निर्णय नं. ५३ - लेनदेन
नेपाल प्रधान न्यायालय सींगल वेञ्च
अ.नं.55।60।716
मुद्दा लें दें
अपीलाट का.ई मखं टोल बस्ने लिलारमण पाध्या------------1 ऐ ऐ बस्ने गिता प्रसाद पाध्या-1 |
वीपक्ष अ.का.ई मखं टोल बस्ने तेजसिधि गुभाजु--------------1 ऐ ऐ बस्ने एदुकुमार सिधि गुभाजु------------------------------1 |
इजलाश
श्री माननिय प्रधांन्यायाधिस हरिप्रशास प्रधां एम ए वि एल
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महन क्षत्रृ
फैसला
यस्मा हामीले बराबर पैसा हालि वेपार गर्न हेटुडा चितौनमा षरीद गरेको तोरी बोरा 147 प्र तेजनिधि का नाउमा पटक पटक चलां गरी पठायेको निजले बुझि बिक्रि गरी रुपैञा नदियेकोले निजले एदुकुमार सिधिलाई लेखेको 06।5।5 गतेको र ऐ भाद्र 15।20 का चिठीमा लेषी येको दर मोरु 69।71 ले हुने जंमा मोरु 11238।50 मा हामीले तिर्न पर्ने मोरु 1350। कटाई बाकि मोरु 9898।50 प्र.तेजसिधिबाट र कलकत्तामा म लिलारमण संग यदुकुमार सिधिले लि ये रु 2385 नदियेकाले निज एदुकुमार सिधिबाट हामि 2 जनालाई बरावरका दर्ले दिलाई पाउँ भंने समेत विंतिपत्र बमोजिं लिलारमण गिना प्रसादको 07।10।22 को वादी रहेछ ।
वादिहरुले मेरा नाउमा तोरी पठायेको र मैले बुझेको समेत छैन चिठीहरु देषन पाये उजुर गर्नेछु भंने समेत प्र.तेज सिधिले 08।3।1 मा वयां गरेको रहेछ ।
मैले लिलारमणसग कलकत्तामा कंरु 2385 लियेको हु सो पैसा दाजु तेज सिधिको कांमा लागेको हुदा मैले तिर्न पर्दैन भंने समेत दुकुमार सिधिको 08।8।3 को वयां रहेछ।
वादीले पेश गरेको चिठीहरु मैले लेखेको हु वादीले चलां गरी पठायेको तोरी वोहरा 83 सम्म मैले बुझि विक्री गरी दां पठाइ सकेको छु कं रु 2385 मेरो कं मा लागेको नहुदा मैले तिर्न नपर्ने हो भंने समेत प्र.तेजसिधिको वयां भयाको रहेछ ।
दाजु तेज सिधिको कांमा वादीसग कंरु 2385 लि सो कुरा लेखि पठयेको चिठी दाखिल हुन नसके पनि निजले सो रुपैया समेतका वारेमा नरेशलाई लेखेका चिठीमा लिलाको रुपैयाको फाट् समेत पठाई दिनु भनि लेखेको समेत हुदा सो रुपैया निज तेजसिधिले तिर्न पर्ने होइं भंने समेत प्र.एदु कुमार सिधिको वयां भएको रहेछ ।
बुझिया सम्मका प्रमाणबाट चलां भै आयेको तोरी बोहरा 83 सम्म प्र.तेज सिधिले बुझी बिक्रि गरी आयेको रुपैयामा वादीसंग लिनपर्ने मोरु 1350। कटाई मोरु 4181 प्र.एदुकुमार सिधिलाई पठायेको हुदा सो रुपैया र वादीसंग कलकत्तामा लियेको कं रु 2385 समेत जम्मा मोरु 6535। प्र.एदुकुमार सिधिले र मोरु 254।25 प्र. तेजसिधिले वादिहरुलाई तिर्नपर्ने ठहर्छ मोरु 5449।35 वादीहरुले बढी दावा गरेको ठहर्छ भनी रा.का.देवानी पैल्हा फाट्ले 09।8।6 मा फेसला गरेको रहेछ । देवानी पैल्हा फाट्ले गरेको इन्साफ चित्त बुझेन भंन्या वादी गिता प्रशाद लिलारमण प्र.तेज सिध एदुकुमार सिधिको अपिल परेको रहेछ।
