उच्च अदालत पोखरा, बागलुङ इजलासको परिचय
गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्ला, बागलुङ बजारमा अवस्थित तत्कालीन पुनरावेदन अदालत बागलुङको स्थापना २०५३ साल बैशाख १ गते भएकोमा तत्कालीन धौलागिरि अञ्चल अदालत र बागलुङ जिल्ला अदालतको संयुक्त नाममा रहेको बागलुङ जिल्ला, बागलुङ नगरपालिका, वडा नं. २ कि.नं. ३७८ को क्षेत्रफल रोपनी ७-१५-०-३ को जग्गामा बनेको दुईतले भवनमा नेपालको संविधानको धारा १३९ अनुसार उच्च अदालत गठन भई उच्च अदालत पोखरा बागलुङ इजलासको २०७३ साल असोज देखि स्थापना भई सञ्चालन भई आएको छ । वि.सं. २०७२ साल वैशाख १२ गतेको भूकम्पले यस अदालतको भवनमा क्षति पुगी अदालतको कामकारबाही गर्न ज्यादै कठिनाई परी जस्ताको छाना भएको अस्थायी टहरा निर्माण गरी इजलास सञ्चालन भै काम कारवाही गरी आएको अवस्था रही सो भूकम्पबाट क्षति ग्रस्त जीर्ण भवनलाई भत्काई नयाँ भवन बनाउनु पर्ने टड्कारो आवश्यकता रहेको छ । यसै परिप्रेक्ष्यमा उच्च अदालत बागलुङ इजलासको नयाँ भवन निर्माणको लागि सर्वोच्च अदालत, योजना कार्यनवयन महाशाखाबाट यस आ.व.मा बजेट छुट्याइएको छ । अब नयाँ भवनको निर्माणको कार्य संघारमा आइपुगेको आशाप्रद अवस्था छ । यस अदालतले संविधान एवं कानूनले तोकिएबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका काम कारवाही गरी आइरहेको अवस्था विद्यमान छ ।