हाम्रो बारेमा
सिन्धुली जिल्ला अदालतको ऐतिहासिक
पृष्ठभूमि
नेपाल राज्यको प्रादेशिक संरचना सात प्रदेशहरुमा बर्गिकरण भए अनुसार प्रदेश नं. ३ अन्तर्गतको उच्च अदालत पाटन क्षेत्रभित्र पर्ने जिल्लाहरुमा दक्षिण पूर्व तर्फ रहेको सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा सिन्धुली जिल्ला अदालत अवस्थिति रहेको छ । ऐतिहासिक सिन्धुलीगडी तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध सिद्दबाबा तथा कमलामाई मन्दिर यस जिल्लामा अवस्थित छ । सिन्धुली जिल्लाको नामाकरण प्राचिन कालमा सिन्धुल राजाले राज्य गरेको आधारमा अपभ्रम्स भई सिन्धुली रहन गएको हो भने अर्का थरिको भनाईमा प्रख्यात शिद्धबाबा मन्दिर समुन्द्र सतहबाट १०७७ मिटरको उचाईमा र सदरमुकाम बाट ११ कि.मि. को दुरिमा रहेको हुदा मन्दिर वरिपरिको क्षेत्रलाई शिद्धस्थली भनेर पुकारा गरिन्छ । सिद्धस्थलि भन्ने शब्द नै अपभ्रम्श भई सिन्धुली भएको भन्ने भनाई रहेको छ । यस अतिरिक्त सिन्धुली जिल्लामा प्रसिद्ध कुशेश्वर महादेव दुम्जामा ऐतिहासिक संस्कृत पाठशाला पनि रहेको छ । सिन्धुली जिल्ला महोत्तरी जिल्ला बर्दिबासबाट ऊत्तर पश्चिम ३७ कि.मि. र काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट १५० कि.मि. को दुरिमा रहेको छ । यस जिल्लाका छिमेकी जिल्लाहरु १० वटा र भित्रि मधेसका ७ वटा जिल्ला मध्ये सिन्धुली एक जिल्ला हो । यसमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र, र प्रदेश सभामा ४ वटा निर्वाचन क्षेत्र रहेका र स्थानीय तह ९ वटा मध्ये गा.पा. ७ र न.पा. २ वटा रहेका छन् । दक्षिणमा तराईदेखि उत्तरमा महाभारत पर्वतसम्म फैलिएको समुन्द्र सतहबाट १६८ मिटर देखि २७९७ मिटरको उचाई अवस्थित छ । नेपालको मानचित्रमा २६ डिग्री ५५ मिनेट देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षाम्स र ८५ डिग्री १५ मिनेट देखि ८६ डिग्री २५ मिनेट पुर्वि देशान्तरका बिचमा रहेको छ ।
पुरानो अभिलेखहरु केलाउँदा वि.सं. २०१६ सालमा सिन्धुलीगडिमा ईलाका अदालत हूँदै, २०२१ साल देखि जिल्ला अदालतको स्वरुपमा परिवर्तन भई सिन्धुलिमाडिमा यस अदालतको हाल आफ्नै भवन रहेको छ ।
हाम्रा सेवाहरु ·
सिन्धुली जिल्ला अदालतमा बहाल रहनु भएका न्यायाधीश ज्युहरु र श्रेष्तेदार ज्यूहरुको हालसम्मको नामावली हेर्नको लागि तल दिईएको link click गर्नुहोला ।
https://supremecourt.gov.np/court/public/media/2023_08/49a6dde68451a3e032a06446dd655ab8.pdf

- कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आफ्नो भौगोलिक क्षेत्र भित्रका सवै मुद्दामा सुरू कारवाही र किनारा गर्ने
- बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने
- निषेधाज्ञाको निवेदन सुनुवाई गर्ने
- अर्धन्यायिक निकाय (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, न्यायिक समिति, वन कार्यालय, गुठी संस्थान आदि) ले गरेको निर्णय उपरको पुनरावेदन सुन्ने
- असक्षम एवं असहाय पक्षलाई वैतनिक कानून व्यवसायी उपलव्ध गराउने
- फैसला कार्यान्वयन गर्ने
- मेलमिलाप गराउनेः दर्ता भएका र मिलापत्र हुनसक्ने मुद्दामा मेलमिलाप केन्द्रमा पठाई मेलमिलाप गराउने
- दर्ताद्वारा विवाह गराउने (Court Marriage)
- संरक्षक नियुक्त गर्ने
- माथवर नियुक्त गर्ने
- धर्म पुत्र/धर्म पुत्री राख्न अनुमति दिने
- अधिकृत वारेसनामा प्रमाणित गर्ने
- मृत्युको न्यायिक घोषणा गर्ने
- दामासाहीको घोषणा गर्ने
- गुठीको सञ्चालक नियुक्त गर्ने
- परामर्श सेवा प्रदान गर्न
- विशेष प्रकारका निवेदनका फारमहरू निशुल्क उपलब्ध गराउने आदि।