निर्णय नं. ४१५ - लेनदेन
नेपाल प्रधान न्यायालय डिभीजन वेञ्च
ठा.नं 1004
ऊजुरवाला प्रतेवादी पाल्पा धवाघाट बस्ने मेनुका कर्केनी क्षत्रीनी मरि मुदा सकार गर्ने नीजका छोरा मकर बाहादुर |
वीपक्ष वादी पाल्पा थवाथान बस्ने दीनप्रभा ब्राह्मनी |
मुद्दा लेंदें
ईजलास
श्री माननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम.ए.वी.एल.
श्री माननीय न्यायाधीस प्रदिप्त मानेम्बर नेपाल तारा ले.ज.प्रकाश सम्सेर जङ्ग बाहादुर राणा
आदेस
यस्मा उजुरवाला मकर बाहादुरको वारेस स्याम बाहादुरलाई राषी यो मुद्दा बुझदा यो मुद्दामा जाल्साजीमा डंड लागे मैले बुझाऊला भनी वादीको समधीले सालीकराम स्मेतलाई गरीदीयको कागज वादीको छोराले लेखेको भनी वीन्ती पत्रमा लेखि नकल स्मेत वीन्तीपत्रसाठ पेस गरेको देषीनाले सो सकल कागज उजुरवालाबाट दाखील गराई सद्देकृतेमा अैंसवालको रीत पुर्याई वादीलाई स्मेत सुनाई जो बुझनु पर्ने सवुद प्रमाण स्मेत बुझी रीपोट साथ जाहेर गर्नु भनी मीसील पाल्पा अपिलमा पठाई दीनु र काम तामेल भै आयेपछी पेस गर्नु ।
न्यायाधीस प्रधान न्यायाधीस
ईती सम्वत् 2011 साल श्रावण 21 गते रोज 5 शुभं