• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९४ - करकाप

साल: २०१४ महिना: जेष्ठ फैसला मिति :२०१४/०२/०२ ७६९

प्रधान न्यायलय सिंगल बेञ्‍च

फौनं ६७

मुद्दा:- करकाप


अपिलाट

प्रतेवादी भपुई ठिमी भुलाम विन स्ने काजी बहादुर श्रेष्ठ -------------------१

आनंदराम श्रेष्ठ ----------------१

कृष्णा बहादुर कुमाल-----------१

पुन कुमार श्रेष्ठ ----------------१

विपक्ष

वादी ऐ बस्ने सिंग बहादुर श्रेष्ठ ---१

 

 

 

 

 


इजलाश

श्री माननीय न्यायाधीश भैरवराज पंतो पाध्या

फैसला

यस्मा २००६ लाल आश्‍वीं १ गते बेलुका अंदाजी ७ बजेको शमैमा काजी बहादुर आई सल्लाह गर्न पर्‍यो भनी मोई कृष्णाको घरमा लगी सीवखु समेत ३ जना भै २ घाँ कागजमा करकाप ........ स्हीछाप सीरपुछारमा गरायेकोले सजाय गरी बदर गराई पाउ भन्‍ने समेत सिंग बहादुरको वादी रहेछ।

      म काजी बहादुरलाई २००६ साल भाद्र ४ गते मो रु ९०१ मा यो वादी र तीन्का छोरा कृष्णा भक्त समेत साक्षी बसी राजीनामा गरीदियको र म लेखत लेख्ने हुदा म मोहं कृष्ण समेत उपर झुट्टा उजुर गरेको हो भंनेय समेत काजी बहादुर र मोई कृष्णाको प्रतेवादी रहेछ।

करकाप गरे भनेका दिं म साखुमा राम बहादुरका घरमा छु उजुर झुट्टा हो भनंये समेत काजीबहादुर र मोई कृष्णाको प्रतेवादी रहेछ।

करकाप गरे भनेका दिं म साखुमा राम बहादुरका घरमा छु उजुर झुटा हो भन्ये समेत सीनखु भनेको आनंद राजको प्रतेवादी रहेछ।

भाद्र ४ गते मो रु ९०१ मा राजीनामा गरी दियको हो । वादीको छोरा कृष्णा भक्ता हामी समेत साछी बसेका छो भंने कृष्णा बहादुर र पुन कुमारको वयान रहेछ।

बुझीउ समंका प्रमाणले साछीका वकाई र वादीका छोरा समेत लेखतमा साछी बसेको देखिएको करकापमा उजुर गरेको र सोही लीखतको जगा २००६ साल आश्र्वीं २४ गते रजिस्टेसं पास गराई रु ९८५ मा अधिया साहु सिंग बहादुर हातालाई राजीनामा गरी दियको हुनाले समेत करकाप भंने वादीको दावी पुग्न सक्न भनी म भक्तपुर अदालतले २००७ साल जेष्ठ ३१ गते फैसला गरेको रहेछ ।

 यकाघरको छोरो समेत साक्षी बसको लेखतलाई करकाप ठहर्न नपर्ने भंने समेत प्रतेवादीहरुको अपील परेको रहेछ।

पेस हुन आयको यो मुद्दामा अपीलाट काजी बाहादुर कृष्णबहादुरको वा समेतको आनंदराम प्र.न्या चौथा फाटले वादी सिंग बहादुरलाई समेत राखी बुझदा वादीका छोरा कृष्णाभक्त लेखतमा साछी बसको देखीए पनी झुक्याई सही गरायेको हो भंने हुलाक द्वारा द्रखास्त दियेको देखीएको र राजीनामाको वेहोरा हेर्दा वापतमा हेडीका साहु सिंग बहादुर हाता तीर्न लियको मो रु ३०१ र आजैका मीतीमा लियेको मो रु ६०० समेत ज्मा रु ९०१ मा राजीनामा गरी दिये भंने वोली  परेको सो राजीनामामा लेखीएको जगा ..... साहु सिंग बहादुर दातालाई मोरु ३०१ मा वंधकि गयेको सो वंधकि नतीरि राजिष्टेसं पास हुन नसक्ने अघिलो साहु बुजाउनलाई असामीलाई रुपैया दी तेस्को भपाई गराई ली वा आपु समेत गै पट्ट गराई ली सकेपछी मात्र अरु थैली दि ज्मा अंक खोली राजीनामा गराउन पर्नेमा सो गरीदी अगाडि नै रु ९०१ को तंसुक गरायको भन्ने प्रतेवादीको जिकीर सो कुराको पुस्टाई हुने गरी बक्ने प्रतेवादीको साछीको वकाई झुट्टा देखिएको हुदा रुपैञा दि लि वेवहार गरेको भन्‍ने कुरा साचो नदेखिदा करकाप ठहरायेको इन्साफ अपील पैलाफांटको मनासिव अपिल गरेमा काजी बहादुर श्रेष्ठ १ कृष्णा बाहादुर कुमाल १ आनंदराम श्रेष्ठ १ समेत जना ३ लाई सुरु दंड मो रु ५। का दर्को हाकींका नाउमा कराउनेको १० नं. सो सैकर १० ले मो रु ।५० का दरले दंड हुन्छ। पुन कुमारको अपील तर्फ २००८ साल माघ ४ गते तामेल भयको म्याद ........ अवं .... डीसमीस हुने ठहर्छ। डीसमीस गरायवापत सुरु दंड रु ५ कोर्द ...... मोरु ।५० को अव २२८ नं. ले सैकर ५। ले मोरु ।३ दंड हुन्छ लगत दिनु।

 

 

भैरवराज पंत

न्यायाधीश

इति सम्वत २०१४ साल जेष्ठ २ गते रोज ४ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563