उत्तर:
नेपालको संविधान बमोजिम जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी जम्मा तीन तहका अदालत रहेका छन् ।
उत्तर:
आफैँले कानून व्यवसायी नियुक्त गर्न नसक्ने असहाय, अशक्त, नाबालक, आर्थिक रूपमा विपन्न वा थुनामा रहेका व्यक्तिलाई नि:शुल्क कानूनी सेवा उपलब्ध गराउन अदालतमा वैतनिक कानून व्यवसायी कार्यरत रहेका हुन्छन् । सेवाग्राहीले अदालतको कार्यसमयमा वैतनिक कानून व्यवसायीबाट लिखत तयार गर्न, वहस पैरवी गर्न, परामर्श गर्न, मुद्दाको प्रक्रियाका सम्बन्धमा जानकारी दिने जस्ता नि:शुल्क कानूनी सहायता प्राप्त गर्न सक्दछन् । उपर्युक्त प्रकारका सेवाग्राहीले अदालतमा मौखिक वा लिखित निवेदन गरी वा इजलासलाई यस्तो लागेमा त्यस्ता सेवाग्राहीहरूले मात्र वैतनिक कानून व्यवसायीको सेवा प्राप्त गर्न सक्छन ।
उत्तर:
तारिख भन्नाले मुद्दाका पक्षहरू अदालतमा हाजिर हुन आउने निर्धारित मिति हो । साधारण तारिख र पेसी तारिख गरी यी दुई प्रकारका हुन्छन् । मुद्दा सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मितिलाई पेसी तारिख भनिन्छ । यसलाई सामान्य बोलचालको भाषामा पेसी मात्रै भन्ने चलन पनि छ र पेसी तारिखबाहेकका अन्य जुनसुकै प्रयोजनका लागि अड्डा अदालतमा हाजिर हुनु पर्ने भनी तोकिएका सबै तारिखहरूलाई साधारण तारिख भनी बुझ्नुपर्छ । हाल अदालतले तारिखको सूचना तारिख पर्चाका अतिरिक्त उपलब्ध भएसम्म मुद्दाका पक्षहरूको मोबाइल नम्बरमा SMS गरी पठाउने गर्दछ ।
उत्तर:
पेसीसूची भनेको मुद्दाको सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मुद्दाहरूको तालिका हो । हरेक दिन इजलासमा पेस हुने गरी प्रकाशन हुने मुद्दाको सूचीलाई दैनिक पेसीसूची भनिन्छ । आगामी हप्ताभरी पेस हुने मुद्दाको एकमुष्ट सूचीलाई साप्ताहिक पेसीसूची भनिन्छ । दैनिक पेसीसूची हरेक बिहान १० बजेभित्र र साप्ताहिक पेसीसूची हरेक शुक्रबार प्रकाशन हुने गर्दछ । आफ्नो कानून व्यवसायीको सहयोगमा वा सर्वोच्च अदालतमा रहेको हेल्प डेस्कबाट पनि यसबारे जानकारी लिन सकिन्छ । यसलाई सर्वोच्च अदालतको सूचना पार्टी तथा वेवसाइटमा राखिएको हुन्छ ।
उत्तर:
इजलास भन्नाले न्यायाधीशले मुद्दा सुनुवाइ गर्ने अर्थात् न्याय सम्पादन हुने स्थान विशेषलाई बुझाउँछ । यो शब्दले संवैधानिक इजलास, बृहत् पूर्ण इजलास, पूर्ण इजलास, संयुक्त इजलास वा एक न्यायाधीशको इजलाससमेतलाई जनाउँछ । तोकिएको मर्यादामा रही न्याय सम्पादनमा सहयोग गर्नु इजलास अनुशासन हो । इजलासको मर्यादा कायम गर्नु कानून व्यवसायी, इजलास अधिकृत, मुद्दाका पक्षहरू, सुरक्षाकर्मी, कर्मचारीलगायत सम्बद्ध सबै सरोकारवालाहरूको साझा दायित्व हुन्छ । बन्द इजलासबाट हुनुपर्ने बाहेकका कामकारवाहीहरू खुला इजलासबाटै सम्पन्न गरिन्छ ।
उत्तर:
अदालतका कामकारवाही र सेवा प्रवाहमा थप सुधार गर्ने उद्देश्यले आफ्ना सेवाग्राहीको सन्तुष्टी मापन गर्ने अनुसन्धानको औजार नै सेवाग्राही सर्भेक्षण प्रश्नावली हो । यसबाट प्राप्त सुझाव र टिप्पणीमा आधारित भई विद्यमान सेवा प्रवाहको स्वमूल्याङ्कन गर्नु र यसलाई थप परिस्कृत गर्ने सन्दर्भमा व्यवस्थापकीय सक्षमता उन्नत गर्दै अदालतप्रतिको जनआस्था अभिवृद्धि गर्नु यसको उद्देश्य हो । यो प्रश्नावली अदालतभित्रै रहेको सहायता कक्ष (हेल्पडेस्क) मा सहजै उपलब्ध छ । सेवाग्राहीले आफैँले भर्न वा आवश्यकताअनुसार कार्यरत कर्मचारीको सहयोग लिन सक्छन् ।