ईन्साफ सुरु देवानि पैल्हा फाट्को मनासिव ठहराई अपिल पैल्हा फाट्ले 010।5।14 मा फेसला गरेको रहेछ ।
अपिल पैल्हा फाट्को ईन्साफ चित्त बुझेन भंन्या वादी गिता प्रशाद लिलारमण प्र तेज सिधि एदुकुमार सिधिको अपिल परेको रहेछ ।
वादी गिता प्रशाद लिलारमणको वा. विश्वनाथ प्र.तेज सिधिको वा. हरी ... प्र एदु कुमार सिधिको वा. हर्क बहादुर समेत राखि पेश हुन आयेको यो मुद्दा बुझ्दा बराबर रुपैया हालि वेपार गर्न हेटुडा चितौंमा खरीद गरी प्र.तेज सिधिका नाउमा नेपाल चलां गरी पठायेको तोरी बोहरा 147 निज ले बुझि बिक्री गरी आयाको मोरु 11238।50 निजलाई तिर्न पर्ने मोहरु 1350। कटाई बाकि मोहरु 9888।50 नदियेको हुदा निज तेज सिधिबाट दीलाई पाउ भंने गिता प्रशाद लिलारमणको दावि उजुर झुट्टा हो निजहरुले मेरा नाउमा तोरी चलां गरी पठायेको र मैले बुझेको समेत छैन भंने प्र. तेज सिधिले ईन्कारी वयां गरेपछि वादि तर्फबाट पेश गरेको 06।5।5 मा र ऐ भाद्र 16।20 मा निज तेज सिधिले प्र.एदु कुमार सिधिलाई लेखि पठायेको चिठीहरु सुनाउदा सो चिठीहरु मैले लेषेको हु पटक पटक गरी चलां भै आयाको वादीको तोरी बोहरा 83 मैले बुझी बिक्री भै आयाको दां समेत पठाई सकेको सो चिठीको वेहोराबाट र मसंग रहेको फाट्वारीबाट समेत देखिंछ भंने समेत प्र.तेज सिधिले वयां गरेको हुनाले वादीहरुको तोरी आयाको र मैले बुझेको छैन भंने समेत निज तेज सिंको जिकिर झुट्टै देषीयेकोले तोरी बोहरा 147 पठायाको भंने वादी 83 बोहरा मात्र बुझेको भंने प्र.तेज सीधि भयाकाले सो चिठीहरुको बेहोरा हेर्दा 06।5।5 का चिठीमा लिलाको तोरी बोहरा 50 रुपया चढेको मध्ये 38 बोहरा आई पुग्यो भंने र ऐ भाद्र 16 गतेको चिठीमा 60 बोहरा आयो भंने लेखियेकोले सो 2 चिठीको जम् तोरी बोहरा 110 मा वादीको दावीमा नपुग 37 बोहरा तर्फ हाम्रो तोरी चलां भैआयेको मिति मितिको श्रेस्ता बुझिपाउँ भंने वादीहरुको जिकिर गरे बमोजिं बुझ्दा 06।3।10 मा 24 ऐ श्रावण 32 गते 10 ऐ भाद्र 1 गते 28 ऐ भाद्र 3 गते 23 ऐ भाद्र 15 गते 62 समेत जमा तोरी बोहरा 147 प्र.तेज सिधिले बुझेको रोयटलिको श्रेस्ता उता कुमारी चोक नेपाल दोश्रा बाट आयाको र माथि लेखिया बमोजिं 06।5।29 गतेको चिठीमा लिलाको तोरी सबै चुक्ति आइसक्यो भंने समेत लेखियाको हुनाले मेरा .....लेखियाका पाटवारी श्रेस्ता बमोजिं 83 बोहरा तोरी मात्र मैले बुझेको भंने प्र. तेज सिधिको जिकिर पुग्न नसक्ने भै बिक्री भयाका तोरीको रुपैया पठाई सकेको सो चिठीहरुकै बेहोराबाट देखिंछ भंने तर्फको जिकिर मात्र भयाको सो रुपैया वादिहरुले बुझेको निस्सा प्रमाण पेश दाखिल गर्न नसकी माथि लेखिया बमोजिं देखियेको बेवहारमा रित पुर्वकको लिखत पत्र नभयेकाले तिर्न नपर्ने भंने समेत प्र.