हाम्रो बारेमा
मनोरम हिमश्रृखंला, उच्च पर्वतीय क्षेत्र, अनुपम जैवीक विविधता, जातजति, भेषभूषा, भाषाधर्म संस्कृति, रहन सहन आदिको विविधताले भरपूर विश्व मानव समुदायलाई रोमाञ्चक यात्रा, मनोरञ्जन दृश्यावलोकन, उच्च हिमाली भेगको पदयात्राको लागि विश्व विख्यात ठाउँको अतिरिक्त विश्व मानचित्रमा संसारको सबैभन्दा सर्वोच्च हिम चुचुरोको रुपमा रहेको सगरमाथा (Mt. Everest) लाई आफ्नो काखमा अवस्थित गराउन सक्ने जिल्लाको रुपमा रहेको सोलुखुम्बु जिल्ला अन्तर्गत सोलुदुधकुण्ड नगरपालिका वडा नं. 5 सल्लेरीमा सोलुखुम्बु जिल्ला अदालत रहेको छ। समुद्री सतहदेखि ६०० मिटरको उचाई देखि ८८४८ मिटर सम्मको उचाईमा रहेको सोलुखुम्बु जिल्ला २७०२०'49" उत्तरी अक्षांश देखि २८०६'2" उत्तरसम्म र ८६००'२१" पूर्वी देसान्तर देखि ८७00'1" पूर्वसम्म फैलिएर रहेको यस जिल्लामा समुन्द्री सतहदेखि २४०० मिटरको उचाईमा रहेको सल्लेरी स्थित सोलुखुम्बु जिल्ला अदालत उच्च हिमाली भेगमा पर्ने अदालतहरुमध्ये एक हो।
जिल्लाको नामका सम्बन्धमा शेर्पा भाषामा रहेको स्योर (बेसी) र खुम्बु (लेक) को स-मिश्रणबाट सोलुखुम्बु नामाकरण भएको भन्ने जनविश्वास छ। प्रशासनिक एवं भौगोलिक दृष्टिकोणबाट १ नम्बर प्रदेशमा रहेको सोलुखुम्बु देशको राजधानी काठमाण्डौबाट उत्तरपूर्वी दिशामा रहेको यस जिल्लामा स्थलमार्ग र हवाईमार्ग दुवै मार्गको पहुँच रहेको छ। उत्तरी भेग खुम्बु क्षेत्रमा अधिकांश समय हिमाली हावापानी र दक्षिणी भेगमा पहाडी हावापानी रहने यस जिल्लामा शेर्पा, राई, मगरसमेतका जनजातिको बाहुल्यता रहेको र अन्य जातिहरुकोसमेत बसोबास रहेको छ।
नेपालको संविधानले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी तीन तहका नियमित अदालत रहने व्यवस्था गरेको छ। अन्य निकाय वा अधिकारीले हेर्न पाउने गरी कानूनमा छुट्टै व्यवस्था गरिएको बाहेक प्रादेशिक रुपमा सोलुखुम्बु जिल्ला भित्र घट्ने घटना वा सृजना हुने विवादको सूरु कारवाही र किनारा गर्ने अधिकार सोलुखुम्बु जिल्ला अदालतलाई रहेको छ। २०२१ सालमा स्थापना भएको सोलुखुम्बु जिल्ला अदालतमा १ जना न्यायाधीशको इजलासबाट न्याय सम्पादन सम्बन्धी कार्य हुँदै आएको छ। यस अदालतमा न्यायाधीशको अतिरिक्त अन्य २६ जना कर्मचारीको दरबन्दी रहेकोमा पूर्ति भएसम्मका कर्मचारीहरुबाट सेवा प्रदान गरिदैं आएको छ। यस अदालतमा पर्ने मुद्दाहरुको अवस्था हेर्दा देवानी विषयमा सम्बन्ध विच्छेद र फौजदारी सन्दर्भमा यौन हिंसा सम्बन्धी अपराधका मुद्दाहरु बढी पर्ने गरेको देखिन्छ। मानव अधिकार एवं न्याय र कानूनका मान्य सिद्धान्तमा रहेर नागरिक अधिकारको संरक्षण गर्ने काममा यस सोलुखुम्बु जिल्ला अदालत प्रयत्नशील रहि आएको छ ।