• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७० - नाउसारी

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/२५ ९५

 

 

नेपाल प्रधान न्यायालय डीबीजन बेञ्च

दा.नं.249

मुद्दा नाउसारी

नीवेदक, भपुई. चोदेटोल बस्ने वादी जीतकृष्ण अमात्य-----------------

विपक्ष, भपुई टोबकेछ टोल बस्ने जगत बहादुर अमात्य समेत-------

 

 

 

 

 

 

 

 

 

इजलास

श्री माननीय न्यायाधीश प्र.मा.ने.ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा

श्री माननीय न्यायाधीस भगवती प्रसाद सींह राजपुत वीयससी वीयल

फैसला

     यस्मा कुवेरसींका नाउमा दर्ता भएको भपुई. टोपकछे 107 नं को 22 नं मौजे नौडोल नक्सा नं 178 छ को बंडोल भंने तींडोल सावीक षेत 2।। को हाल नाप ठहर 4।/।।2 गुठी जगाको वाली मोही हरी प्रसादबाट दीलाई पाउ भनी मैले नालेस गर्दा सो जगा मेरा बाबु जगत बहादुरका नाउमा दर्ता भएको छ भनी प्र.आनंदराजले वयां गरेकोले गुठी धर्मलोप मुद्दाबाट वाहेक भएको हकै नपुगने प्र.जगत बहादुरका नाउमा 98।10।28 गते पोता नाउसारी गरेको बदर गरी सो गुठी जगा मेरा नाउमा दर्ता गरीपाउ भंने जीतकृष्णको फेरादपत्र रहेछ ।

     गुठी धर्मलोप मुद्दाबाट म प्र.जगत बहादुर गुठीबाट वाहेक भएपनी नजीकका हकदारले गुठी चलाउन पाउने ठहरी फैसला भएकोबाट धर्म लोप गर्नेका छोरा भतीजाहरुबाट पालो सोती गुठी चलाई आएका छौं म प्र.जगत बहादुरले धर्मलोप गरेको ठहरी गुठीबाट वाहेक भएपनी मैले गुठीसंम चलाउन नपाउने सेष बाकी षान पाउने हुदा मर्ने बाबुका नाउबाट षारेज गरी मेरा नाउमा दर्ता गरी ल्याएको हुं भंने जगत बहादुर आनंदराज समेतको प्रतेवादी रहेछ।

      सेष बाकी प्र.जगत बहादुरले वंडा गरी षान पाउने हुदा दर्ता बेदर गरीपाउ भनी वादीले झुट्टै उजुर गरेको ठहर्छ भनी 06।10।12 गते भपु. अदालतबाट फैसला गरेको रहेछ।

     वादीको मात्र एकलौटी हक पुगने परीवंद षुलाई ऐंका म्यादभीत्र नालेस गरेका वषत ठहरे वमोजीं हुने हुदा ईन्साफ भक्तपुर अदालतको मुनासीव भनी 07।12।10 गते अपील पैल्हा फाट्बाट फेसला गरेको रहेछ।

     गुठी धर्मलोप गरेको ठहरी वर्षास्त भएको जगत बहादुरका नाउमा दर्ता गरेको सदर गरी हद मुनीको ठहराई अपील पैल्हा फाटबाट फैसला गरेमा चीत्त बुझेन भनी वादी जीत कृष्णले वींती पत्र चढाउदा मीसील रोकी ईन्साफ जाची ऐं सवाल बमोजीं गर्नु भंने 08।2।22 गतेको आदेस रहेछ।

      यस्मा यै वादी प्रतेवादी स्मेतको यै जगाको गुठी वाली मुदा आजकै मीतीमा कीनारा हुदा झगडा परेको गुठी प्र.जगत बहादुरको छोरा आनंदराजको हक नपुगने ठहरी फैसला भएको र प्र.जगत बहादुर 84 सालके गुठी धर्मलोप मुद्दाबाट वर्षास्त भैसकेको, र सोही मीसीलबाट अघी गुठीयार स्मेत धर्म लोप गर्नेको हकै नपुगने हुदा हकै नपुगने नीज प्र.जगत बहादुरले झगडा परेको गुठी जगा दर्ता गरेको सदर नहुने भै नीज प्र.जगत बहादुरका नाउबाट षारेज गरी वादी जीतकृष्णका नाउमा दर्ता गरीदीने ठहर्छ सो ठहर्नाले तपसीलका मानीसहरुलाई तपसीलमा लेषीए बमोजीं गर्न तहसीलमा लगत दी मीसील मीसील फाट्मा बुझाई दीनु ।

तपसील

वादी प्रतेवादीहरुके कोर्टफी लागेको मुद्दा हुदा केही गर्नु नपर्ने --------------------------------1

प्र.जगत बहादुर अमात्य के वादी जीतकृष्णले 2006।2।16 गते नालेस दर्ता गर्दा

राषेको कोर्टफी मोरु 10 दस रुपैञा ऐं सवालका म्यादभीत्र भराई पाउ भनी वादीको

दर्षास्त परेका वषत प्रतेवादीको जायजात गरी कोर्टफी सवाल बमोजीं केही दस्तुर नली

वादीबाट भराईदीनु भनी तहसीलमा लगत दीने------------------------------------------------2

अपी. कुवेर सींका नाउमा दर्ता भएको भपु.टोवकछे 107 नं को 22 नं मौजेनौडोल

नक्सा नं.1786 को सावीक वींडोल भंने तींडोल षेत 2।।को नाप ठहर 4।/।।2

गुठीजगा 98।10।28 गते प्र.जगत बहादुरका नाउमा नाउसारी भएको वदर गरी सो

गुठी जगा वादी जीतकृष्णको नाउमा ऐंका म्यादभीत्र दर्षास्त परेका वषत दाषेल षारेज

दर्ता गरीदीनु भनी भक्तपुर पोता रजीष्टेसं अडालाई पुर्जी गर्ने -----------------------------------3

भक्तपुर अदालत र अपील पैल्हा फाट्का हाकीं कारौदाके गल्ती ईन्साफ् गरेमा केही गर्नु

पर्दैन----------------------------------------------------------------------------------------4                                                        

                                                     

                                 न्यायाधीस                 न्यायाधीस         

इति सम्वत 2011 साल बैसाख 25 गते रोज 6 शुभम् ---------------------------------

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563