• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७२१ - लीखत पास

साल: २०१७ महिना: श्रावण फैसला मिति :2017/04/04 ४४०

अ.द.नं. ७२१-२०११,

दे.फौ.पु/रीट नं ६९४।२

 नेपाल प्रधान न्यायालय स्पेसल बेञ्‍च

ठा.नं. ५६३

मुद्दा- लीखत पास।

नीबेदक बादी भ.पु.ई ठीमी बोडे नछुटोल बस्ने हरीहर थापा  श्रेष्ट

विपक्ष  भ.पु.ई ठीमी हाती महाकाल बस्ने कृष्णमाया मरी सकार गर्ने सुषुचा भंने संसेर बहादुर स्मेत

इजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए. बीएल.

श्रीमाननीय न्यायाधीस प्रदीप्त मान्येवर नेपाल तारा ले.ज. प्रकाशशम्सेर ज.बा.रा.

श्री  माननीय न्यायाधीश महेन्द्र बाहादुर महत छेत्री

फैसला

येस्मा अन्यायवालाहरुले ०३।८।२८ गतेका दीन मबाट मोरु ४०१। कर्जा ली सींती हाडोचो बहाष्वा षेत भाषा उप्रान्त भोग बंधकी सरह षानु भनी लीषत गरी दीयेको सो लीषत पास हुन नपाउदै म स्मेत भै नीजहरुलाई करकापबाट कागज गराये भनी उजुर परेकोले त्यसतर्फ प्रतेवादी दी इन्साफ माग्ने छु नीजहरुले मलाई गरी दीयेको ०३।८।२८ को मोरु ४०१ को लीषत पास गरी पाउ भंने स्मेत बेहोराको हरीहरको बादी रहेछ।

यो बादी स्मेत भै करकापसंग कागज गरायेकोले हाम्रो उजुर परी सकेको छ सो करकापबाट गराये मध्येकै कागज हुदा पास गरी दीन पर्ने होइन भंने स्मेत बेहोराको कृष्णमाया स्मेतको प्र वादी रहेछ।

करकाप मुद्दामा करकाप ठहरी आजै फैसला भयेको यही जगा इनै प्र.हरुले बासुदेवलाई राजीनामा गरी दीयको पास हुने ठहरी आजै फैसला भयेकोले दाबीको लीषत पास हुन सक्दैन थैली अैंन बमोजीम गरी लिनु भनी सुनाइ दीने भंने समेत भ.पु अदालतको ०६।३।२९ को फैसला रहेछ।

वासुदेवको लीषत  झुक्याई गरायेको ठहरी आजै छीनीयेकाले वादीको लीषत पास हुने ठहर्छ भंने अपील पैलाको ०६।१२।७ को फैसला रहेछ।

वादीको लीषत झुक्याई गरायेकै ठहरी आजै फैसला भयेकाले सो लीषत पास हुन सक्दैन भंने प्रधान न्यायालय दोश्रा फाँटको ०७।५।१८।१ को फैसला रहेछ।

ईवादी प्रतेवादीहरुको लीखत पास मुद्दास्मेत ईन्साफ जाँचीन दायर भै झगडीयाहरु येस फाँटमा तारेखमा रहेका पास मुद्दा तेस फाँटबाट जाहेर गर्नु पर्ने भयेकाले पठाइ दीयको छु उचीत कारबाई गर्नुहोला भंने प्रधान  न्यायालय फौज्दारी वीभागको १०।६।४।१ को सूचना रहेछ।

येस्मा नीवेदकको वारेस जगन्‍नाथ र प्र.ज्ञानमाया स्मेत राषीपेस हुन आयेको बुझ्दा वादी दावीको लीषत झुक्याई गरायकै ठहरी आजै फैसला भयकाले वादीको लीषत पास हुन सक्दैन भनी ठहरायेको ईन्साफ प्रधान न्यायालय दोश्रा फाँटको मनासीब छ ईन्साफ दोहरायेमा नीवेदक हरीहरु के सुरु कोर्ट फी मोरु ५। को हाकींका नाउमा कराउनेका ११ नं बमोजीं सैक्रा १० ले मोरु ।५० पचास पैसा थप दण्ड हुन्छ वारेस भै बेरुजु हुदा अैंन बमोजीं असुल गर्न तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील फाटमा बुझाई दीनु।

महेन्द्र बहादुर                 प्रकाश शम्सेर             हरिप्रसाद        न्यायाधीश                     न्यायाधीश            प्रधान न्यायाधीश  

 इती सम्वत २०११ साल मार्ग ४ गते रोज ६ सुभम

अभिलेख नं. ७२१-२०११

रीट नं. ६९४/२

सर्वोच्च अदालत स्पेसल बेञ्‍च

ठा नं.-२

मुद्दा- लीखत पास।

बादी भ.पु.ई. ठिमी नछुटोल बस्ने हरिहर थापा श्रेष्ठ ----------------------------

विपक्ष  प्रतेवादी ऐ हाति माहाकाल बस्ने नंद लक्ष्मी मरी मुद्दा सकार गर्ने सुकुचा भन्‍ने समर बहादुर श्रेष्ठ स्मेत---------

मुद्दा -लिखत पास

ईजलास

माननीय कामु प्रधान न्यायाधीश श्री भगवती प्रसाद सिंह वि. एस.सी वि. एल -------१

माननीय न्यायाधीश श्रीरत्न बहादुर विष्ट एम.ए. एल एल बी -----------------------१

माननीय न्यायाधीश श्री नयनबहादुर षत्री एम ए एल एल बी ----------------------१

आदेस

यस्मा ठाडोमा दर्ता भै पेस हुन आयको यो मुद्दामा ११।८।४।६ मा स्पेसल बेञ्‍चबाट भएको फैसलामा विपक्ष झगडियाको नाउ लेखदा नंदलक्ष्मी मरी मुद्दा सकार गर्ने सुखुचा भन्‍ने समर बहादुर भनि लेख्नु पर्नेमा कृष्णमाया मरी मुद्दा सकार गर्ने सुकुचा भन्‍ने सम्सेरबहादुर भनि लेखीयछ सच्याई पाउ भंने नावालष सुकुचा भंने समर बहादुरको हकमा गणेश बहादुरको निवेदन पत्र परेको र उक्त मुद्दाको रेकड मीसील हेर्दा सोही बमोजीं कृष्णमाया मरी मुद्दा सकार गर्ने सुकुचा भंने शंसेरबहादुर भंने लेखिएको श्र्व फैसला हुदा सम्म कृष्णमाया तारेखमा नै रहेकीबाट र मर्ने नंद लक्ष्मीका नगिच हकदारका नाउमा म्याद जारी भै सुकुचा भंने समर बहादुरका नाउमा मुद्दा सकार गर्न पाउ भंने द्रखास्त परिरहेको स्मेत देखियकाले उक्त फैसलाको "कृष्णमाया मरी मुद्दा सकार गर्ने सुकुचा भंने संसेर बहादुर" भन्‍ने लेखियको ठाउमा "नंदलक्ष्मी मरी मुद्दा सकार गर्ने सुकुचा भन्‍ने समर बहादुर" काएम मानि अैं सवाल फैसला बमोजिं गर्नु।

नयन बहादुर       रत्न बहादुर             भगवती प्रसाद

न्यायाधीश         न्यायाधीश              का मु. प्र.न्यायाधीश

इति सम्वत २०१७ साल श्रावण ४ गते रोज ३ सुभ

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563