हाम्रो बारेमा
जिल्लाको पृष्ठभुमी :-
नेपाल राज्यको सबैभन्दा सानो जिल्लाको रुपमा रहेको
जिल्लाको सदरमुकाम भक्तपुरमा रहको यस जिल्ला अदालतको स्थापना वि.सं २००६ सालमा
भएको हो। अदालतको स्थापना कालदेखि हालसम्म यस अदालतले न्याय क्षेत्रमा ठुलो फड्को मारेको
छ। प्रारम्भमा १ जना न्यायाधीश मात्र रहेकोमा मुद्दाको संख्यामा आएको वढोतरी एवं
मुद्दाको प्रकृतिमा आएको विविधताको कारणले हाल ५ जना न्यायाधीशहरु कार्यरत रहेको
अवस्था छ।
न्यायाधीशहरुको बढोतरी सँगै यस जिल्ला अदालतमा
वर्षेनी मुद्दाको चाप बढ्दै गईरहेको छ। खासगरी घर,जग्गा,अंश, सम्पत्ति लेनदेन हककायम जस्ता सम्पत्ति सम्बन्धी
मुद्दाहरु बढी दर्ता हुन आउने गरेको छ ।यसरी मुद्दाको चाप बढ्दै जानु समाज र
परिवारको लागि उचित हुँदैन ।मानिसहरुमा आपसी असमझदारी सामान्य विवाद आदिका कारण
समाजमा विभिन्न प्रकारका अपराधजन्य क्रियाकलाप बढ्दै जान्छ र त्यसले गर्दा शान्ति
सुरक्षा कायम गर्न पनि कठिन हुन्छ ।विवादको छिनोफानो अदालतले गर्ने भएमा पनि त्यो
दिगो समाधान भने होईन ।अत: मेलमिलाप नै उपयुक्त समाधान भएकोले यस जिल्ला अदालतले
सकेसम्म मेलमिलाप गराउने उद्देश्यले मेलमिलापको लागि पहल गर्दै आएको छ ।यसै
कुरालाई मध्यनजर गर्दै मेलमिलाप सम्बन्धि जनचेतना दिन र सरोकारवाला सबैमा यसको
महत्व बारे बुझाउन सान्दर्भिक हुने महसुस गर्दै यो प्रस्तावना तयार गरिएको हो । हाल यस अदालतमा कूल ६९ जना कर्मचारी कार्यरत छन् । जसमध्ये २ जना कर्मचारी
मेलमिलाप शाखामा रहेका छन ।साथै ३९जना मेलमिलाप कर्ताहरुले मेलमिलापको सेवा प्रदान
गर्दै आएका छन । भक्तपुर जिल्ला अदालतले यस अदालतमा कार्यरत मेलमिलाप
शाखाका कर्मचारी मुद्दा फाँटका कर्मचारी मेलमिलापको प्रक्रियामा रहेका मुद्दाका
पक्षहरु तथा मेलमिलाप कर्ताहरुलाई आफ्नो कार्यप्रति थप दक्ष बनाउन १ (एक) दिने मेलमिलापको
महत्व सम्वन्धी तालिमको अवधारणा अघि सारेको
छ।