहयोग गर्नु मुद्दाका पक्ष, कानून व्यवसायी, नागरिक समाज, प्रहरी प्रशासन, सरकारी कार्यालय, स्थानीय तहका प्रतिनिधि एवम् स्थानीय व्यक्तिलगायत सबै सरोकारवालाहरूको कर्तव्य हुनेछ ।
उत्तर:
नेपालको संविधान बमोजिम जिल्ला,उच्च र सर्वोच्च गरी जम्मा तीन तहका अदालत रहेका छन् ।
उत्तर:
अदालतको कार्य समय आइतबारदेखि विहिबारसम्म बिहान १०:०० देखि अपराह्न ५:०० सम्म र शुक्रबार बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म हुनेछ । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म हरेक बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म हुनेछ । सामान्यतया शनिबार तथा सार्वजनिक बिदाका दिनमा अदालत बन्द हुन्छ ।
उत्तर:
अदालतभित्र सहायता कक्ष (हेल्प डेस्क), बैंकिङ सेवा, सूचना कक्ष, खाजाघर तथा नि:शुल्क कानूनी सहायता (वैतनिक वकिल), पुस्तकालयलगायतका मुद्दा व्यवस्थापनसम्बन्धी नियमित काम कारवाहीका सेवा र सुविधाहरू उपलब्ध रहेका छन् । मुद्दासम्बन्धी सामान्य प्रकृतिका निवेदनका ढाँचाहरू (टेम्प्लेट) र सूचना जस्ता सुविधाहरू सर्वोच्च अदालतको वेवसाइटमा समेत सहजै उपलब्ध छन् । टेम्प्लेटहरू यहाँ क्लिक गरी भेट्न सकिन्छ । सर्वोच्च अदालतको मोबाइल एप्स डाउनलोड गरी सेवाग्राहीले सम्बन्धित मुद्दाका प्रक्रियागत विवरण लगायत वेवसाइटमा उपलब्ध सेवाहरू मोबाइलबाटै सहजै लिन सकिन्छ ।