प्रधान न्यायालय

न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राख्ने उद्देश्यले वि.सं. 1997 साल श्रावण १ गते प्रधानमन्त्री श्री ३ जुद्बशमशेरको पालामा एक सनद जारी भई नेपालमा प्रधान न्यायालयको स्थापना भएको थियो। सो सनद बमोजिम न्यायाधीश जनरलको निर्वाचन भई बहादुर शमशेर ज.ब.रा. न्यायाधीश जनरल पदमा निर्वाचित भएको पाईन्छ।

वि.सं. 2007 सालमा प्रजातन्त्रको स्थापना पश्चात प्रधान न्यायालय ऐन, 2008 जारी भई 2009 बैशाख 26 गते उक्त ऐनमा लालमोहर लागेको र 2009 पौष 8 गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको पाइन्छ। प्रधान न्यायालयको पहिलो प्रधान न्यायाधीशको रुपमा हरिप्रसाद प्रधान नियुक्त हुनु भएको थियो। पछि 2013 सालमा सर्वोच्च अदालत ऐन, 2013 जारी भई सर्वोच्च अदालत स्थापना भएको पाइन्छ। सर्वोच्च अदालत स्थापना भएपश्चातका फैसलाहरु वि.सं. 2015 साल देखि नेपाल कानून पत्रिकामा प्रकाशित हुने गरेको थियो। प्रधान न्यायालयबाट भएका फैसलाहरु हालसम्म प्रकाशित हुन सकेको थिएन। ती पुराना फैसलाहरु तत् समयको भाषामा लेखिएको र वर्तमान समयको लेख्य भाषाभन्दा निकै पृथक रहेकोले सहज रुपमा अध्ययन गर्न सकिने प्रकृतिका छैनन्। प्रधान न्यायालयबाट भएका फैसलाहरु सहज रुपमा अध्ययन गर्न सकिने बनाउन र अध्ययनकर्ताको फैसलाहरुमा पहुँच बढाउने उद्देश्यले सर्वोच्च अदालत सम्पादन तथा प्रकाशन शाखाको लामो प्रयत्‍न पश्चात ती फैसलाहरु बोधगम्य भाषामा उतार गरी वेबसाइटमा अपलोड गरिएको छ।

rome
amsterdam
istanbul
paris
london