• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ०२ - पसलबाट उठाई पाँउ

साल: २००९ महिना: श्रावण फैसला मिति :२००९/०४/३१ ५०८

अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722

 

रोहिणी कुमार उपाध्याय वि. विष्णु बहादुर श्रेष्ठ, पसलबाट उठाईपाँउ

श्रीमाननीय प्रधान न्यायाधीशबाट

येस्मा का.ई. प्यूखाटोल बस्ने रोहिणीप्रसाद उपाध्यायसंगको पसलबाट उठाइपाउ भंने मुद्दा सदर मामीला निकासीबाट हराइदियो दोहोराइपाउ भन्नेसमेत का इ नरदेवि नेतपाको टोल बस्ने विष्णुबहादुर श्रेष्ठको बींती पत्रमा भयेका आदेशबमोजिम झिकाई आयेको मिसील हेर्दा पुर्व देवल पश्चीं मेरै गा रो उत्तर पानबरहीको पसल दक्षीण मेरो बीर्ता गोपीलाल श्रेष्ठ बसेको पसल येती 4 कील्लाभित्रको पुर्व मोहडा भयेको 3।।कवलको बीर्ता पसल साल 1को बहाल मोरु 250 मा 2003 साल कार्तीक 1 गते बाहाल कबुलीयेत गरी चाहीयेका बखत छाडीदिउला भंने बेहोराको रीतपुर्वकको कबुलीयेत गरीदीयेको बहाल नबुझाई मेरो नाउमा बहाल बुझीदियेन भनी नालेस दीयेछ पसल आफैलाई चाहीयो निजलाई उठाई अडैबाट मेरो चलं चलाई पाउ भंने वादी स्व पसलको वर्ष 1को बहाल मोरु 2018 सलामी 50 दीने पसलका हक्मा चाहीयेको बखत छाडीदिने कबुलीयेत लेखी सलामी र 6 मैन्हाको पेस्की बहाल बुझाई पसल चलं गरी आयकोमा 2005 साल कार्तीक 1 गते वादीले मलाइ मोरु 125।। चाहीयेको छ दीनुहवस बहाल बुझाउन्जेल उठाउनेछैन भनी भर्पाइ लेखी 125।बुझीलीयेको पछी मबाट बहाल नबुझी पसल मलाइ चाहिएको छ छाडीदेउ भनेकोले बहाल बुझाउन्जेल उठन नपरोस भंनेसमेत प्रतेवादी भयेकोमा प्रतेवादी वीष्णुबहादुरले माघ 5गतेको तारेख दोश्रापटक पारी गुजारेको र बुझीयेको प्रमाणबाट र घर बनाउनेका 23 नं का … अैंबमजिम वादीको आफैलाइ चाहियो भंने मुख्य बुँदा भयेको र अैं कबुलीयेतसमेतबाट वादीले प्रतेवादीलाई पसलबाट उठाउन पाउने ठहर्छ भंनेस्मेत देवानी दोश्राबाट 2006/11/11मा र सोही इन्साफ सदर गरी अपिल तेस्राबाट 2007/4/2 मा र वादीको पसल आफैलाइ चाहियो भंने जीकीर हुदा अघी बंदोबस्त भैसकेको कुरामा अर्को कबुलीयेत भएको नदेखीयेकाले पछी बहाल बुझी गरीदीयेका भर्पाइमा चाहीयेका बखत छाडीदीउला भंने लवज केरी बहाल बुझाउन्जेल खोसने छैन भन्ने लवज भएकोमा सही नपरेको तेस्तो प्रमाणबाट अघीको कबुलीयेत बदर गर्न मनासिब नपर्ने हुनाले अपिल तेश्राको इन्साफ मनासीब भंने हाकीं मीसु भैरवराज र चाहीयेका बखत छाडीदीनु भंने लवज केरी बहाल तीरुन्जेल खोस्नेछैन भनेबाट बहाल बुझाईपाउ भंने मुद्दातर्फ सदे कृर्ते तहकीकात झुठा कृर्ते नठहरी सदे देखीयेकोले भर्पाइलाई लिखत सम्झनुपर्ने भयेकोले लीखत भयेकोमा लीखतबमोजीं हुने भै उठाउन नपाउने भंने असीष्टेन्ट मेंबरको राये भयेकाले जाहेर गरेकाछौ भंने प्रधान न्यायालय दोश्राबाट 20०7/6/22 मा जाहेर गरेकोमा न्यायालय दोश्राका हाकीं सु भैरवराजले गरेको इन्साफ मनासीब मैंबर असीष्टेन्टहरूको इन्साफ गल्ती ठहर्छ भनी कायेंमुकायें प्रधान न्यायाधीशबाट 2008/३/25 मा तोक फैसेला भैरहेकोमा हाजीर रहेका प्रतिवादी वीष्णुबहादुर र छलफलमा झीकाइ आयेको रोहिणीप्रसाद पाध्यासमेत दुवैथर झगडीयाहरुलाई राखी बुझदा बढी बहाल बुझाई गरीदीयेको भरपाइ सदे कृर्तेमा सुनाउदा वादीले कृर्ते भनी बयां गरेकोमा सद्दे ठहरी फैसेला भएकोमा त्यस उपर बादीले उजुर गरी फैसला बदर गराएको नदेखिनाले प्रतिवादी आफै बसी भोगचलन गरी बहाल बुझायसम्म उठाउन नपाउने हुदा अरू प्रधान न्यायालयका असिस्टेन्ट हरुका रायमा लेखियका बुदा प्रमाणबाट ईन्साफ प्रधान न्यायालयका असिस्टेन्ट मैंवरको राय मुनासिव छ सुरु अपिल  ले छिनेको र न्यालय दोस्राको हाकीं र मवु वल्लभ शमशेर ज व रा ले समेत गल्ती इन्साफ गरेको ठहर्छ तपसिल वमोजिम गर्न लगत दिइ मिसिल मिसिल फाँटमा बुझाइदिनु -.................

