उत्तर:
विशेष अदालत ऐन, २०५९ को दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास किसिमका मुद्दाको कारवाही र किनारा छिटो, छरितो तथा प्रभावकारी ढंगले गराउन न्याय परिषदको परामर्शमा आवश्यक सदस्य रहेको विशेष अदालतको गठन गर्न सक्ने व्यवस्था अनुसार मिति २०५९ साल भाद्र ६ गते विशेष अदालत काठमाडौंको स्थापना भएको हो। यो काठमाडौं जिल्लास्थित बबरमहलमा रहेको छ।
उत्तर:
विशेष अदालत ऐन, २०५९ को दफा ६ बमोजिम यस खास किसिमका मुद्दाको सुरू कारवाही र किनारा गर्ने क्षेत्राधिकार रहेको छ। यस अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएका भ्रष्टाचारसम्बन्धी मुद्दाहरू (घुस/रिसवत, राजश्व चुहावट, अनियमितता, रकम हिनामिना, गैरकानूनी सम्पत्ती आर्जन, नक्कली प्रमाणपत्र) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट दायर भएका सम्पत्ती शुद्धीकरण सम्बन्धी मुद्दाको सुनुवाई हुन्छ।
उत्तर:
विशेष अदालत काठमाडौंमा उच्च अदालतमा कार्यरत न्यायाधिशमध्येबाट एक अध्यक्ष र पाँच जना सदस्य समेत रहने गरी ६ जना न्यायाधीशहरुको दरबन्दी रहेको छ।सामान्यतया ३ जना सदस्य रहने दुईवटा इजलास रहेका छन्।
उत्तर:
विशेष अदालत काठमाडौंको कार्य समय आईतवार देखि विहीवारसम्म विहान १०:०० देखि अपरान्ह ५:०० वजेसम्म र शुक्रवार विहान १०:०० देखि अपरान्ह ३:०० वजेसम्म हुन्छ।तर कार्तिक १६ देखि माघ १५ गतेसम्म शुक्रवार बाहेक विहान १०:०० देखि अपरान्ह ४:०० बजेसम्म र शुक्रवार विहान १०:०० देखि अपरान्ह ३:०० वजेसम्म हुन्छ। सामान्यतया शनिवार तथा नेपाल सरकारले सार्वजनिक विदा हुने भनी घोषणा गरेका दिनमा अदालत बन्द हुन्छ।
उत्तर:
विशेष अदालत काठमाडौंभित्र मुद्दा व्यवस्थापनसम्बन्धी नियमित काम कारवाहीका सेवा र सुविधाहरू उपलब्ध छन् । सोसम्बन्धी सेवा र सुविधाहरूको जानकारी अदालतको वेभसाइट तथा बडापत्रमा सहजै पाउन सकिन्छ । यसका साथै सेवाग्राही लक्षित सहायता कक्ष/हेल्प डेस्क, तातो चिसो पिउने पानी, बैंङ्किङ सेवा, फोटो कपि, क्यान्टिन, प्रतिक्षालय, पुस्तकालय लगायत सेवा सुविधाहरु समेत उपलब्ध छन् ।
उत्तर:
विशेष अदालत काठमाडौंमा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा नै सहायता कक्ष/हेल्प डेस्क रहेको छ र त्यहाँबाट सेवाग्राहीले आफूले लिन चाहेको सेवा सम्बन्धमा सहजीकरण गरिन्छ। परिचय खुल्ने कागजात राखी क्रमशः रातो, पहेंलो र हरियो रंगको प्रवेश पास लिई अदालत प्रवेशको व्यवस्था गरिएको छ। साथै अदालतका कर्मचारीहरू तथा इन्टर्न सहयोगीहरूबाट समेत सेवाग्राहीलाई आवश्यक पर्ने सूचना प्रदान गर्ने तथा आवश्यक सहजीकरण गर्ने गरिएको छ।
उत्तर:
तारिख भन्नाले मुद्दाका पक्षहरु अदालतमा हाजिर हुन आउने निर्धारित मिति हो। साधारण तारिख र पेसी तारिख गरी यी दुई प्रकारका हुन्छन् । मुद्दा सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मितिलाई पेसी तारिख भनिन्छ । यसलाई सामान्य बोलचालको भाषामा पेसी मात्रै भन्ने चलन पनि छ र पेसी तारिखबाहेकका अन्य जुनसुकै प्रयोजनका लागि अड्डा अदालतमा हाजिर हुनु पर्ने भनी तोकिएका सबै तारिखहरूलाई साधारण तारिख भनी बुझ्नुपर्छ। विशेष अदालत काठमाडौंको तारिख व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार सामान्यतया २ वर्ष नाघेका मुद्दामा १५ दिनभित्र, १८ महिनाभित्रका मुद्दामा ३० दिनभित्र र १ वर्षभित्रका मुद्दामा ४५ दिनभित्रको तारिख दिइने व्यवस्था गरिएको छ। विशेष अदालत काठमाडौंमा मिति २०७९।