तेज सिधिको जिकिर पुग्न नसकने हुदा लेखिया बमोजिं कायं हुन आयेको 25 पाथि दर्को तोरी बोहरा 74 र 30 पाथि दर्को तोरी बोहरा 73 को वादीका दावि बमोजिं सो चिठीहरुमै लेखियाका दर भाउले 25 पाथि दर्को 74 बोहरा मध्ये 38 बोहराको बोहरा 1 को मोरु 69। का दर्ले मोरु 2622। भै बाकी 36 बोहरा र 30 पाथि दर्को 73 बोहराको 25 पाथि दर्कको बोहरा बनाउदा हुने 123 बोहरा र ।15 पाथिको दर मोहरु 69।75 ले मोहरु 8616।50 समेत ज्मा मोहरु 11238।50 मा माथि लेखिये बमोजिं वादिहरुले प्र.तेज सिधिसंग लियेको मोरु 1340। कटाई बाकी मोहरु 9888।50 प्र.तेज सिधिले वादि गिता प्रशाद लिलारमण हरुलाई तर्न पर्ने र म लिलारमं सग कलकत्तामा प्र.एदुकुमार सिधिले लियेको कं रु 2385 नदियेको हुदा नीजबाट दिलाई पाउँ भंने वादि गिता प्रशाद लिला रमणको दावि उजुरीतर्फ सो रुपैया मैले लियेको हु दाज्यु तेज सिधिको कं मा लगेको हुदा सो कुरामा निजलाई चिठी समेत लेखेकोमा निजले लिलाको रुपैयाको फाट् समेत पठाउनु भनी नरेशलाई लेखि पठायाको चिठीबाट समेत सो रुपैया मैले तिर्न नपर्ने भंने प्र.एदुकुमार सिधिको जीर भयाकाले सो चिठीको सकल ल्याउनु भनी निज एदुकुमार सिधिको वारेस हर्क बाहादुरलाई तारेक तोकेकोमा सो तोकेका तारेखमा दाखिल पेश गर्न नसकेको रुपैया लियेमा सावितै हुदा सो कं रु 2385 प्र.एदुकुमार सिधिले वादी गिता प्रशाद लिलारमणलाई तर्नपर्ने ठहर्छ सो ठहर्नाले सुरु र अपिलको इन्साफ केही उल्टी हुदा तपसिल्का मानिसलाई तपसिल बमोजिं गर्नु मिसिल मिसिल फाट्मा बुझाई दीनु ।
तपसिल
वादि गिता प्रशाद लिलारमनले माथि लेखिये बमोजिं भएको हुदा डंड सजायेका 36 नं का म्यादभित्र देहायेका कलंको विगो समेतमा प्र.तेज सिधिको जेथा देखाई दर्खास्त गरेका बषत देहाये बमोजिं गरी बराबरका दर्ले भराई दीने भनी अ.न.विगो फाटमा लगत दीनु ------------------------------------
प्र.तेज सिधिबाट कोर्टफी सवाल बमोजिम ...2|| दस्तुरलि भराइदिने
विगो मोरु .....................................................................9888।50
वादि गिता प्रसाद लिलारमणले 09।11।2 गते राषेको मोरु 217।97
सुरु उपर अपिल गर्दा ऐ मितिमा राखेको मोरु 21।79 र न्यायालयमा
अपिल गर्दा राखेको 010।8।8 गतेको मोरु 10।90 समेत ज्मा मोरु
250।66 कोर्टफी ईतलाये दस्तुर मोरु ।12 समेत केही दस्तुर नलि
प्र.तेज सिधिबाट भराइदिने 6ले -----------------------------------------
प्र.एदुकुमार सिधिबाट वादी गिता प्रशाद लिलारमणहरुलाई बराबरका दर्ले
दंस.36 नं. का म्यादभित्र प्र.एदुकुमारको जेथा देखाई दर्षास्त गरेका वषत
देहायेका कलंमा देहाये बमोजिं गर्नु भनी ---------------------------------
