• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ०१ - बाटो खुलाई पाउँ

साल: २००९ महिना: श्रावण फैसला मिति :२००९/०४/२७ ५०६

अभिलेख दर्ता नं.१/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.

 

प्रधान न्यायालय दोस्रा फाटबाट भएको फैसला

 


मेंबर गुरु रेवतीनाथ पंडीज्यू १

मीसु. तिर्थमान १

सु. राम्बाहादुर पाडे छेत्री

ना.सु. गुणनाथ पाध्या


का.मु.हाकीं सु सेरशंकर १

अ.ख.नासु रां प्रसाद

वि. शाम्बप्रसाद


यस्मा वलबाहादुर खत्री छेत्रीसंगको बाटो खुलाई पाउ भन्ने मुद्दामा ल.पु.ई नैकाप ३ ठाना बस्ने ठुलो विरबाहादुरको आपिल तेश्राउपर अपिल परी आयको मीसील हेर्दा अघीदेखी हिडी आयको मेरो घर गोठमा जान आउने बाटो उतरतर्फबाट दखिंतर्फ आई पुर्वतर्फ मोहडा गरी उतर प्रतेवादीको आगन पीडीको बाटो गरी मेरो आगं पिडीमा पुगी घरभीत्र आउने जाने गरी आएको मेरो घरमा आउने बाठो नभयकोले हीडन दिन्न भनेतापनी हीडीरहेको थीञा श्रावण ६ गते मेरो ७ बर्खको छोरीले काक्रो चोरी खायो भंने झगडा गरी बाटो रोकीदियाकोले बाटो खुलाई पाउ भंने वादी वादीको बाबु टेकबाहादुर मेरो भतीजा अंशीयार भै मेरो घरबाट पछीं पट्टीबाट गै पुर्वतर्फ उत्तरतर्फ जाने र नीजको घर गोठबाट पछींतर्फ गै उतर दखीं जाने बाटो भयको मेरो घरबाट सडकमा निसकनुभन्दा नीजको घरबाट नजीक भै मेरो नीकास बन्द गरी नीजकै नीकासबाट हीडी आयकोमा नदीयकोले मैले आफ्नै नीकास खोली हीडेको कुटपिटमा वचन लागी झुट्टा उजुर गरेको हो भीन्नाभीन्नै बाटो पुल सडक नीसकने भयकोमा मेरो आगनमा बाटो देखाई दाबी गरेको हो मैले बाटो रोक्का गरेको होइन यकाघरको बाबु छदै मेरो हक भनी उजुर गरेमा मुद्दा खारेज हुनुपर्ने भंनेस्मेत प्रतेवादी भयाकोमा बलबाहादुरको घरकै उतरपट्टीको पेटिको कीनाराबाट हीडे हुने अर्कैको आगंमा बाटो गर्न मनासीब नपर्ने भन्ने सुरु कीर्तीपुर पञ्चायेत र दिआयेको बाटो प्रतेवादीले रोक्का गरेको ठहर्छ भंने अपिल तेश्रा फाट फैसला भयाकोमा अपिलाटको अपिल जीकीरस्मेत हेरी वीचार गर्दा नकसामा लेखीयाको सर्जमीनले झगडा परेको बाटो अघीदेखी वादीले हीडी आयेको भंनेस्मेत भै आयेका अपिलवाट गरायेको नक्सा र सर्जमीनबाट देखीयाकोले ईन्साफ अपिल तेश्राको मुनासीब ठहर्छ ईन्साफ पारी छिनेका उपर अपील गरेमा नीज ठुलो वीरबाहादुर खत्रीके सुरु डंड मोरु १।को पैलो अपील हुँदा सेक्रा १० ले मोरु ।१० पैसा डंड हुन्छ रुजु हुदा अैबमोजीं गर्ने भनी भ.न.देमा लगत मीसील मिसील फाटमा बुझाईदिने सं २००९ साल श्रावण २७ गते रोज २ सुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563