तपसिल

बादीले नालिश गर्दा राखेको कोर्ट फि मो रू 4 फिराद इतलाय दस्तुर ।62 कोर्ट फि सनदको 18x४०x57 दफाले प्रते वादी संग भरी पाउने देखिदा भराईपाउ भनी डंड सजायका 36 नं को म्याद भीत्र वादीको दरखास्त परे प्रतेवादी वीष्णु बहादुर का जाय जात बाट भराइ दिने गरी गरिएकोमा स्व ईन्साफ सदर नभएकाले स्व वमोजिम गर्नु पर्दैन भनी लगत दिनु ...................................................................1

बादी रोहिणी प्रसाद ले प्रतेवादी विष्णु बहादुर बसेको का इ इन्द्रचोकको पूर्व देवल पश्छिम मेरै गाहारो उत्तर पान घरको पसल दक्षीण गोपिचा वसेको   पसल यति 4 किल्ला भित्रको पूर्व मोहडा भएको 3।। कबलको विर्ता पसल बाट माथी लेखियबमोजिम प्रतिवादीलाइ स्व पसलवाट उठाइ वादीलाइ चलंन चलाइ दिने गरेकोमा हाल स्व ईन्साफ सदर नभएकाले स्व बमोजिम गर्नु पर्दैन भनी अरु विगो फाँतमा लगत दिने............2

प्र विष्णु बहादुर के आफैबसी भोग चलं गरी बहाल बुझाय सम्म पसल बाट उठन नपर्ने भै जितेमा जिताउरी लिनु भन्ने घर बनाउने अइनका महलमा नहुदा केहि गर्नु पर्दैन ...............................3

उल्टीमा देहायका अड्डाका देहायका मानिश हरुलाइ केहि गर्नु पर्दैन ...........................4

प्रधान न्यायालय दोस्रा फाँटका मि सु भैरब राज .......................1

अजनका अ सुब्वा शेरशंकर ....................................1

अइनजका वि. गोपाल डंगोल .......................................1  

अपिल तेस्राका सुब्वा देव प्रसाद ...................................1

अइजनका अ ख डोलराज ...................................1

अइजनका जनकराज .............................................1

देवानी दास्राका ना सु लक्ष्मण रमन ........................1

अइजनका अडि गुणराज .........................................1

अइजनका वि रवि खिल शर्मा ..................................1  

इति सम्वत 2009साल स्रावण 31 गते रोज 6 शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563