हाम्रो वारेमा
नेपालको संविधान २०७२
को धारा १५१ (१) वमोजिम गुल्मी जिल्ला अदालत शुरु तहको मुद्दा हेर्ने अदालत हो । प्रचलित
कानूनमा अन्यथा व्यवस्था भएकोमा वाहेक यस अदालतलाई
आफ्नो क्षेत्र भित्रको सवै मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार रहेको छ । यस अदालतलाई आफ्नो
अधिकार क्षेत्रभित्रका अर्धन्यायिक निकायले गरेको निर्णय उपर कानुन बमोजिम
पुनरावेदन सुन्ने¸ प्रदेश कानुन बमोजिम
गठित स्थानिय स्तरका न्यायिक निकायले गरेको निर्णय उपर पुनरावेदन सुन्ने¸ आफ्नो क्षेत्रभित्र कुनै निकाय वा अधिकारीले
कुनै व्यक्तिको कानूनप्रदत्त हकमा आघात पुर्याएमा सो हक प्रचलनको लागि
आवश्यकतानुसार बन्दीप्रत्यक्षीकरण वा निषेधाज्ञाको आदेश जारी गर्ने अधिकार समेत
रहेको छ ।
गुल्मी जिल्ला अदालत तमघास वजारको वीच भागमा पर्ने
चिदीचौरको दक्षिण जिल्ला प्रहरी कार्यालय गुल्मीको पश्चिम तर्फ अवस्थित छ ।
नेपालको समग्र न्यायपालिकाको इतिहास संगै गुल्मीको न्यायपालिकाको स्थिति हेर्दा¸बि.सं १९८१ साल देखिनै अदालत अस्तित्वमा रहेको देखिन्छ। तत्कालीन अवस्थामा डिठ्ठाबाट मुद्दा हेरिदै आएको गुल्मीको अदालतमा २०१३ साल पश्चात् मुद्दा हेर्न न्यायाधीशलाइ पठाउने ब्यबस्था गरियो।पहिलो न्यायाधीशका रुपमा २०१७ सालबाट भुवनेश्वर प्रसाद दैवज्ञ्य आएको देखिन्छ । यसरी नेपालको प्रादेशिक विभाजन हुँदा समेत अर्घाखाँची जिल्ला अन्तर्गत पर्ने मुद्धा समेत गुल्मीले नै हेर्दै आएको थियो । अदालतको नाम अर्घाखाँची तथा गुल्मी इस्मा जिल्ला अदालत लामो नाम कायम रहेको थियो । यसरी २०१८ सालमा जिल्लाहरु विभाजन हुँदा अर्घाखाँची जिल्लाको समेत न्यायिक काम गुल्मीबाटै हेरिदै आएको थियो। २०३४ सालमा गुल्मी र अर्घाखाँची छुट्टा छुट्टै जिल्ला अदालत कायम गरिएको थियो । २०३४ सालमा अर्घाखाँची जिल्ला अर्न्तगतका सबै मुद्दा अर्घाखाँची जिल्ला अदालतमा सरि गुल्मी जिल्लाको क्षेत्र अर्न्तगतका मुद्दा मात्रै यस अदालतबाट हेर्न थालियो । यस गुल्मी जिल्ला अदालतमा २०३४ सालमा प्रथम जिल्ला न्यायाधीशको रुपमा श्री जितबहादुर कार्की. रहेको अभिलेखबाट देखिन्छ भने हाल सम्म २२ जना जिल्ला न्यायाधीशहरुले सेवा गर्नु भएको छ ।