०१।०१ देखि अनलाइन तारिख लागू गरिएको छ। अनलाइन तारिख लिन चाहने पक्षले यस अदालतमा उपस्थित भई अनुसूची २ बमोजिमको निवेदन फाराम भरी आफूलाई पायक पर्ने अदालतबाट तारिख लिन अनुमति प्राप्त गर्नुपर्छ।
उत्तर:
पेशी सूची भनेको मुद्दाको सुनुवाईको लागि इजलास समक्ष पेश गरिने मुद्दाहरुको विवरण हो। विशेष अदालत काठमाडौं साप्ताहिक र दैनिक पेशी सूची प्रकाशन गर्ने गरिन्छ। हरेक दिन इजलासमा पेश हुने गरी प्रकाशन हुने मुद्दाको सूचीलाई दैनिक पेसी सूची भनिन्छ। आगामी हप्ताभरी पेश हुने मुद्दाको एकमुष्ट सूचीलाई साप्ताहिक पेसी सूची भनिन्छ। दैनिक पेशी सूची हरेक दिन बिहान १०:३० वजेभित्र र साप्ताहिक पेसी सूची सामान्यतया हरेक बिहीबार प्रकाशन हुने गर्दछ। आफ्नो कानून व्यवसायीको सहयोगमा वा यस अदालतमा रहेको सूचना पाटी, सूचना तथा सहायता कक्षबाट पनि यसवारे जानकारी लिन सकिन्छ। विशेष अदालत काठमाडौंको वेभसाइट https://supremecourt.gov.np/court/specialcourt बाट पनि पेशीको जानकारी लिन सकिन्छ।
उत्तर:
इजलासको काम कारवाही सम्बन्धी जानकारी सम्बन्धित इजलास अधिकृतले इजलास तथा वेवसाइटमा जनाएका हुन्छन्।विशेष अदालत काठमाडौंको https://supremecourt-.gov.np/court/specialcourt Website मा तत्काल Case Processing Status हेर्न सकिन्छ। मुद्दाका पक्षले सम्बन्धित इजलास अधिकृतसँग सिधै वा अदालतको Website बाट वा आफ्नो कानून व्यवसायीलाई सम्पर्क गरेर जानकारी लिन सकिन्छ।
उत्तर:
विशेष अदालत काठमाडौंको सेवाप्रवाह सम्बन्धी नागरिक वडापत्रमा अदालतबाट प्रवाह हुने सेवाको विवरण, आवश्यक कागज/प्रमाण/प्रक्रिया, दर्ता समय/अवधी, लाग्ने समय, लाग्ने दस्तुर, जिम्मेवार फाट/शाखा/अधिकारी, गुनासो सुन्ने अधिकारी र गुनासो उपर उजुरी सुन्ने अधिकारी समेतको स्पष्ट सूचना प्रकाशन गरिएको छ। यो अदालतको गेट, भवन तथा वेभसाइटमा समेत उपलब्ध छ।
उत्तर:
थुनछेक आदेश बमोजिम माग भएको धरौटी रकम कानूनले तोकेको प्रक्रिया पूरा गरी (अनुसूची बमोजिमको कागज सहित) नगद वा बैंक जमानत मार्फत दाखिला गर्नुपर्दछ। बैंक जमानत दाखिला गर्दा सामान्यतया 'क' वर्गको वाणिज्य बैंकबाट असीमित समयको लागि जारी भएको बैंक ग्यारेन्टी मात्र स्वीकृत गरिन्छ।
उत्तर:
सरोकारवाला पक्षले अदालतमा आई आवश्यक दस्तुर तिरी फैसलाको प्रमाणित प्रतिलिपि फाँट/अभिलेख बाट प्राप्त गर्न सक्दछन्। साथै अध्ययनको लागि सर्वोच्च अदालतको https://supremecourt.gov.np/court/specialcourt वेभसाइट मार्फत मुद्दा नं. र फैसला मिति Entry गरी प्राप्त गर्न सकिन्छ।
उत्तर:
अदालतको काम कारवाही र सेवा प्रवाहमा थप सुधार गर्ने उद्देश्यले आफ्ना सेवाग्राहीको सन्तुष्टी मापन गर्ने अनुसन्धानको औजार नै सेवाग्राही सर्भेक्षण फाराम हो। सेवाग्राहीको पृष्ठपोषणमा आधारित भई सेवाप्रवाहमा सुधार ल्याउनु नै यसको उद्देश्य भएकाले सहायता कक्षमा रहेको फाराम सेवाग्राहीले आफैंले वा कर्मचारीको सहयोग लिइ भर्न सकिन्छ।