सौका 2|| लि भराईदीने विगो कं रु .........................................2385
केही दस्तुर नलि भराई दीने इतलाये तस्तरु मोरु......................।12 को –
प्र एदुकुमार सिधिलाई कं रु 2385 को मात्र कोर्टफि लाग्ने हुदा ऐनका
म्यादभित्र दर्खास्त गरेमा केहि दस्तुर नलि देहायेका कलंमा देहाये बमोजिं
गर्नु भनी ऐ-----------------------------------------------------------
09।10।20 मा सुरु देवानीमा राखेको कोर्टफि मोरु 311।39 मा
रु 2385 को कोर्टफी मोरु 115।4 कट्टी गरी बाकी मोहुर 196।35
प्र. तेज सिधिबाट भराई दिने --------------------------------------------1
09।10।20 मा प्र. एदुकुमारके सुरु उपर अपिल गर्दा राखेको कोर्टफी
मोरु 31।40 मा लाग्ने कोर्टफी मोरु 1151 कट्टी गरी बाकी मोरु
19।89 प्र.तेज सिधिबाट भराईदिने 6 नं.-------------------------------1
011।1।9 मा न्यायालयमा अपिल गर्दा प्र.एदु कुमारले राषेको मोरु
15।50 मा लाग्ने कोर्टफी 5।75।2 कट्टी गरी बाकी मोरु 9।74।2
प्र.तेज सिधिबाट भराईदिने 6 ले------------------------------------------1
प्र.तेज सिधिले बिगो तिर्नेपर्ने भयाकाले निजले देहाये बमोजिं राषेको कोर्टफि
फिर्ता दिन नपर्ने भनी—---------------------------------------------------
010।2।26 मा देवानीमा राखेको मोरु---------------10।17
ऐ ऐ मा अपिलमा राखेको मोरु ---------------------------1।2
011।1।8 मा न्यायालयमा अपिल गर्दा राषेको रु -------।52
वाददी गिता प्रशाद लिला रमणहरुले देहायेका प्र हरुबाट देहाये बमोजिं
भरी पाउने भनि देवानी पैल्हाका 09।8।6 का फैसला बमोजिं को
09।9।19।6 मा अ.न.विगो फाट्मा दियेको लगतको माथी लेखिया
बमोजिं नलाग्ने भयाकाले सो लगत काटीदीनु भनी ऐ मा लगत दीने --------
प्र.तेज सिधिबाट वीगो मोरु 254।25 कोर्टफि मोरु 10।17 मा
विगाको कलंको सम्म लगत काटने------------------------------1
प्र एदुकुमार सिधिबाट वीगो मोरु 6434। को ऐ ऐ--------------1
देहायेका अडाका मानीसलाई ईन्साफ केही उल्टीमा केही गर्नुपर्दैन
सो पटके कितावमा जनाउनु-------------------------------------
रा.का.दे.वै का
ना.सु.सेर बाहादुर थापा क्षत्रृ----------------------1
अ.डि.पोर्ख बाहादुर कुवर क्षत्रृ—-------------------1
वि. ईश्वरी दत्त पाध्या---------------------------1
अपिल पैल्हा फाट्का
सु.सम्मु प्रशाद ज्ञवालि---------------------------1
अ.ख रामगोपाल श्रेष्ठ----------------------------1
वि.सुर्ये प्रशाद श्रेष्ठ-------------------------------1
न्यायाधिश प्रधानन्यायाधिश
इति सम्वत 2011 साल बैसाख 2१ गते रोज २ शुभम् ---------------------------------