उपयुक्त निकायमार्फत न्याय खोज्न र प्राप्त गर्न सकिने अवस्था नै न्यायमा पहुँच हो।न्यायमा पहुँचको लागि आफ्नो हक हितको रक्षा गर्न वा आफूलाई अन्याय हुँदा न्यायको खोजी गर्न सक्ने क्षमता व्यक्तिमा हुन आवश्यक छ । त्यसैगरी, न्याय प्रदान गर्ने निकायको सक्षमता, प्रभावकारीता लगायत न्यायको खोजी र प्राप्ति गर्ने सर्न्दभमा उपयुक्त वातावरणको सुनिश्चितता र प्रयोग नै न्यायमा पहुँच हो।
विशेषत बालबालिका, महिला, आदिवासी/जनजाति, जेष्ठ नागरिक, अपाङ्गता, असहाय, असक्षम तथा आर्थिक एवम् सामाजिक कारणबाट न्यायको खोजी गर्न नसकेका व्यक्तिहरुको सहज पहुँचलाई सुनिश्चित गर्ने गरिन्छ।
सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १३(ङ) बमोजिम सम्माननीय प्रधान न्यायाधीशको अध्यक्षतामा मिति २०७२।४।१० मा न्यायमा पहुँच आयोग गठन भएको हो।
- न्यायिक तथा अर्धन्यायिक निकायमा कार्यरत जनशक्तिलाई सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार सम्बन्धी प्रशिक्षण कार्यक्रम
- न्यायमा पहुँचका सम्बन्धमा वैतनिक कानून व्यवसायीको भूमिका र अदालतसँगको समन्वय विषयक अन्तरक्रिया कार्यक्रम
- न्यायमा पहुँचका सम्बन्धमा स्थानीय तहमा देखिएका समस्या र चुनौतिहरू विषयक अन्तरक्रिया कार्यक्रम
- आ.ब. २०७५/७६ मा सम्पन्न भएका कार्यहरू
- न्यायमा पहुँच आयोगको परिचय
- न्यायमा पहुँच आयोगबाट सम्पन्न भएका कार्यहरु २०७७।३। १ सम्मको
- न्यायमा पहुँच आयोगबाट आ.व.२०७९/८० मा सम्पन्न भएका कार्यक्रमहरु